SKIP TO MAIN CONTENT

एच आई भिको गलत नतिजा आएपछि क्वीन्सल्याण्ड बिश्वबिद्यालयको कोरोना विरुद्धको खोप रद्द

मोरीसन सरकारले क्विन्सल्याण्ड बिश्वबिद्यालयको खोपको विकास रद्द भए पनि वैकल्पिक करिब ३० करोड कोरोना डोज सुरक्षित गरेको बताएको छ ।

Prime Minister Scott Morrison is seen during a tour of the University of Queensland Vaccine Lab in Brisbane, Monday, October 12, 2020.
Prime Minister Scott Morrison is seen during a tour of the University of Queensland Vaccine Lab in Brisbane, Monday, October 12, 2020. Source: AAP

3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

क्वीन्सल्याण्ड बिश्वविद्यालयको पहिलो चरणको परीक्षणमा रहेको सम्भावित खोप लगाएका केही मानिसमा एच आई भि पोजेटिभको  गलत रिपोट देखिएपछि उक्त खोपको अनुसन्धान प्रक्रिया रद्द गरिएको छ ।

यो संगै सङ्घीय सरकारले अस्ट्रेलियामा विकास भइरहेको सम्भावित कोरोनाको खोपको ५ करोड डोज किन्ने सम्झौता खारेज गरेको हो  ।

क्विन्सल्याण्ड विश्वविद्यालय र बायोटेक्नोलोजी कम्पनीले बिहीबार शुक्रवार बिहान पहिलो परीक्षणका क्रममा केही व्यक्तिमा एच आई भि भएको गलत नतिजा देखाएपछि अर्को चरणमा नजाने घोषणा गरेको हो ।

राष्ट्रिय सुरक्षा समितिले वैज्ञानिकहरूको सल्लाहमा क्विन्सल्याण्ड बिश्वबिद्यालयको खोप खरिद गर्ने सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

"कोभिड महामारीको आफ्नै नियमहरू लेख्छ,हामीले यसका लागि नियम  लेख्नु पदैन” प्रधानमन्त्री मोरीसनले शुक्रवार बिहान पत्रकारहरू सँग भने ।

"हाम्रो खोप रणनीति र वैज्ञानिकहरूको सल्लाहमा चार वटा खोपहरू पहिचान गरिएको थियो ,जुन तिन चरणको परीक्षण पछि अस्ट्रेलियामा उपलब्ध हुने आशा गरिएको थियो ” मोरीसनले भने ।

क्विन्सल्याण्ड विश्वविद्यालय संगको सम्झौता रद्द भएपछि मोरीसनले घोषणा गरे की सरकारले अर्को  कम्पनी एस्ट्रा जानेकाले विकास गदै गरेको खोपको थप २ करोड डोज सुरक्षित गर्नेछ ,यसै गरी नोभाभ्याक्सका अतिरीत्त १ करोड ४० लाख खोपहरू खरिद गरिनेछन् ।

अस्ट्रेलियाले हाल १४ करोड भ्याक्सिनका लागि सम्झौता गरिसकेको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टले  यो सम्पूर्ण जनतालाई चाहीने खोप भन्दा धेरै भएको बताए ।

उनी भन्छन् “यो विश्वमै खोप खरिदको सबैभन्दा उच्च अनुपात हो।  ”

“क्विनसल्याण्ड विश्वविद्यालय सँगको सम्झौता रद्दको प्रक्रिया आपसी र वैज्ञानिक प्रक्रियाको आधारमा भएको हो ” उनले भने ।

क्विन्सलयाण्डकी प्रिमीयर एनेस्थेसिया पालासेले एबिसि सँगका कुराकानीका क्रममा आफू निराश भएको प्रतिक्रिया दिएकी छन् ।

“वास्तवमै हामी यतिखेर निराश बनेका छौ, अहिले सबैका आँखा बेलायतमा खोप सुरु भए पनि के हुदैछ भन्नेमा केन्द्रित छ” उनले भनिन् ।

खोप निर्माण गरिरहेको कम्पनी र क्विन्सल्याण्ड विश्वविद्यालयले  संयुक्त रूपमा ए एस एक्सलाई वक्तव्य मार्फत पहिलो चरणमा सहभागी भएका २ सय १६ जनामा कुनै स्वास्थ्य समस्या नदेखिए पनि एच आई भिको गलत रिर्पोट आएका कारण दोस्रो र तेस्रो चरणको परीक्षणमा अगाडी नबढ्ने बताएको छ ।

 

भ्याक्सिनलाई पुनः विकास गरी त्रुटिलाई हटाउन सकिने भए पनि यो छोटो समयमा हुन नसक्ने भ्याक्सिन विकासको नेतृत्व गरिरहेका पाउल योङले बताए ।

मेरीसन सरकारले आउँदो वर्षको सुरुवातमा सर्वसाधारणमा खोप सुरु गर्ने बताएको छ । उता बेलायतमा भने फाईजर र बायोनटेक कम्पनीका खोप सर्वसाधारणलाई दिन सुरु भइसकेको छ ।

आफ्नो भाषामा कोरोना भाइरस बारे पछिल्ला जानकारी र स्वास्थ्य एवं सहायता सेवाहरूको बारेमा जान्न sbs.com.au/coronavirus मा जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now