“यो जीवन र मरणको कुरा हो”: कोरोनाभाइरसबारे न्यु साउथ वेल्स प्रिमियरको आग्रह

न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले मानिसहरूले कोरोनाभाइरस सङ्कटलाई हल्का रूपमा नलिन र आफू एवं अन्य मानिसहरूको स्वास्थ्य बारेमा गम्भीर भएर सोच्न आग्रह गरेकी छिन्।

Premier of New South Wales Gladys Berejiklian.

Premier of New South Wales Gladys Berejiklian. Source: AAP

“केवल आफ्नो र आफन्तजनको बारेमा मात्र नसोच्नुहोस्, तपाईंले अनावश्यक रूपमा अन्य मानिसहरूलाई सङ्क्रमित गर्नुका साथै उनीहरूको मृत्युको कारण पनि बनिरहनुभएको हुन सक्नुहुन्छ,” बेरिजिक्लियनले दक्षिणी न्यु साउथ वेल्समा पत्रकारहरूसँग कुरा गर्दै भनिन्।

“हामीलाई थाहा छ - विशेष गरी वृद्धावस्था भएका मानिसहरू यो रोगसँग असुरक्षित छन्।”

“यो जीवन र मरणको कुरा हो।”

उनका अनुसार न्यु साउथ वेल्समा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आउने दिनहरूमा उल्लेखनीय रूपमा बढ्न सक्नेछ।

“म सबैलाई तयार भएर बस्न भन्छु। यो यसै लापरवाह भएर अथवा मलाई यसले कुनै असर गर्दैन भनेर बस्ने समय होइन,” उनले भनिन्।

कोरोनाभाइरस फैलनबाट रोक्न जारी गरिएका निर्देशनहरूको पालना नगरेको पाइएमा न्यु साउथ वेल्स राज्यमा मानिसहरूका साथै सङ्घ-संस्थाहरूलाई जेल सजायका साथै ११,००० डलरसम्म जरिवाना हुने बताइएको छ।

Welfare groups are calling for a permanent increase in JobSeeker payments.
$1.2 billion dollar boost to programs post-JobKeeper. Source: AAP

न्यु साउथ वेल्स राज्यका स्वास्थ्य मन्त्री ब्राड हजार्डले सोमवारै उक्त राज्यको सार्वजनिक स्वास्थ्य ऐन २०१० अन्तर्गत तत्काल लागू हुने गरी ५०० जनाभन्दा बढी मानिसहरूको एकैसाथ जमघट हुने सार्वजनिक कार्यक्रमहरू निषेध गरिएको आदेश आफूले जारी गरेको बताएका छन्।

उक्त आदेशको बर्खिलापमा जाने व्यक्तिहरूले ६ महिना जेल सजाय वा ११,००० डलर जरिवाना वा दुवै हुनसक्ने उनले बताएका छन् र अपराध कायमै रहे प्रत्येक दिन थप जरिवाना हुनसक्ने पनि बताइएको छ।

कोभिड-१९ बाट अस्ट्रेलियामा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ जसमध्ये पछिल्लो घटनामा एक ७७ वर्षिया वृद्धाले गत शुक्रवार ब्रिसबेनबाट सिड्नी उड्ने क्रममा कोरोनाभाइरसको लक्षण देखाएकी थिइन र त्यही साँझ उनको मृत्यु भएको थियो।

न्यु साउथ वेल्स राज्यका दुई प्रमुख विश्वविद्यालयहरू - सिड्नी विश्वविद्यालय र एनएसडब्लु विश्वविद्यालय दुवैले आफ्ना एक-एक विद्यार्थीहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेका छन् भने राज्यभरका विद्यालयहरूले सोमवारदेखि नै सोसल डिसटेन्सिङ्ग भनिने सामाजिक दुरीको नीति अङ्गीकार गर्दै बिहानी पख आयोजना गरिने स्कूले सभा, शैक्षिक भ्रमण लगायतका अन्य कार्यक्रमहरू हाललाई रद्द गरिने बताइएको छ।

यसै गरी, राज्यमा ज्युरीद्वारा हुने नयाँ मुद्दा छाँट फाट पनि अर्को व्यवस्था नभएसम्मका लागि खारेज भएका छन् तर हाल जारी त्यस प्रकारका कानुनी सोधपुछ भने यथावतै रहनेछन्।

भाइरसलाई फैलनबाट रोक्न सिड्नी रोयल इस्टर सो लगायतका ठुलठुला कार्यक्रमहरू स्थगित भइसकेका छन् र आगामी महिने हुने एनज्याक दिवसको सन्दर्भमा हुने परेड बारे न्यु साउथ वेल्स रिटर्न सर्भिसेस लिग (आरएसएल)को बैठक सोमवार नै बस्नेछ।

South Australia Hospital staff simulate a drive-through coronavirus testing at the Repatriation Hospital in Adelaide.
South Australia Hospital staff simulate a drive-through coronavirus testing at the Repatriation Hospital in Adelaide. Source: AAP

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now