भिक्टोरियामा थप १५ जनाको कोरोनाभाइरसका कारण मृत्यु र ७२५ जनामा सङ्क्रमणको पुष्टि

भिक्टोरियाले कोरोना महामारी सुरूभए यताकै सबैभन्दा ठुलो मानवीय क्षति भोगेको छ।

Victorian Premier Daniel Andrews is urging everyone in the state to do their bit to slow the spread of coronavirus.

Victorian Premier Daniel Andrews is urging everyone in the state to do their bit to slow the spread of coronavirus. Source: AFP

गएको २४ घण्टामा एक ३० वर्षीय युवक सहित १५ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएपछि भिक्टोरियाले हालसम्मकै नराम्रो दिन भोग्नु परेको हो।

ज्यान गुमाउने मध्ये १३ जना वृद्ध स्याहार केन्द्रहरुसंग सम्बन्धित रहेको प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

"के म ती परिवारहरूमा हार्दिक समवेदना र संवेदना पठाउन सक्छु," एन्ड्रयुजले भने।

"यो विषम परिस्थितिमा हामी तपाईँलाई प्रदान गर्न सक्ने सबै सहयोग दिनेछौँ र हामी यस कठिन समयमा तपाईँसँगै छौँ।"

अत्यावश्यक सेवामा कार्यरत रहेका बाहेकका परिवारले आफ्ना छोराछोरीहरूलाई चाइल्ड केयर र प्राइमरी स्कुल पठाउन नपाउने भएका छन्।

"मलाई थाहा छ कि यसले महत्त्वपूर्ण चिन्ताको कारण बन्नेछ र यो धेरै परिवारका लागि चुनौतीपूर्ण हुनेछ," उनले भने।

कम सङ्ख्यामा मानिसहरू आफ्नो घर बाहिर रहेको सुनिश्चित गर्न र सक्दो छिटो सामान्य अवस्थामा फर्कन सहयोग गर्न उक्त कदम चालिएको उनले बताए।

"तर यदि मैले यो सुविधा सबैका लागि खुल्ला गरिदिएँ भने हरेक दिन अढाई लाख बच्चाहरू चाइल्ड केयर जानेछन् र हामी यी सङ्ख्या (सङ्क्रमण)लाई कम गर्दैनौँ।"

विकल्प नरहेकाहरूले पूर्व अनुमति प्राप्त गर्नुपर्ने एन्ड्रुजको भनाइ छ।

आफ्ना बच्चाहरूलाई चाइल्ड केयर पठाउनु बाहेक अरू कुनै विकल्प छैन भनेर झूटो दाबी गर्ने अभिभावकलाई दण्ड गरिने पनि प्रिमियरले बताएका छन्।

त्यसै गरी पहिलो दर्जामा रहेको र अत्यावश्यक बाहेकका शल्यक्रियाहरूलाई पनि ग्रामीण भिक्टोरियामा रोक लगाइएको छ।

बिरामीहरूको उपचार गर्ने अस्पतालहरूको क्षमता कायम राख्न पनि शल्यक्रिया प्रक्रियामा परिवर्तन गरिएको प्रिमियरले बताए।

"हामी यस्तो अवस्था चाहँदैनौ जहाँ सबैभन्दा गम्भीर बिरामीले आफ्नो उपचार गराउन कुरी रहन परोस्," उनले मेलबर्नमा आयोजित पत्रकार सम्मेलनका क्रममा भने।

यसैक्रममा, चाइल्डकेयर जान नमिल्ने बालबालिकाहरूले आफ्नो स्थान नगुमाएको सुनिश्चित गर्न, सङ्घीय सरकारले प्रभावित चाइल्डकेयर केन्द्रहरूलाई आर्थिक सहयोग प्रदान गर्ने शिक्षा मन्त्री डान टिहानले बताएका छन्।

३० दिनसम्मको लागि चाइल्डकेयर जान नपाउने बालबालिकाहरूलाई शुल्क नतिराउन उक्त कदम चालिएको मरिसन सरकारको भनाइ छ।

हाल भिक्टोरियाभर ५३८ जना कोरोनाका कारण अस्पतालमा भर्ना छन् जस मध्ये ४२ जनाको सघन उपचार जारी छ।

बुधवार मध्यरातदेखि रिजनल भिक्टोरिया भर तेस्रो र मेलबर्न महानगरीय क्षेत्रमा चौथो चरणको प्रतिबन्धहरू लागू हुनेछ।

ड्यानिएल एन्ड्रुजका अनुसार यसपालि प्रतिबन्धहरू बारे राज्य प्रहरीले कसैलाई पनि कुनै प्रकारको छूट दिने छैन।

उनले गए राति मेलबर्नमा जारी रात्रिकालीन कर्फ्युको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भिक्टोरियाली प्रिमियरले मानिसहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

COVID-19 Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share

3 min read

Published

Updated

By Steven Trask




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now