SKIP TO MAIN CONTENT

ड्रोनले चोरेको सूचनालाई फिर्ता ल्याउने अस्ट्रेलियाली प्रविधि: ड्रोनशिल्ड

कोभिड-१९ को महामारीले अस्ट्रेलियाका धेरै व्यवसायहरूले आर्थिक लगायत विभिन्न चुनौतीहरूको सामना गर्नु परेको कुरा नौलो पक्कै पनि हैन। तर यस वातावरणमा पनि अस्ट्रेलियाका केही व्यवसाय भने फस्टाएका छन्।

A drone flies in China
A drone flies in China Source: AAP

2 min read

Published

Updated

By Catalina Florez, Bernadette Clarke

Presented by SBS Nepali

Source: SBS



Skip to article content

त्यसमध्ये एक हो – ड्रोनशिल्ड- जसले पराय ड्रोनलाई निस्तेज गरी- त्यसमा सङ्कलित जानकारी बटुल्न सक्छ।

ड्रोन विरोधि प्रविधि रहेको यस यन्त्रले कोभिड-१९ महामारीको बिचमा पनि निकै व्यवसाय गर्न सफल भएको थियो।

आकाशमा उड्ने ड्रोनहरूको उपयोग अहिले प्रतिद्वन्दि मुलुक र व्यवसायमा मात्र सीमित नभएर सामान्य मानिसहरूकै जीवनलाई प्रभाव गर्ने शैलीले फैलिँदै गएको छ।

यसै परिपेक्षमा आफूलाई लक्ष्य गर्दै आएको ड्रोनको गतिविधिको जानकारी दिने, त्यसलाई निस्तेज पार्ने अनि फेरि त्यसबाट जानकारी जम्मा गर्न सकिने प्रविधि रहेको ड्रोनशिल्ड अहिले संसार भरि नै निकै लोकप्रिय हुँदै गएको छ।

Members of the DroneShield executives
ASX-listed company DroneShield says the military of a G7 country has bought its DroneGun. (AAP) Source: AAP

यसको निर्माण गर्ने कम्पनीका संस्थापक ३९ वर्षीय एनगस बिनले नयाँ निर्माण गरिएका यन्त्रहरू प्राविधिक रूपमा झनै क्षमतावान् हुँदै गएको बताउँछन्।आर्टिफिशियल इन्टेलिजेन्स र प्राविधिक कुशलताका साथ बनेका यी ड्रोनशिल्डहरुको अहिले विश्वव्यापी रुपमै माग बढ्दै गरेको छ।

ड्रोनशिल्डका कार्यकारी प्रमुख ओलेग भर्निक हुन् र उनको भनाइमा माथिल्लो तहमा रहेका सरकारी र सैन्य संस्थाहरूका बिच ड्रोनशिल्डको माग निकै रहेको बताउँछन्।

अस्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्याण्ड, क्यानाडा लगायतका मुलुकहरूबाट आफ्नो कम्पनीको उत्पादनमा निकै चासो रहेको उनी बताउँछन्।

सैन्य शक्तिले गर्ने प्रयोग गर्ने ड्रोनहरू सम्बन्धमा विज्ञ डा. म्यालकम डेविसका अनुसार प्रतिद्वन्दि देशहरूबिच निकै कडा जासुसी हुने गरेको र एक अर्काको सूचना चोर्न निकै ठूलो होड अहिले चलेको छ।

यस्तो अवस्थामा ड्रोनलाई निस्तेज पारेर त्यसमा सङ्कलित सूचना सकुशल निकाल्न सक्ने प्रविधिको विश्वव्यापीकरण ठूलो माग हुनु आश्चर्यको कुरा भने हैन भनी उनी बताउँछन्।

File photo of a drone
Source: AAP

हाल ड्रोनको प्रचलनमा हवाई स्थल, सैन्य अड्डाको भौतिक जानकारी लिनका लागि निकै प्रयोग भइरहेको छ।

साथै, युद्ध-ग्रस्त क्षेत्रहरूमा पनि यसको उपयोग बढ्दै गएको भन्दै डा. डेविस ले हालै भएको आर्मेनिया र अजरबैजान बिचको तनावको उदाहरण दिए।

महामारीको बिचमा कमाएको ड्रोनशिल्डको उपलब्धिलाई ध्यानमा राख्दै अस्ट्रेलियाको निर्यातकर्ताहरूको समूहले यस कम्पनीलाई ऊर्जावानको उपाधि दिएका छन्।

निर्यातकर्ताहरूको सङ्गठनकी डायन टिपिङ्गले यस कम्पनीको उत्पादनले ल्याएको नयाँ क्षमताले अस्ट्रेलियाको निर्यात क्षेत्रमा सफलताको नयाँ ढोका खोलिदिएको बताउँछिन्।    

आफ्नो उत्पादनहरू मार्फत ड्रोनशिल्डले व्यावसायिक सफलता मात्र नभएर- अस्ट्रेलियाको राष्ट्रिय सुरक्षामा पनि टेवा पुराएको विज्ञहरू बताउँछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now