SKIP TO MAIN CONTENT

भिक्टोरियामा २४ घण्टामा १० नयाँ सङ्क्रमण, खेल हेर्न उपस्थित हजारौँ दर्शकलाई जाँच गराउन आग्रह

गएको २४ घण्टामा मेलर्वनमा सामुदायिक सङ्क्रमणका थप १० नयाँ कोभिड–१९ केशहरू फेला परेका छन् ।

People line up to get tested for COVID-19 outside the Royal Melbourne Hospital in Melbourne, Tuesday, 25 May, 2021.
People line up to get tested for COVID-19 outside the Royal Melbourne Hospital in Melbourne, Tuesday, 25 May, 2021. Source: AAP

3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

मङलबार रिपोर्ट भएका पाँच र त्यस पछि पुष्टि भएका पाँच नयाँ गरी जम्मा १० केश बुधवार सम्मको २४ घण्टामा फेला परेका हुन् ।

यो सँगै राज्यमा संक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ ।

उक्त अवधिमा २६ हजार एक सय ८० जनाले कोरोना जाँच गराएको बताइएको छ ।

यता सामुदायिक सङ्क्रमणका मामला बढ्दै जाँदा भिक्टोरियामा खेल एवम् अन्य भिडभाड जन्य क्रियाकलापमा कढा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।

सप्ताहान्नका बेला मेर्लवन क्रिकेट ग्राउन्डमा भएको फुटबल लिग हेर्न पुगेका एक दर्शकमा कोरोना सङ्क्रमण पुष्टि हुँदा त्यहाँ उपस्थित अन्य दर्शकलाई कोभिड–१९ जाँच गराउन राज्य सरकारले आग्रह गरेको छ ।

मेलर्वनको उत्तरी सर्ववबाट सुरु भएको कोरोना सङ्क्रमणको सिलसिलाका कारण बेन्डीगो र र्पोट मेलबर्न लगायतका ४३ स्थानलाई जोखिम क्षेत्रका रूपमा दर्ता गरिएका छन् ।

गत आइतबारका दिन कोलिङउड–पोर्ट एडिलेडको खेल र्हेन उक्त सङ्क्रमित व्यक्ति क्रिकेट ग्राउन्डमा पुगेको बताइएको छ ।

पुन्ट रोड स्थित ग्रेट साउर्दन स्ट्यान्डको जोन फोर लेबल १ बाट उक्त सङ्क्रमित व्यक्तिले खेल हेरेको बताइएको छ ।

सोही स्थानमा रहेका अन्य दर्शकहरूलाई भने क्यु आर कोड र टिकटका आधारमा सम्पर्क गरिसकिएको अधिकारीहरूले बताएका छन् ।

वरिपरि रहेका मानिसहरूलाई भने राज्य सरकारले जाँच गराउनका लागि आग्रह गरेको छ ।

“सो क्षेत्र भन्दा बाहिर रहेका दर्शकका लागि परीक्षण र आईशोलेसनको सल्लाह सिसिटिभी फुटेजको थप समीक्षा पछि गरिनेछ” विभागले टुईट मार्फत बुधवार बिहानै भनेको छ ।

भाइरस फैलावट जारी

मङलबार मेलर्वनमा कोभिड–१९ का नयाँ प्रतिबन्धहरू लगाइएता पनि सङ्क्रमणको दरलाई हेरी थप प्रतिबन्धहरू लाग्न सक्ने बताइएको छ ।

हाल लाई राज्यमा कोर्वग,फिजरोय लगायत पोर्ट मेलर्वन समेत ४३ स्थानलाई सम्भावित जोखिम क्षेत्रमा रूपमा तोकिएका छन् ।

भित्री सर्वव प्रारनमा रहेको एक बारलाई १–ख अन्तर्गतको जोखिम स्थानका रूपमा तोकिएको छ ।

जोखिम क्षेत्रलाई बढाइँदै जाँदा भाइरस संक्मण हुईटल सी र वरपरका क्षेत्र भन्दा पनि बाहिर बढ्दै गएको देखिन्छ ।

मङलबार पाँच नयाँ केस पछि सङ्क्रमितको सङ्ख्या १० पुगी सकेको छ ।

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले आगामी २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

हाल सम्म १ सय ६८ सङ्क्रमित निकट रहेका मानिसहरूको परीक्षणमा ८४ जनाको रिपोट नेगेटिभ आइसकेको छ ।

जिनोमिक जाँचका क्रममा वुर्लटका एक व्यक्त बाट सङ्क्रमण सरेको हुन सक्ने अनुमान लगाइएको छ ।

महिनाको सुरुवातीमा साउथ अस्ट्रेलियामा क्वारेनटिनमा बसका ६० बर्सिया व्यक्तिबाट सङ्क्रमण फैलिएको अनुमान भए पनि पुष्टि भने भइसकेको छैन ।

नदर्न टेरिटरी,क्विन्सल्याण्ड,वेस्र्टन अस्ट्रेलिया र साउथ अस्ट्र्रलियाले सम्भावित जोखिमलाई हेदै भिक्टोरिया सँगको सीमामा कढाई गरेका छन् ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now