“मुखमा थप्पड”: प्रमुख विश्वविद्यालयहरूको शुल्क बढ्ने, अन्तर्राष्ट्रिय विद्यार्थीहरू रूष्ट

University representatives hold signs as international students part of a pilot return program arrive at Sydney Airport on December 6, 2021

University representatives hold signs as international students part of a pilot return program arrive at Sydney Airport on December 6, 2021 Source: AAP

सन् २०२० मार्च पछि पहीलोपटक प्रत्यक्ष पढाइका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरु कक्षाकोठामा फिर्ता हुँदै गर्दा, विश्वविद्यालयहरूद्वारा गरिएको शुल्क वृद्धि “मुखमा हानिएको थप्पड” जस्तै भएको प्रतिक्रियाहरू आएका छन्।


 

सन् २०२० मार्च महिना पछि पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रत्यक्ष पठनपाठनका लागि कक्षाकोठमा फिर्ता हुँदै छन्।

डिसेम्बर १५ तारिखबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरू र दक्ष कामदारका लागि अस्ट्रेलियाले आफ्नो सीमा खोल्ने निर्णय गरेसँगै यस कार्यले गति पाउने देखिएको छ। 

“हामी डिसेम्बर १५ बाट पुनः खोल्ने योजनामा हामी अगाडी बढ्दै छौँ,” सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने।

“प्रधानमन्त्री, मन्त्रीपरिषद् र मुख्य स्वास्थ्य अधिकारीको सल्लाह पछि यो निश्चित भएको हो।”

तर उता यही समयमा विश्वविद्यालयहरूले आफ्नो शुल्क बढाएको बताइँदै गर्दा भने विद्यार्थी लगायतका सम्बन्धित मानिसहरूले उक्त निर्णयलाई अपरिपक्व भनेका छन्।

अस्ट्रेलिया बाहिर रहेर अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा मोनास विश्वविद्यालयमा इन्जिनियरिङको पढाई गरिरहेका सदमन अराफत यस्तै पिडित मध्येका एक हुन्।

उनी भन्छन् कि विश्वविद्यालयहरूले शुल्क वृद्धिको निर्णय लिनु “मुखमा थप्पड हान्नु” जस्तै हो।

“यो तपाईँले बुझ्नु पर्छ कि हामीलाई वाचा गरिएको जस्तो मोनासका सुविधाहरू हामीले पाएका छैनौँ, यो असाधारण परिस्थिति हो," उनले भने।

“शुल्क वृद्धि गर्नु कानूनी हुन सक्छ तर त्यसो गर्नु नैतिकता भने पक्कै होइन।”
অস্ট্রেলিয়ায় থাকা ও পড়াশোনাসহ নানা বিষয়ে ভিডিও নির্মাণ করেন সাদমান সাকিব।
অস্ট্রেলিয়ায় থাকা ও পড়াশোনাসহ নানা বিষয়ে ভিডিও নির্মাণ করেন সাদমান সাকিব। Source: Sadman Sakib

आफ्नो क्याम्पसमा अहिलेसम्म एक कदम पनि नराखेका अराफतलाई उनले अब पहिलेको भन्दा धेरै शुल्क बुझाउनु पर्ने बताइएको छ।

“मोनासमा तिरिरहेको शुल्क मेरो परिवारबाट आएको हो ... यो मेरो परिवारको जीवनभरको कमाई हो,” उनले भने।

रिपोर्ट सुन्नुहोस् null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

घट्दो आय, बढ्दो खर्च

अस्ट्रेलियाली तथ्याङ्क विभागको पछिल्लो आँकडाहरुका अनुसार सन् २०१९/२० मा ३७ अर्ब डलरभन्दा बढीको कारोबार गरेको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई महामारी सुरू भएयता चाहिँ निकै घाटा व्यहर्नु परेको छ।

अस्ट्रेलियाका ठुला तीन विश्वविद्यालयको भनाइ मान्ने हो भने गत वर्ष शुल्कमा कुनै परिवर्तन भएन।

तर यस पटक भने शुल्क बढाउनु पर्ने स्थिति बनेको उनीहरूको भनाई छ।

campus at Monash University
Monash University Campus Source: Peter Bennetts

६ प्रतिशतले आफ्नो शुल्क बढाउन लागेको मोनास विश्वविद्यालयले यसलाई 'बजार अनुरूपको' निर्णय भनेर व्याख्या गरेको छ।

अर्को तर्फ ३.८ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको सिड्नी विश्वविद्यालयले यसलाई 'माग र विश्वव्यापी प्रतिस्पर्धात्मक बजारका सन्दर्भमा' लिइएको कदम भनेर बताएको छ।

त्यसै गरी, घरेलु र अन्तर्राष्ट्रिय दुबै किसिमका विद्यार्थीहरुका लागि ३.२ प्रतिशतले शुल्क वृद्धि गरेको मेलबर्न विश्वविद्यालयले भने सञ्चालन लागतको नियमित वृद्धिलाई आफूहरूले प्रतिबिम्बित गरेको बताउँछ।

“घटिया मजाक”

मोनास स्टुडेन्ट असोसिएसनकी वर्तमान अध्यक्ष इस्का डी सिल्भा भन्छिन् कि पहिलेदेखि नै आर्थिक रूपमा सङ्घर्षशिल  विद्यार्थीहरूलाई यस्तो निर्णयले थप दवाब परेको छ।

तर कतिपय भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पर्याप्त भुक्तानी नगरिरहेको बताउँछन्।

युनिभर्सिटी अफ सिड्नीका सह-प्राध्यापक साल्भाटोरे बबोन्स भन्छन् कि घरेलु विद्यार्थीहरूको सरकारी अनुदानलाई मेल खाने गरी विदेशीहरूको शिक्षण शुल्कमा वृद्धि गरिनुपर्छ।

Phil Honeywood, International Education Association chief executive officer.
Phil Honeywood, International Education Association chief executive officer. Source: SBS News

तर अन्तर्राष्ट्रिय शिक्षा सङ्घका प्रमुख फिल हनीउड भने यसमा सहमति जनाउँदैनन्।

“हामीकहाँ पढाई, मेडिकल, डेन्टल र त्यसमाथि पोस्ट ग्र्याजुएटको बजार प्रवर्धनका लागि पनि शुल्क तिर्ने यति धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुँदा हुँदै,उनीहरूले पर्याप्त रकम तिरिरहेका छैनन् भन्नु घटिया मजाक हो,” उनले भने।

“उनीहरूले सामान्य घरेलु विद्यार्थीले भन्दा तीन गुणा बढी शुल्क तिरिरहेका छन्।”

यसका साथै अस्ट्रेलियाको शुल्क अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक रहेको पनि उनको धारणा छ।

सदमन अराफत भने शुल्क वृद्धिसँगै अस्ट्रेलियाको सीमा नीतिले विदेशी विद्यार्थीहरुलाई विकल्प खोज्न बाध्य बनाएको बताउँछन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now