SKIP TO MAIN CONTENT

पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी न्यु साउथ वेल्स भित्रँदा क्वारेनटिन बस्नु नपर्ने

अस्ट्रेलियाको औषधि नियामक निकाय (टिजीए) ले अनुमति दिएको खोप लगाएका विद्यार्थी न्यु साउथ वेल्स भित्रँदा क्वारेनटिन बस्न नपर्ने भएको छ।

International students
Source: Getty Images/Kiyoshi Hijiki

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

राज्य सरकारले गरेको नयाँ घोषणाले यहाँ भित्रने खोप लगाएका अन्य मानिस सरह नै विद्यार्थीलाई पनि राखेको छ ।

न्यु साउथ वेल्सको परीक्षण परियोजना अन्तर्गत विद्यार्थी लिएर आउने पहिलो चाटर्ड विमान सिड्नीमा ६ डिसेम्बरमा अवतरण गर्नेछ ।

उक्त विमानमा इन्डोनेसिया,सिंगापुर,भियतनाम,दक्षिण कोरिया,चीन, क्यानडा लगायतका १५ देशका २ सय ५० विद्यार्थी आउने बताइएको छ ।

दोस्रो चार्टड विमान मार्फत भने दक्षिण एसिया र भारतका विद्यार्थीहरू आउने बताइएको छ ।

राज्यका प्रिमियर डोमिनिक पेरोटेले न्यु साउथ वेल्सलाई विश्व सँग जोड्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ठुलो भूमिका खेल्ने बताएका छन् ।

NSW Premier Dominic Perrottet
NSW Premier Dominic Perrottet. Source: AAP

महामारी अघि करिब २ लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थी राज्यमा रहेको र उनीहरूले करिब ९० हजार रोजगारलाई समर्थन गरेको उनले बताए ।

“पहिलेकै अवस्थामा पुग्नका लागि यो ठुलो कोशे ढुङ्गा हो,म हाम्रो समुदायको यस्तो महत्त्वपूर्ण भागलाई स्वागत गर्न आतुर छु, “उनले भने ।

“उनीहरूले हाम्रो अर्थतन्त्रमा योगदान मात्रै गर्दैनन्, हाम्रो संस्कृतिमा भूमिका खेल्छन् र हाम्रो समुदाय र जीवनशैलीमा योगदान गर्छन्।"

रोजगार,लगानी र पर्यटन सम्बन्धी मन्त्री स्टुअर्ट एअर्सले विद्यार्थीहरू भित्रनु अघि कमनवेल्थ सरकारको स्वीकृति आवश्यक पर्ने बताए ।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरू न्यु साउथ वेल्समा भित्रँदा,कमनवेल्थ सरकारसँगको समन्वय र सहकार्यलाई स्वागत गर्दछु," उनले भने।

"यो कदमले राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कति महत्त्व दिन्छ भन्ने कुराको स्पष्ट सन्देश दिएको छ।"

परियोजना अन्तर्गत डिसेम्बरबाट चरणबद्ध रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू न्यु साउथ वेल्स भित्रनेछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरू फर्कँदा रेडफर्न स्थित स्केपलाई आवास साझेदारका रूपमा प्रयोग गरिनेछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now