SKIP TO MAIN CONTENT

अपाङ्गता भएका मानिसहरूको लागि के-कस्ता सेवाहरू उपलब्ध छन् त ?

बहु सांस्कृतिक अशक्तता वकालत सङ्घ (एमडीएए) ले अशक्तता रहेका मानिसहरू विभिन्न किसिमका निःशुल्क सहयोग पुर्‍याउँदै आएको छ। यस सन्दर्भमा हामीले एमडीएएमा कार्यरत डोल्मा शेर्पासँग कुराकानी गरेका थियौँ।

Multicultural Disability Advocacy Association, Granville, NSW
Multicultural Disability Advocacy Association, Granville, NSW Source: Supplied

2 min read

Published

By Dinita Rishal



Skip to article content

बहु सांस्कृतिक अशक्तता वकालत सङ्घ (एमडीएए) भनेको के हो ?

एमडीएए अर्थात् एमडा एक गैर नाफामुखी संगठन हो, जसले अशक्तता भएका व्यक्ति तथा उनीहरूका परिवार र स्याहार कर्मीहरूको अधिकार बारे प्रचार प्रसार र सुनिश्चित गर्ने काम गर्दछ।

"हामीले मुख्य रूपमा सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदाय एवं अङ्ग्रेजी मुख्य भाषा नभएका मानिसहरू प्रति केन्द्रित छौँ।", ग्रान्भिल स्थित एमडीएए कार्यालयमा संलग्न डोल्मा शेर्पा बताउँछिन्।

एमडाले प्रदान गर्ने मुख्य सेवाहरू के-के हुन् ?

अशक्तता भएका व्यक्ति र उहाँहरूको परिवार र स्याहार कर्मीहरूको अधिकारको प्रचार गर्नु साथ साथै त्यसको सही उपयोग भएको पनि सुनिश्चित गरिने शेर्पाले बताइन्।

Activities conducted at MDAA for people with disabilities.
Activities conducted at MDAA for people with disabilities. Source: MDAA

सरकार तथा अन्य थुप्रै अशक्तताको क्षेत्रमा काम गर्ने संस्थाहरूले प्रदान गर्ने सेवाका बारेमा मानिसहरूलाई जानकारी दिँदै एमडाले उनीहरूको जीवन स्तरमा सुधार ल्याउन पनि सहयोग गर्छ।

"हाम्रो मुख्य काम भनेको मानिसहरूको अधिकारको लागि वकालत गर्नु हो। घरजग्गा तथा आवास, सेन्टरलिङ्क तथा एनडिआइएसको बारेमा हामीले मद्दत गर्छौँ। "

यसका लागि विभिन्न सङ्घसंस्था, विद्यालय, बालबच्चा हेरचाह केन्द्र, तथा अशक्तता सेवाहरूको मार्फत या व्यक्तिगत रूपमा नै खाँचो परेका मानिसहरूलाई सम्पर्क गरिन्छ।

राष्ट्रिय अशक्तता बिमा योजना (एनडिआइएस) भनेको के हो ?

अस्ट्रेलियाली सरकारले अशक्तता रहेका ६५ वर्ष मुनिका मानिसहरूका लागि राष्ट्रिय अशक्तता बिमा योजनालाई बिस्तारमा अघि सारेको छ। यस योजनाका लागि योग्य हुने मानिसहरूले आफ्ना निजी आवश्यकता अनुसार सरकारको तर्फबाट सहयोग पाउन सक्छन्।

राष्ट्रिय जातीय अशक्तता गठबन्धनले (निडा ) उक्त सुविधाको खाँचोमा रहेका मानिसहरूलाई उपर्युक्त सेवा प्रदायकसम्म पुर्‍याउनका लागि कम्युनिटी कनेक्टर कार्यक्रमको सुचारु गरेको थियो।

एमडाले पनि यस कार्यक्रम मार्फत सांस्कृतिक तथा भाषिक रूपमा विविध पृष्ठभूमिबाट आएका मानिसहरूलाई मद्दत गर्ने गरेको शेर्पाले बताइन्।

centrelink_and_ndis_sign_aap.jpg
Source: AAP

त्यस्तै, आफ्नो वर्तमान योजना अपर्याप्त भएमा या केही असन्तुष्टि भएमा त्यसलाई परिवर्तन गर्ने सुविधा पनि प्रदान गरिन्छ।

'राष्ट्रिय अशक्तता बिमा योजनाका लागि अयोग्य हुनुभएका हरूलाई पनि हामी सहयोग गर्छौँ।', शेर्पाले भनिन्।

जस्तै, यदि कसैलाई गरिबी या शरणार्थी भएका कारण खाद्य सामाग्रीका लागि भाउचर चाहिएको छ भने, हामीले सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गराउँछौँ।'

यस विषयमा मद्दत माग्न आउने नेपालीहरूको सङ्ख्या भने निकै नै कम भएको पनि उनी बताउँछिन्।

'कति जनालाई हामीले र सरकारले प्रदान गर्ने सेवाहरूको बारेमा थाहा हुँदैन। र कतिपय मानिसहरू आफ्नो अशक्तताको बारेमा भन्नलाई अप्ठेरो मान्नेको हो कि जस्तो मलाई लग्यो।'

हालै कोरोना भाइरसका कारण सेवा प्रदान गर्नमा केही वाधा आएको छ ?

भाइरसका कारण भने धेरै मानिसहरूले आफ्नो रोजगार गुमाएका कारण खाद्य सामाग्री भाउचरका लागि आउने गरेको शेर्पाले बताइन्।

र कोभिड-१९ को सङ्क्रमणबाट बच्नका लागि हाल भने फोनमार्फत या अनलाइन जूमको माध्यमबाट ग्राहकहरू सँग कुरा गरिने गरिएको छ।

यसको बारेमा थप जान्न या यी सेवाहरूको खाँचोमा रहेमा एमडाको फेसबुक पेजवेबसाइटमा थप जानकारी प्राप्त गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now