अस्ट्रेलिया बजेट: महामारीबाट प्रतिकूल रूपले प्रभावित महिला र युवालाई रोजगारीमा विशेष जोड

यसपालिको बजेट ३० वर्ष पछि अस्ट्रेलियामा आएको मन्दीका बिच आउने भएकाले सबैको चासोको विषय बनिरहेको छ ।

2020-2021 Budget Papers, NACa Feature, Budget, Economy,

2020-2021 Budget Papers Source: AAP

महामारीबाट प्रतिकुल असर परेका महिला एवम् युवाहरू आज सार्वजनिक हुने बजेटको केन्द्रमा पर्ने बताइएको छ ।

महामारीबाट रोजगारी गुमाएका मध्ये करिब ५० प्रतिशत महिलाहरू रहेका छन्  भने बेरोजगार बनेका पुरुषहरूको सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेका छन् । बजेटले ज्याला अनुदान को रूप रेखा तय गर्ने आशा गरिएको छ । यसले बढी भन्दा बढी व्यक्तिहरुलाइए रोजगारीको अवसर प्रदान गर्नेछ ।

सन् १९८० को मन्दीमा बेरोजगारी दर ६ प्रतिशतमा झार्न करिब ६ वर्ष लागेको थियो, १९९० मा दश वर्ष लागेको थियो, यस पटक हामी छिटो चल्न चाहन्छौ,महिला र युवाहरूलाई रोजगारीमा फर्काउन चाहन्छौ ।

ट्रेजरर जोस फ्राईडनबर्गका अनुसार महिलाहरूलाई रोजगारीका नयाँ क्षेत्रमा अवसर प्रदान गर्न महिला आर्थिक सुरक्षा योजनाको पनि सार्वजनिक गर्ने बताए । अघिल्लो पटकको आर्थिक मन्दीले बेरोजगारदरलाई कम गर्न बाधा पुर्‍याएको पनि बताएका छन् ।

उनी भन्छन् “ सन् १९८० को मन्दीमा बेरोजगारी दर ६ प्रतिशतमा झार्न करिब ६ वर्ष लागेको थियो, १९९० मा दश वर्ष लागेको थियो, यस पटक हामी छिटो चल्न चाहन्छौ,महिला र युवाहरूलाई रोजगारीमा फर्काउन चाहन्छौ । ”

 


Share

1 min read

Published

By SBS News

Presented by Krishna Pokharel

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now