SKIP TO MAIN CONTENT

नेपाल: बाघ हमलाका कारण ४ दिन भित्र २ जनाको मृत्यु

हमला बढे बाघहरुलाई नियन्त्रणमा लिइने अधिकारीहरुले बताएका छन्।

 Nepal has recently changed some of its policies which has helped achieve the targets.
Nepal has recently changed some of its policies which has helped achieve the targets. Source: © DNPWC/WWF Nepal

1 min read

Published

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

दक्षिणपश्चिमी नेपालमा एक जंगली बाघले एक ७१ वर्षीय पुरुषको ज्यान लिएको छ।

बर्दिया राष्ट्रिय निकुन्ज नजिक भएको भनिएको उक्त हमला, गए ४ दिन भित्रको दोस्रो घातक हमला रहेको अधिकारीहरुको भनाइ छ।

डीपीए समाचारसँग कुरा गर्दै निकुन्जका अधिकारी अशोक भण्डारीले बताए कि आइतबार बिहान घर पालुवा बंगुरहरुलाई खाना दिने क्रममा एक बाघले उक्त वृद्ध माथि हमला गरेको हो।

भण्डारीका अनुसार बाघले बंगुर माथि हमला गर्ने क्रममा उक्त पुरुष बाघको बिचमा आएको हुनसक्ने देखिएको छ।

गए बिहिबार मात्र बर्दिया निकुन्ज नजिकनै आफ्नो खेतमा काम गरिरहेकी एक ५६ वर्षीय महिलाको पनि बाघ हमलामा मृत्यु भएको थियो।

भण्डारीका अनुसार ती घटनाहरु पछि सम्रक्षण र सुरक्षाकर्मीहरु द्वारा उक्त क्षेत्रका बाघहरु माथि निगरानी राखी रहेका छन्।

“हमला बढ्यो भने, हामीले उक्त जनावरलाई नियन्त्रणमा लिएर केहि दिनका लागि निर्धारित क्षेत्र भित्र राखिने छ।”

भारतीय सीमावर्ती क्षेत्र नजिक रहेका नेपालका दक्षिणी भागमा २३५ बाघहरु रहेका छन्।

गए केहि समय यता निकुन्ज नजिक रहेका मानिसहरका सुरक्षा बारे चिन्ता पनि बढ्दै गएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now