प्रोस्टेट क्यान्सरको उपचारमा अस्ट्रेलियन चिकित्सकहरूले एक नयाँ उपलब्धि हासिल गरेका छन्।
जटिल किसिमको क्यान्सर रोगका रूपमा लिइने प्रोस्टेट क्यान्सरबाट बर्सेनि ३,२०० अस्ट्रेलियालीहरुको ज्यान जाने गरेको छ।
विश्वभर प्रोस्टेट क्यान्सर रोगबाट लडिरहेका मानिस मध्ये बर्नाड लाफेयर्स पनि एक हुन्।
तर सिड्नी स्थित सेन्ट भिन्सेन्ट अस्पतालमा गरिएको एक औषधि परीक्षणको नतिजा पछि भने उनी आफूलाई एक सफल कथाका पात्रका रूपमा लिइरहेका छन् ।
“म एकदमै ठिक महसुस गरिरहेको छु ,निकै ठिक, म जे पनि गर्न सक्छु, यो गार्हो उपचार विधि होइन, केमोथेरापि निकै गार्हो छ, कठिन उपचार विधि हो,” उनले भने।

लाफेयर्स साउथ प्यासिफिक क्षेत्र नउमियामा बस्छन्, जहाँ उपचारका निकै कम विकल्प रहेका छन्।
प्रोस्टेट क्यान्सर हड्डी र कलेजो तर्फ समेत बढ्न थालेका उनी परीक्षणमा सहभागी ५६ जना अन्य मानिस मध्येका एक हुन् ।
प्राध्यापक लाउसी एमेटका अनुसार उक्त परीक्षण नै उनका लागि उपचारको अन्तिम विकल्प थियो, र त्यो सफल भयो।

“बर्नाडमा दुई लाइनका केमेथेरापि र अन्य सबै उपलब्ध उपचारका विधिहरू असफल भइसकेका थिए,” उनले भनिन्।
“अहिले उनका घाउहरूको सङ्ख्या र तीव्रतामा उल्लेखनीय कमी भएको देख्न सक्नुहुन्छ।”
उक्त परीक्षणमा दुई किसिमका औषधिहरूको प्रयोग भएका छन्।
त्यसमध्ये एउटा हालको अत्यन्तै आशाजनक मानिएको लोतिसम भन्ने हो, जसले सानो अनुपातमा ट्युमरका कोशिकाहरू समक्ष रेडियोएक्टीभीटी पुर्याउँछ।
अर्को परीक्षणको क्रममा रहेको औषधि चाहिँ भियोन्द भन्ने हो, जसलाई अस्ट्रेलियन चिकित्सक ग्राहम केलीले विकास गरेका हुन्।
डाक्टर केलि प्रोस्टेट क्यान्सरबाट आफै पीडित भएका हुन् र उनले आफैमा परीक्षण गरे।
रिपोर्ट सुन्नुहोस्।अस्ट्रेलियामा क्रिप्टोकरेन्सीको कारोबारलाई कस्ने तयारीमा सङ्घीय सरकार हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
“हामी विश्वास गछौ कि भियोन्दले शरीरलाई क्यान्सर रोग सँग लड्न सक्ने क्षमतालाई बढाउँछ, हामी इम्युन सिस्टमका बारेमा कुरा गरिरहेका छौ,”उनले भने।
परीक्षण पछिको नतिजाले अहिले विश्वको ध्यान खिचिरहेको छ।
यतिखेर क्यासर रोगको उपचारमा आशाजनक मानिएको औषधि लोतिसम पिएसएमएलाई व्यापक रूपमा उपलब्ध गराउनका लागि प्रयासपनि थालिएका छन्।
प्रोस्टेट क्यान्सर फाउन्डेसन अस्ट्रेलियाका प्रमुख जेफ डुन सम्पूर्ण टिम परिणामका कारण निकै हर्षित भएको बताउँछन्।
विश्वभर हरेक वर्ष १३ लाख मानिसमा प्रोस्टेट क्यान्सर पाइने गरेको छ ।
''अत्यन्तै रोमान्चक किसिमका काम यो देशमा भएका छन्, प्रोस्टेट क्यान्सरको उपचारमा बिश्वको प्रमुख अनुसन्धान भएको छ," उनले भने।






