Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आज सिड्नी लगायत न्यु साउथ वेल्सका प्रमुख स्थानहरूमा किन चलेको छैन रेल?

सोमवार बिहान सिड्नी लगायत न्युकासल, सेन्ट्रल कोस्ट, ब्लु माउन्टेन्स र इलावारामा हजारौँको सङ्ख्यामा रेल यात्रुहरू प्रभावित भएका छन्।

Commuters arrive at the closed Central Station during a planned industrial action by workers at Sydney and NSW Trains in Sydney, Monday, February 21, 2022. All trains across Sydney and NSW have been cancelled. (AAP Image/Dean Lewins) NO ARCHIVING
Commuters arrive at the closed Central Station. All trains across Sydney and NSW have been cancelled. Source: AAP

रेल, ट्राम र बस युनियनसँग लामो समयदेखि जारी विवादका कारण अकस्मात् रूपमा न्यु साउथ वेल्स राज्य सरकारले रेल सञ्जाल बन्द गरिदिँदा उनीहरू प्रभावित भएका हुन्।

राज्य सरकारले कर्मचारीहरूले “आतङ्कवादीले गर्ने जस्तै” हर्कत गरेको कारण सुरक्षाका लागि आज दिनभर रेल सेवा अवरुद्ध गर्नुपरेको टिप्पणी गरेको छ।

युनियनले सोमवारदेखि आगामी दुई हप्तासम्म पूर्व निर्धारित सिफ्टमा कुनै परिवर्तन गर्न नपाउने गरी विरोध जनाउने कार्यक्रम थियो।

ट्रान्सपोर्ट फर न्यु साउथ वेल्सका अनुसार भने युनियनको मागहरू र सरकारले त्यसलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरा सप्ताहान्तमा औद्योगिक नियामक समक्ष थियो।

युनियनको हर्कतका कारण सुरक्षित रूपमा सेवाहरू सञ्चालन गर्न असम्भव भएकाले आइतबार मध्यरात तिर रेल सेवा बन्द गर्ने निर्णय लिइएको पनि राज्य सरकारको यातायात तथा सडक सेवा विभागको भनाई छ।

उता रेल, ट्राम र बस युनियनका राज्य सचिव एलेक्स क्लासेन्स भन्छन् कि रेल कर्मचारीहरू आन्दोलनमा उत्रिएका छैनन् र क्षणभरकै सूचनामा पनि सेवा सुचारु गर्न तम्तयार छन्।

सिड्नीको सेन्ट्रल स्टेसनमा बोल्दै युनियनका क्लासेन्सले भने कि यो केवल पैसाको मात्र कुरा होइन।

आफूहरूद्वारा उठाइएको विभिन्न मागहरू सम्बोधन गर्न सरकारले कुनै ठोस् कदम नचालेको पनि युनियनको भनाई छ।

विशेष गरी सुरक्षाको प्रत्याभूति हुनुपर्ने, सर-सफाइ र निजीकरणको चिन्तालाई राज्य सरकारले सम्बोधन गरिनुपर्ने  युनियनले बताउँदै आएको छ।

तर आज यात्रुहरूले पाएको असुविधाका लागि भने सरकार दोषी नभएको राज्यका यातायात मन्त्री डेभिड एलिएट बताउँछन्।

उनी भन्छन् कि आइतबार रातीका लागि बोलाइएको बैठकमा युनियनका तर्फबाट कोही पनि सहभागी भएनन्।

सोमवार बिहान सिड्नीको रेडियो टुजीबीसँग कुरा गर्दै उनले गतिरोध ठुलै हुन सक्ने चेतावनी दिएका छन्।

"सिड्नीको यातायात प्रणालीलाई आतङ्कवादीले गर्ने जस्तै क्रियाकलापकालागि प्रयोग गर्न पाइँदैन," उनले भने।

“यो सब चुनाव (राज्य सरकारको निर्वाचन) भन्दा अगाडी सरकारलाई बदनाम गराउने उनीहरूको सोच हो।”

यसै गरी सरकारले युनियनले हडतालका लागि फेयर वर्क कमिसन समक्ष दिन निवेदन पनि रोक्का गर्ने बताएको छ।

पेरोटे सरकारका अनुसार युनियन हडतालमा उत्रे अर्थतन्त्रमा ठुलो खतरा उत्पन्न हुने भन्दै युनियनको हडताल सम्बन्धी निवेदन रोक्का गर्न आफूले कदम चाल्नेछ।


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now