Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के 'स्मार्ट' प्रविधिले विश्वव्यापी समस्याहरूको समाधान गर्ला ?

Can smart technology solve complex worldwide challenges.

Can smart technology solve complex worldwide challenges. Source: AAP

स्मार्ट प्रविधिको प्रयोग गरी विभिन्न जटिल विश्व व्यापी चुनौतीहरूको समाधान गरिँदै छ, जस अन्तर्गत, वातावरण र असमानता पनि प्रमुख विषयहरू हुन्। यस योजनाले दुर्गम समुदायहरूमा स्वास्थ्य जानकारी पुराउने तथा सांस्कृतिक रूपमा विविध समुदायहरूलाई स्वास्थ्य सुविधामा मद्दत गर्ने अपेक्षा राखिएको छ।


Published

Updated

By Stephanie Corsetti

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


स्मार्ट प्रविधिको प्रयोग गरी विभिन्न जटिल विश्व व्यापी चुनौतीहरूको समाधान गरिँदै छ, जस अन्तर्गत, वातावरण र असमानता पनि प्रमुख विषयहरू हुन्। यस योजनाले दुर्गम समुदायहरूमा स्वास्थ्य जानकारी पुराउने तथा सांस्कृतिक रूपमा विविध समुदायहरूलाई स्वास्थ्य सुविधामा मद्दत गर्ने अपेक्षा राखिएको छ।


आजको यो आधुनिक युगमा, विश्वव्यापी रूपमा जलवायु परिवर्तन, आपतकालीन प्रकोप र न्याय सम्बन्धी मुद्दाहरूको सामना गर्न कम्पनीहरूले कडा मिहिनेतका साथ स्मार्ट प्रविधिहरूको विकास गरिरहेका छन्।

करिब ३५ वटा राष्ट्रका १२० वटा भन्दा बढी कम्पनीहरूले आफ्ना योजनाहरू ह्युम्यानिटेकलाई पेस गरेका छन्।

ह्युम्यानिटेक, अस्ट्रेलियाली रेड क्रसको हिस्सा हो, र यसले मानवीय क्षेत्रमा सहयोग प्रदान गर्न यस्ता योजनाहरूलाई प्रणालीमा परिवर्तन गर्ने गर्दछ।

एलस्टेयर प्रायर, ह्युम्यानिटेकका प्रयोगशाला प्रबन्धक हुन्।

विशेष गरी यस कोभिड महामारी आए पश्चात्, विविध पृष्ठभूमिका मानिसहरू सम्म स्वास्थ्य जानकारी पुराउन निकै आवश्यक रहेको, उनी बताउँछन्।

"कोभिडको समय पछि पछि देखियो कि, थुप्रै समुदायहरूमा उनीहरूको भाषामा स्वास्थ्य जानकारी छैन।"

उनी भन्छन् कि, एउटा प्रमुख समस्या भनेको, बिरामीहरूलाई उपचार पछि घर पठाउने क्रममा स्पष्ट जानकारी नहुनु हो।

यसको समाधानका लागि एउटा डाटाबेसको निर्माण गर्न सकिन्छ - जसमा मानिसहरूले आफ्नो भाषाका शब्दहरू पाउन सक्ने छन्।

बहु भाषी स्वास्थ्य जानकारी प्रदान गर्न मद्दत गर्ने उक्त डाटाबेसको नाम सलिनारी हो, र यसको प्रमुख निर्माण कर्ता गुड हुडकी एमा कोस्टर हुन्।

यस उपकरणले सांस्कृतिक रूपमा विविध समुदायहरूलाई जीवनका अन्तिम हेरचाह विकल्पहरू र यौन रोगहरूसँग सम्बन्धित जोखिमका बारेमा बुझ्नलाई मद्दत गर्न सक्छ।

"सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूमा स्वास्थ्य सेवाहरू राम्ररी प्रयोग नभएको धेरै देखिएको छ," उनले भनिन्।

"अस्पताल भर्ना पछि घर जाने बेलामा उनीहरू आवश्यक जानकारीको बारेमा थाहा हुँदैन। यस्ता विषयहरूको जानकारी दिँदै, हामी त्यो विभाजनलाई हटाउन चाहन्छौँ, र यसले अङ्ग्रेजी भाषीहरूलाई अवश्य मद्दत गर्ने छ।"

गम्भीर किसिमका स्वास्थ्य जानकारी र औषधीका जानकारीहरू सांस्कृतिक रूपमा संवेदनशील हुनु पर्ने उनी बताउँछिन्।

र यस सफ्टवेयरले विविध समुदायहरू बिचको डिजिटल विभाजनलाई जोड्दै, आवश्यक जानकारीलाई सबै माझ समान रूपमा पुराउने आशा रहेको छ।

"जानकारीलाई ५२ वटा भाषामा अनुवाद गरेर मात्र पुग्दैन - जानकारीको विकास र वितरणमा समुदायको संलग्नता हुन पनि निकै महत्त्वपूर्ण छ।"

उनको कम्पनी गुड हुडले दादुरा जस्ता सङ्क्रामक र प्रकोप पैदा गर्न सक्ने रोगहरूको बारेमा जानकारी र चेतावनीहरूलाई मानिसहरूले बुझ्ने हिसाबमा अनुवाद गर्न, भिक्टोरियाली स्वास्थ्य विभागसँग काम गरिरहेको छ।

त्यस्तै, डेजर्ट ल्याब नामक अर्को कम्पनी आदिवासी समुदायहरूमा गलत स्वास्थ्य जानकारीलाई कम गर्नका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको (artificial intelligence) प्रयोग गरिरहेको छ।

Vaccine indigenous kimberly remote
A Beagle Bay community member receives a coronavirus vaccine in the Kimberley region. Source: AAP

कोभिड-१९ खोप वितरणको बारेमा विभिन्न दुर्गम स्थानहरूमा धेरै गलत सन्देशहरू फैलिएको, उक्त समुदायमा प्रमुखहरूले बताएका छन्।

यद्यपि, यी प्रविधिहरूको काम केवल आपतकालीन स्वास्थ्य समस्याहरू समाधान गर्ने मात्र होइन।

अस्ट्रेलियाको ब्ल्याक समर आगलागी पछि, एउटा नक्सा योजनाले प्रकोपको तुरुन्त जोखिममा रहेका मानिसहरूलाई तत्काल चेतावनी दिन मद्दत गर्ने, ह्युम्यानिटेकका एलस्टेयर प्रायरले बताए।

यी छ वटा संस्थाहरूले आपतकालीन योजनादेखि लिएर, जलवायु परिवर्तन सम्मका विषयमा काम गरिरहेका छन्।

र यी योजनाहरू मध्य धेरैलाई भविष्यमा प्यासिफिक क्षेत्रमा पनि विस्तार गर्न सकिने बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now