SBS Examines: हमास-इजरेल युद्धका यी भाइरल फोटोहरू साँच्चिकैको भने होइनन्। यसले फरक पार्छ त?

इस्लाम नूर भन्छन् कि, उनको कामले गाजामा बस्नेहरूको दैनिक जीवनको वास्तविक चित्र देखाउँछ। तर ती फोटोहरू एआईबाट बनाइएका हुन्। अब, जटिल रूपमा नैतिक प्रश्नहरू उठिरहेका छन्।

Untitled design.png

Islam Nour creates artworks of conflict using artificial intelligence. Credit: @in.visualart/Getty Images

इस्लाम नूरले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर कलात्मक कामहरू गर्दै आएका छन् ।

चीनमा रहेका डिजाइनर नूरको सोसल मिडियामा ५०,००० भन्दा बढी फलोअरहरू छन्।

हाल, उनको धेरैजसो फोटोका काम गाजामा जारी द्वन्द्वमा केन्द्रित रहेको छ।

“मेरो लक्ष्य मानिसहरूलाई प्रभावित पार्नु होइन, मैले मेरो भावनाहरू व्यक्त गर्ने र गाजाको पीडामा फोकस गरेको हो”, नूरले एसबीएस एक्जामिन्सलाई बताए।

"म पीडालाई राम्रो देखाउन वा यसको दुःखलाई कम गर्ने प्रयास गर्दिन, तर यसलाई सकेसम्म धेरै बुझाउन प्रयास गर्दछु।"

नूरले एआईको प्रयोग गरेर यी फोटोहरू बनाइएको भन्ने जानकारी नदिईकन सोसल मिडियामा पोस्ट गर्दा विवाद उत्पन्न भएका छन्।

एक बाल रोग विशेषज्ञ, गाजाको अल-शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सेलमियाको रिहाइलाई चित्रण गरेको फोटो धेरै नै चल्यो।

उक्त फोटो विभिन्न सन्दर्भहरूमा प्रयोग गरिएको थियो: कि त डाक्टरको रिहाइको आलोचना गर्दै, वा काममा फर्केको प्रशंसा गर्दै।

एक लाख भन्दा बढी प्रयोगकर्ताहरू पुगेको नूरको अर्को फोटोमा सैन्य अपरेसनको क्रममा एक कुकुरले एक वृद्ध महिलालाई टोक्न खोजेको देखिन्छ।

449162514_18035650898307162_1401400031118477287_n.jpg
Islam Nour's AI-generated artwork which has recently gone viral. Credit: @in.visualart

जर्मन समाचार पोर्टल, ड्यूच वेलले साँच्चिकै भएका घटनाहरू र एआईबाट बनाइएका सामग्री पहिचान गर्ने नैतिक चुनौतीलाई हाईलाइट गर्न नूरको कामको प्रयोग गरेको छ।

"एआई बाट फोटोहरू जतिसुकै गहिरो, शक्तिशाली वा जानकारी दिइएको भए पनि, हामीले गाजाबाट प्राप्त गरेका डरलाग्दा अवस्थाका फोटोहरूसँग बराबरी गर्न सक्दैनन्", नूरले बताए।

उनले कलाकारको रूपमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै "झूट वा घटनाहरू तोडमोड नगर्ने नैतिक कर्तव्य" भएको बताए।

यस कुरालाई ध्यानमा राख्दै, उनी धेरै आफ्नो एआईबाट बनाइएको फोटो सँगै साँच्चिकैको फोटोहरू र भिडियोहरू पनि पोस्ट गर्छन्।

उनले भन्छन्, "वास्तविक फोटो र भिडियोहरू सार्वजनिक गर्नु महत्त्वपूर्ण छ।"

रचनात्मक तरिकाबाट गलत जानकारी फैलने सम्भावना

अस्ट्रेलियाका फोटो पत्रकार एन्ड्रयु क्विल्टीले अफगानिस्तानमा नौ वर्षसम्म बसेर काम गरे।

उनलाई लाग्छ कि पुरानो तरिकाबाट गरिने फोटो पत्रकारिताले धेरै हदसम्म त्यस ठाउँको अवस्थालाई देखाउने काम गर्छ।

"मैदानबाट ल्याइएका डकुमेन्ट वा दस्ताबेजले धेरै कुरा बुझाउँछ," क्विल्टीले बताए।

उनलाई एआईबाट बनाइएका युद्ध सम्बन्धी फोटोहरू खतरनाक लाग्छन् । उनी उक्त फोटोहरूलाई "डिज्नी कार्टुनिस्ट प्रयोग गरेर युद्ध क्षेत्रहरूमा भएका घटनाहरू जत्तिकै गम्भीर चित्रण गरिएको" सँग तुलना गर्छन्।

Vic_Blue_2.jpeg
A self-portrait of Australian photojournalist Andrew Quilty during his time working and living in the Middle East. Credit: Andrew Quilty

क्विल्टी भन्छन् कि, व्यावसायिक फोटो पत्रकारहरू नैतिक रूपमा बाँधिएका हुन्छन्, तर सोसल मिडियाको लागि सामग्रीहरू बनाउनेहरूले नैतिक जिम्मेवारी पालना आवश्यक छैन।

"फोटोग्राफर लाई आफ्नो प्रतिष्ठा चाहिन्छ ... जबकि सोसल मिडियामा उनीहरूको कथा अनुरूप प्रभावित गर्ने गरी फोटो बनाउनबाट रोक्नको लागी बाध्यकारी नीति छैन," उनले बताए।

तर क्विल्टी कुनै पनि फोटो केही उद्देश्य कै लागि मात्र नहुने विश्वास गर्छन्।

"द्वन्द्व क्षेत्रहरूमा फोटो खिच्नुले पूर्वाग्रह वा गलत सूचना पुग्न सक्ने सम्भावनालाई हटाउँदैन," उनले बताए।

एआईको व्यक्तिगत नैतिकता

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका भिजुअल कम्युनिकेसनका एसोसिएट प्रोफेसर चेरिन फहदले निष्पक्षता जटिल छ भन्ने कुरामा सहमत छिन्।

"फोटोको विश्वसनीयता भनेको काल्पनिक कथा जस्तै हो, किनभने फोटो कुनै एक सेकेन्डको समयमा एक व्यक्तिको दृष्टिकोण हो," उनले बताइन्।

एसोसिएट प्रोफेसर फहदले एआई फोटोहरूमा मनलाई एकाग्र बनाउने 'थेराप्युटिक' सम्भावना पनि देख्छिन्।

"एआई मानिसहरूलाई धोका दिन पनि प्रयोग गर्न सकिन्छ, भने यसले भावनात्मक रूपमा विचलित अवस्थामा पनि मद्दत गर्न सक्छ," उनले बताइन्।

जसरी एआई विकसित भइरहेको छ, त्यसैगरी यसको प्रभावको बारेमा बहस पनि हुन्छ।

जबकि एआईको प्रयोग गरेर बनाइएका तस्बीरहरू साँचो अर्थमा फोटोहरू होइनन्, तर तिनीहरू फोटोहरूबाट नै बनाइन्छन्।

एसोसिएट प्रोफेसर फहद लाई एआई आफैँमा चुनौती हो भन्ने लाग्दैन।

"एआईले हामी लाई बर्बाद बनाउँछ भन्ने जुन विचार छ - म यसमा सहमत हुन सक्दिन," उनले बताइन्।

"के महत्त्वपूर्ण छ भने, टेक्नोलोजीले के गर्छ भनेर हामी सचेत छौँ।"


Share

3 min read

Published

Updated

By Olivia Di Iorio

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now