भिक्टोरियामा थप चार नयाँ सङ्क्रमण,कोभिड–१९ “तीव्र रूपमा अनियन्त्रित” बन्दै

पुष्टि भएका ३० सङ्क्रमितको सम्पर्कमा आएका मानिसहरूको सङ्ख्या १४ हजार भन्दा बढी रहँदा सोचे भन्दा तीव्र रूपमा सङ्क्रमण बढी रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।

A person wearing a face mask crosses a street in Melbourne, Thursday, May 27, 2021. Victoria will undergo a 7 day lockdown from 11.59pm tonight until 11.59pm Thursday June 3. (AAP Image/James Ross) NO ARCHIVING

A person wearing a face mask crosses a street in Melbourne, Thursday, 27 May, 2021. Source: AAP

भिक्टोरीयामा आज चार  नया संक्रमीत थपिएका छन् ।

थपिएको नया संख्या संगै उत्तरी मेलर्वनबाट सुरु भएको पछिल्लो संक्रमणको संख्या तिस पुगेको छ ।

हिजो करीव ४७ हजार जनामा परिक्षण भएकोमा चार नया संक्रमीत थपिएका हुन् ।

महामारी सुरु भए यता भिक्टोरिया चौथो चरणको लकडाउनमा पुगेको छ ।

सात दिने “सर्किट ब्रेकर” लकडाउन घोषणा गरेका कार्यवाहक प्रिमीयर जेम्स मर्लिनोले राज्यभर लागु हुने गरी अत्यावश्यक बाहेकको अवस्थामा घर भित्रै बस्नु नियमको घोषणा गरेका हुन् ।

लकडाउनको पहिलो दिन मानिसहरू केवल अत्यावश्यक सामाग्री खरिद गर्न,खोप लगाउन,व्यायाम गर्न,स्याहार गर्न र अनुमति दिइएका कामका लागि मात्र घर बाहिर जान पाउनेछन् ।

अनुमति दिइएको यात्रा पनि केवल ५ किलोमिटर सम्म मात्र रहेको छ भने एक परिवारबाट एक जना सदस्य मात्र अत्यावश्यक सामाग्रीको खरिदका लागि जान सक्नेछ ।

भवन भित्र र बाहिर फेस मास्कलाई अनिवार्य गरिएको छ ।
Acting Victorian Premier James Merlino addresses the media during a press conference in Melbourne, Thursday, May 27, 2021.Victoria will undergo a 7 day lockdown from 11.59pm tonight until 11.59pm Thursday June 3. (AAP Image/James Ross) NO ARCHIVING
Acting Victorian Premier James Merlino addresses the media during a press conference in Melbourne. Source: AAP
विद्यालयहरू बन्द गरिएका छन् भने क्याफे एवम् रेष्टुरेण्टहरु टेक अवेका लागि मात्र खुलेका छन् ।

गत वर्ष अस्ट्रेलियाकै सबैभन्दा लामो लकडाउन परेको भिक्टोरियामा प्रत्येक दिन सयौँको सङ्ख्यामा सक्रमीत थपिएका थिए ।

१ सय १२ दिन सम्म मेलर्वनबासिहरु घरभित्र बस्न बाध्य बनेका थिए ।

यस अघि जस्तै यस पटक पनि सङ्क्रमण फैलनुमा होटेल क्वारेनटिन जिम्मेवार रहेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

जेनोमिक जाँचका क्रममा भिक्टोरियाको पछिल्लो सङ्क्रमण साउथ अस्ट्रेलियामा क्वारेनटिन बसेका एक भिक्टोरिया बासीबाट सरेको देखिएको छ ।

बिहीबार ११ नयाँ केशहरू पत्ता लाग्दा तिनीहरूको नजिकको सम्पर्कमा आएका मानिसहरूको सङ्ख्या १० हजार भन्दा बढी रहेको बताइएको छ ।

कार्यवाहक प्रिमीयर मर्लिनोले अवस्था “बढ्दो रूपमा अनियन्त्रित” बन्दै गएको बताएका छन् ।

“पछिल्लो समय हामीले भाइरसको अत्यधिक सङ्क्रमित स्ट्रेन,भेरीयन्ट अफ कन्र्सनलाई हामीले झेली रहेका छौ,जुन हामीले रेकर्ड गरे भन्दा तीव्र गतिमा अगाडी बढिरहेको छ ”उनले भने ।

हाल भेटिएको सबै २६ केशमा भारतमा भेटिएको बि.१.६१७ भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
उक्त भाइरसबाट सङ्क्रमित एक व्यक्तिले साधरणतया पाँच जनालाई सङ्क्रमित पार्न सक्ने बताइन्छ ।

अहिले सम्म सङ्क्रमणको जोखिम रहेका एक सय भन्दा बढी स्थानहरूका बारेमा राज्य सरकारले बताइसकेको छ ।

कार्यवाहक प्रिमीयर जेम्स मर्लिनोले लकडाउनका कारण व्यवसायहरूमा असर परेको भन्दै आउँदा दिन सहयोगका बारेमा घोषणा गरिने बताए ।

आज देखि भिक्टोरियामा ४० देखि ४९ वर्ष उमेर समूहका लागि फाईजर खोप उपलब्ध हुने बताइएको छ ।



Share

Published

Updated

Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand