SKIP TO MAIN CONTENT

मेलबर्नमा लकडाउन आज रातीबाट हट्दै तर मास्क भने अनिवार्य नै

मेलबर्नमा हाल जारी लकडाउन आज राती ११:५९ बजेदेखि अन्त्य हुँदैछ।

Victoria to end lockdown.
Financial and other support for COVID-19 in Victoria Source: AAP Image/Erik Anderson

2 min read

Published

Updated



Skip to article content

भिक्टोरियामा पछिल्लो २४ घण्टामा चार नयाँ कोरोना भाइरस सङ्क्रमित फेला परेता पनि मेलबर्न तथा राज्यका अन्य क्षेत्रमा प्रतिबन्धहरू खुकुलो बनाउने पूर्व योजनाबाट स्थानीय अधिकारीहरूले आफू पछि नहट्ने बताएका हुन्।

बिहीवार मध्यरातदेखि कोभिड-१९ प्रतिबन्धहरू सहज बनाइने आफ्नो प्रतिबद्धता कायमै रहेको बताउँदै राज्यका कार्यवाहक प्रिमियर जेम्स मेलिनोले लकडाउन हटे पनि भवन बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्ने उल्लेख गरेका छन्।  

बुधवार राति सम्मको २४ घण्टा भित्र पत्ता लागेका चार जना सङ्क्रमित रिजर्भोएर स्थित एकै परिवारका सदस्य रहेको बताइएको छ। 

उनीहरू अन्य कुनै सङ्क्रमितको सम्पर्कमा नरहेको र कुनै जोखिमपूर्ण स्थानमा पनि नगएको उप-स्वास्थ्य प्रमुख अधिकारी एलेन चेङ्गले बताए। 

"सङ्क्रमणको स्रोत अहिले पत्ता लागिसकेको छैन, तर चार जना मध्य एक जना क्रेगीबर्न सेन्ट्रल सपिङ सेन्टरमा २३ मेमा गएको पुष्टि भएको छ," प्राध्यापक चेङ्गले भने।

अहिलेसम्म क्रेगीबर्न सेन्ट्रल सपिङ सेन्टरसँग सम्बन्धित ९ वटा मामिलाहरू फेला परिसकेका छन्। 

पहिलो सङ्क्रमित एक ८० वर्षीय पुरुष हुन्, जसले मङ्गलवार परीक्षण गराएका थिए र बुधवार उनी सँगसँगै उनका परिवारका सदस्यहरूमा पनि सङ्क्रमण देखा परेको हो। 

यसका साथै क्विन्सल्यान्ड र न्यु साउथ वेल्समा सङ्क्रमणको जोखिम बढाएका एक सङ्क्रमित भिक्टोरियाली दम्पतीसँग राज्यका स्वास्थ्य अधिकारीहरूले सोधपुछ गर्ने भिक्टोरियाका कोभिड-१९ कमान्डर जेरोइन वाइमरले बताए।

Victorian testing manager Jeroen Weimar addresses the media during a press conference in Melbourne on 31 December.
Source: AAP

ती महिला मेलबर्न लकडाउनमा रहेको समयमा जुन १ तारिखका दिन आफ्नो श्रीमानकासाथ यात्रामा निस्किएकी थिइन्।

न्यु साउथ भएर क्विन्सल्यान्ड भित्रे पछि उनीमा सङ्क्रमण पुष्टि भएको हो। 

बिहीवार उनका श्रीमानमा पनि सङ्क्रमण पुष्टि भएको छ। 

उता क्विन्सल्यान्डमा भने अहिलेसम्म कुनै नयाँ सामुदायिक सङ्क्रमण देखा नपरेको उक्त राज्यका अधिकारीहरूले बताएका छन्।

यस्तै, गत हप्ता तीन जना मेलबर्न लकडाउनमै रहेको समयमा सिड्नी हुँदै न्यु जिल्यान्ड गएको पत्ता लागेको थियो।

एक अन्त्येष्टि समारोहका गएका त्यस परिवारका तीन सदस्य हाल अक्ल्यान्ड स्थित क्वारेन्टिनमा रहेका छन्। 

भिक्टोरियामा अहिले ७८ वटा सक्रिय कोभिड-१९ सङ्क्रमण रहेका छन् भने बुधवार २३,६७९ जनाले आफ्नो परीक्षण गरेका थिए र २०,७८४ जनाले खोप लगाएका थिए।

SOURCE AAP - SBS


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now