कोरोनाभाइरस विरुद्ध लड्न भिक्टोरिया एवं एसीटीमा सङ्कटकाल घोषणा

कोरोनाभाइरस महामारी विरुद्ध प्रभावकारी रूपमा लड्न भिक्टोरिया तथा अस्ट्रेलियन क्यापिटल टेरोटेरीले सोमबारदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरेका छन्।

Victorian Premier Daniel Andrews took aim at the homeowner flying the Nazi flag.

Victorian Premier Daniel Andrews Source: AAP

आफ्नो उक्त घोषणाले राज्यमा १४ दिने सेल्फ आइसोलेसनको अनिवार्य नीतिलाई कडाइका साथ लागू गर्न सहयोग पुग्ने भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका छन्।

यो भन्दा पहिले उक्त अधिकारको प्रयोग भिक्टोरियामा कहिल्यै नभएको बताइएको छ।

“यी अधिकारहरू कहिल्यै प्रयोग गरिएको थिएन। यसले पनि बताउँछ कि यो सार्वजनिक स्वास्थ्य सङ्कट कति अभूतपूर्व प्रकृतिको छ भनेर,” उनले भने।

भिक्टोरियाको स्वास्थ्य कानुन अन्तर्गत रहेको अधिकार प्रयोग गरी उक्त सङ्कटकाल सोमवार मध्यान्हदेखि लागू हुने गरी घोषणा गरिएको हो।

Patients line up at the Royal Melbourne Hospital for Coronavirus testing.
Patients line up at the Royal Melbourne Hospital for Coronavirus testing. Source: AAP

भिक्टोरियाली कानुन अनुसार स्वास्थ्य अधिकारीहरू निर्देशन पालना नगरिएको पाइएमा २०,००० डलर जरिवाना हुने बताइएको छ।

हाल चार हप्ताका लागि भनेर सङ्कटकाल घोषणा गरिएको भए पनि प्रिमियर एन्ड्रुजका अनुसार अवस्था हेरेर उक्त अवधि थप हुन सक्नेछ।

सङ्कटकालीन अधिकारहरूको प्रयोग गर्दै अधिकारीहरूले सर्वसाधारण मानिसहरूलाई हिरासतमा लिन, परेको खण्डमा चहलपहलमा रोक लगाउन र केही परिसरहरूको प्रवेशमा प्रतिबन्ध लगाउन सक्नेछन्।

आइतबार प्रधानमन्त्री स्कट मरिसनले विदेशबाट अस्ट्रेलिया आउने सबै आगन्तुकहरूले गए मध्यरातबाट लागू हुने गरी १४ दिने सेल्फ आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने उर्दी जारी गरेका थिए।

गए राती मात्र थप १४ जनाका साथभिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ७१ पुगेको पुष्टि भएको छ।

आइतबार क्यानबेरामा दोस्रो कोरोनाभाइरस सङ्क्रमित मानिस भेटिएपछि एससीटीका मुख्य मन्त्री एन्ड्रु बारले पनि त्यहाँ सङ्कटकाल लगाउने तयारी गरिरहेको एबीसीले जनाएको छ।

कोरोनाभाइरसका कारण अस्ट्रेलियाभर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने लगभग ३०० जना सङ्क्रमित भइसकेको सरकारी तथ्याङ्क छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।


Share

2 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now