SBS Examines: рдЖрдо рдЬреАрд╡рдирдорд╛ тАШрдЗрд╕реНрд▓рд╛рдореЛрдлреЛрдмрд┐рдпрд╛тАЩ

A single Muslim woman walks through empty big city rear view.

The Islamophobia Register Australia received 749 incident reports in the past year. Source: Getty / Alexey Emelyanov

рдЗрдЬрд░реЗрд▓-рд╣рдорд╛рд╕ рдпреБрджреНрдз рдкреГрд╖реНрдарднреВрдорд┐рдорд╛ рдЪрд▓рд┐рд░рд╣рдБрджрд╛ рдпрддрд┐рдЦреЗрд░ рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ тАШрдЗрд╕реНрд▓рд╛рдореЛрдлреЛрдмрд┐рдпрд╛тАЩ рд╕рдореНрдмрдиреНрдзреА рдШрдЯрдирд╛рд╣рд░реВ рдмрдврд┐рд░рд╣реЗрдХрд╛ рдЫрдиреН - рдЪрд╛рд╣реЗ рддреА рдореМрдЦрд┐рдХ рд╡рд╛ рднреМрддрд┐рдХ рд░реВрдкрдХрд╛ рд╣реБрдиреН рдЕрдерд╡рд╛ рдЕрдирд▓рд╛рдЗрдирдорд╛ред рдкреАрдбрд┐рддрд╣рд░реВ рдорд╛рдерд┐ рдпрд╕рдХреЛ рджреАрд░реНрдШрдХрд╛рд▓реАрди рдкреНрд░рднрд╛рд╡ рдХрд╕реНрддреЛ рд╣реБрдиреНрдЫ рд░ рдпрд╕рдмрд╛рд░реЗ рдХреЗ рдЧрд░реНрди рд╕рдХрд┐рдиреНрдЫ?


गत सालको अक्टोबरदेखि अस्ट्रेलियामा ‘इस्लामोफोबिक’ घटनाहरू बढेको पाइएको छ।

तर इस्लामोफोबिया भनेको चाहिँ के हो त?

आउनुहोस्, एसबीएस एक्सप्लेन्सको यो नयाँ शृङ्खलामा बुझ्ने प्रयास गरौँ, अबूद शवीश र नादिया सईदको अनुभवसँगै।

  • चेतावनीः यो पोडकास्टमा प्रस्तुत सामाग्रीले केही श्रोताहरूको मन विचलित पार्न सक्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न рдпрд╣рд╛рдБ थिच्नुहोस्।
गत जुलाईको सुरुमा अबूद शवीश आफ्ना केही साथीहरूसँग सिड्नीबाट एडिलेड पुगेका थिए।

साउथ अस्ट्रेलियामा उनीहरू विदेश मन्त्री पेनी वङको संसदीय कार्यालय अगाडी प्यालेस्टाइन समर्थक र्‍यालीहरू तथा विरोध सभाहरूमा सहभागी भए।

दिनभरको कार्यक्रम अनि समुदायसँगको भेटघाट पछि उनीहरू आफ्नो होटेल पुग्दा मध्यरात भइसकेको थियो।

अनि होटेलको लबीमा एक जना लिफ्टलाई कुर्दै थिए।

यत्तिकैमा ढोका खुल्यो र आफ्ना ५ साथीहरूसँगै केफीयेह भनिने प्यालेस्टिनी रुमाल टाउकोमा बाँधेका शवीश लिफ्ट भित्र छिरे।

अबूद शवीशको आरोप छ कि लिफ्ट भित्र ती मानिसले आफ्नो समूहमाथि अपशब्द बोल्दै दुर्व्यवहार गर्न थाले।

र, घटनाले हिंस्रक रूप लिएको उनको भनाई छ।

केही समयको झडप पछि अन्ततः प्रहरी आएर उक्त मानिसलाई गिरफ्तार गर्‍यो र उनीमाथि केही आरोपहरू पनि लगायो।

उक्त मुद्दाको अदालतमा केही समयपछि पेशी छ।

अबूद शवीश भन्छन् कि त्यो घटना पछि उनीहरूलाई एडिलेडमा, विशेष गरी केफियह लगाएर कतै निस्कन निकै डर लागेको थियो।

A Westpac bank branch is along King William St, Adelaide, 12 July, 2017. (AAP Image/Morgan Sette) NO ARCHIVING
A view of the Adelaide CBD. Source: AAP

डा नोरा अमाथ इस्लामोफोबिया रेजिस्टर अस्ट्रेलियाकी कार्यकारी निर्देशक हुन्।

एडिलेडको घटना नौलो नभएको बताउँदै उनी भन्छिन् कि इस्लाम धर्म वा मुसलमानहरू प्रति लक्षित पूर्वाग्रही व्यवहारहरू जातिवादबाट निस्केको असमानता कै विकसित रूप हो।

हमास छापामारहरूले गत वर्षको अक्टोबरमा इजरेलमाथि हमला गरेपछि अस्ट्रेलियामा इस्लाम र मुसलमान समुदाय लक्षित घटनाहरू एकदमै बढेको डा अमाथ बताउँछिन्।

उनका अनुसार यस प्रकार घटनाहरू थप व्यक्तिगत तथा गम्भीर हुँदै छन्।

अगिल्लो वर्ष उनको कार्यालयले यस्ता सात सय उनन्चास घटनाहरूको रिपोर्ट दर्ता गरेको थियो।

तर डा नोरा अमाथका अनुसार अन्य थुप्रै घटनाहरू रिपोर्ट नै हुँदैनन्।

सबैले सुरक्षित भएर आफ्नो आस्था प्रकट गर्न पाउनुपर्ने पनि उनी बताउँछिन्।

नादिया सईद इस्लामोफोबिया रेजिस्टर अस्ट्रेलियालाई पहिलो पटक सम्पर्क गर्दाको क्षण सम्झिँदै भन्छिन् कि न्युजील्यान्ड स्थित क्राइसचर्च सहरमा आतङ्कवादी हमला भएको केही दिन मात्र भएको थियो।

क्राइसचर्चको एक मस्जिदमा ५१ जनाको गोली हानी हत्या गरिएको उक्त घटनमाबाट स्तब्ध भएकी नादियाको रेस्टुरेन्टमा एक जना पुरुष आएर आफ्नो विरुद्ध बोलेको उनको भनाई छ।

Mourners pay their respects at a makeshift memorial near the Masjid Al Noor mosque
File: Mourners pay their respects at a makeshift memorial near the Masjid Al Noor Mosque. Source: AP

उत्तिखेर जम्मा २१ वर्ष मात्र रहेकी आफूलाई त्यो घटनाले निकै विचलित बनाएको सईद बताउँछिन्।

उनी भन्छिन् कि त्यो बेला देखी हरेक इस्लामोफोबिक अनुभवहरूलाई आफूले रिपोर्ट गर्ने निधो गरिन्।

अगिल्लो वर्ष, अक्टोबर ७ का दिन अस्ट्रेलियामा जनमत सङ्ग्रह हुँदै थियो।

नादिया सईदले एक मतदान केन्द्रमा काम गर्दै थिइन्।


मतदान केन्द्रको ढोकामा खटिएकी बेला एक मानिस आएर के तपाईँ मुसलमान हो भनेर आफूलाई सोधको नादिया सईद बताउँछिन्।

ती व्यक्तिका प्रश्नहरूले आफूलाई अक्क न बक्क पारेको उनको भनाई छ।

सईद भन्छिन् कि त्यस्तो सार्वजनिक स्थानमा कसैले पनि आएर आफूलाई साथ नदिएको कुराले उनलाई अचम्ममा पारिदियो।

र, इस्लामोफोबिया रजिस्टर कार्यालयका अनुसार प्रत्यक्षदर्शीहरूले यस प्रकारका घटनाहरू रिपोर्ट गर्ने काम आजकाल निकै कम हुँदै गएको छ।


Share

Latest podcast episodes

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
SBS Examines: рдЖрдо рдЬреАрд╡рдирдорд╛ тАШрдЗрд╕реНрд▓рд╛рдореЛрдлреЛрдмрд┐рдпрд╛тАЩ | SBS Nepali