SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलियामा भर्ना लिन सजिलो बनाउने सरकारी योजना

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना प्रक्रियालाई सजिलो बनाउनका अस्ट्रेलिया सरकारले एक नयाँ प्रविधिमा लगानी गर्ने भएको छ।

Liberal MP Ben Morton, the member for Tangney, WA.
Liberal MP Ben Morton, the member for Tangney, WA. Source: www.aph.gov.au

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अन्तर्राष्ट्रिय विद्यार्थी र अस्ट्रेलियाली शिक्षा प्रदायकहरूलाई सुव्यवस्थित गर्नका लागि मोरिसन सरकारले आफ्नो मिड-यर इकोनोमिक र फिस्कल आउटलुक योजना अन्तर्गत दुई वर्षको अवधिमा १ करोड ७० लाख अस्ट्रेलियाली डलर लगानी गर्ने भएको छ। 

यस योजनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जानकारी सङ्कलन प्रक्रियालाई सरल बनाउँदै शिक्षा क्षेत्रमा वार्षिक १ करोड डलर बचाउने सरकारले एक विज्ञप्तिमा उल्लेख गरेको छ। 

यो मोरिसन सरकारको डिरेगुलेसन एजेन्डा अन्तर्गत पर्दछ। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सहायक मन्त्री बेन मोर्टन भन्छन् कि, १२०० वटा भन्दा बढी शिक्षा प्रदायकहरू संलग्न गर्ने यस प्रविधिले शिक्षा क्षेत्रमा पर्ने अनावश्यक नियामक भारलाई कम गर्ने छ। 

"मोरिसन सरकारको डिरेगुलेसन एजेन्डाको एउटा मुख्य सिद्धान्त भनेको, तपाईँले 'हामीलाई एक पटक मात्र भन्नु परोस्' -  तर अहिले शिक्षा प्रदायकहरूले विद्यार्थीको करिब १ करोड ५० लाख रेकर्डहरूलाई दुई वटा छुट्टै प्रणालीमा भर्ने गरेका छन्," मन्त्री मोर्टनले भने।

यस प्रविधिमार्फत विद्यार्थीहरूको रेकर्डलाई एक पटक प्रणालीमा हाले पछि त्यो आफैँ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको केन्द्रीय प्रणालीमा भरिन्छ।

अस्ट्रेलियामा विद्यार्थी भिसामा अध्ययन गर्ने हरेक विद्यार्थीको जानकारी प्रोभाइडर रेजिस्ट्रेशन एण्ड इन्टरनेशनल स्टुडेन्ट म्यानेजमेन्ट सिस्टममा (प्रिज्म्स) हुन्छ। त्यो सीधै देशको भिसा अनुदान र रद्द गर्ने निकायसँग जोडिन्छ।

international tudents
Vaccinated international students with a valid visa will no longer need an exemption to travel to Australia. Source: Getty Images

यस नयाँ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसले (एपीआई) शिक्षा नामाङ्कन प्रणालीलाई सीधै प्रिज्म्ससँग जोड्नेछ। 

"अस्ट्रेलियाको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र अत्यावश्यक छ। आर्थिक विकासको लागि नियामक प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न जरुरी छ," मोर्टनले भने।

त्यसैले हामीले यो महत्त्वपूर्ण लगानी गर्दैछौँ - किनभने यो प्रदायक, अन्तर्राष्ट्रिय विद्यार्थी र सबै अस्ट्रेलियालीहरूको लागि एक जीत हो।

डिरेगुलेशन एजेन्डाको बारेमा थप जानकारीका लागि यहाँ जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now