SKIP TO MAIN CONTENT

विश्वभरका नेपाली युवा अनुसन्धानकर्ताका लागि 'यंग रिसर्चर अवार्ड' को मौका

Online meeting organised by Nepal Policy Institute.
Online meeting organised by Nepal Policy Institute. Source: Facebook/Nepal Policy Institute

सर्वोत्कृष्ट ६ अनुसन्धानकर्तालाई यो एनपीआई यङ्ग रिसर्चर (Young Researcher) अवार्ड अन्तर्गत प्रत्येकलाई १ हजार अमेरिकी डलर पुरस्कार स्वरुप प्रदान गरिँदै छ। यही अवार्ड साथै एनपीआईको उद्देश्यका बारेमा उक्त इन्स्टिच्युटका प्रमुख खगेन्द्र राज ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सर्वोत्कृष्ट ६ अनुसन्धानकर्तालाई यो एनपीआई यङ्ग रिसर्चर (Young Researcher) अवार्ड अन्तर्गत प्रत्येकलाई १ हजार अमेरिकी डलर पुरस्कार स्वरुप प्रदान गरिँदै छ। यही अवार्ड साथै एनपीआईको उद्देश्यका बारेमा उक्त इन्स्टिच्युटका प्रमुख खगेन्द्र राज ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

नेपालको दिगो विकासमा टेवा पुराउने उद्देश्यले स्थापित नेपाल पोलिसी इन्स्टिच्युटले ( Nepal Policy Institute एनपीआई) विश्वभर छरिएर रहेका र आफ्नो क्षेत्रमा विध्वता हासिल गरेका नेपाली युवाहरूको सोचलाई समेट्दै थिङ्क ट्यांकको रुपमा काम गर्दै आएको छ।

यसपटक सोहि इन्स्टिच्युटले विश्वभरका युवाहरूद्वारा शिक्षा र दक्षताको आधारमा गरिएका अनुसन्धानलाई पुरस्कृत गर्ने भएको छ।

यङ्ग रिसर्चर अवार्डको लागि आवेदन हाल्ने अन्तिम मिति ज्यानुवरी ४ तारिख सम्म रहेको छ। अवार्डका लागि आवश्यक मापदण्ड बारे पूरा जानकारी नेपाल पोलिसी इन्स्टिच्युटको वेबसाइटमा राखिएको छ। 

एनपीआईका प्रमुख खगेन्द्र ढकालसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now