SKIP TO MAIN CONTENT

यसपाली ट्याक्स रिटर्न गर्दा ध्यान पुर्याउन पर्ने मुख्य कुराहरु

ट्याक्स रिटर्न लगत्तै आउने पैसाको प्रलोभनमा परी धेरैले जथाभावी ठाउँमा गई ट्याक्स रिटर्न गर्दा- जालसाजका कारणले नराम्रो दु:ख पाएको सिड्नीका एक कर विशेषज्ञले बताउनु भएको छ।

Tax Time
Tax Time - Australia - wooden letters with tax form, magnifying glass, money and calculator Source: Getty Images

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अहिले ट्याक्स रिटर्न गर्ने समयमा धेरैले जाल साज गरी, मानिसहरूको निजी जानकारी लिँदै, त्यसको प्रयोग गरेको बताइन्छ।

“ट्याक्स रिटर्न गर्ने बेलामा आधिकारिक ठाउँमा जाने, र आधिकारिक हो, हैन भनी बुझ्न कर व्यवसायीहरूको वेबसाइट टिपिभीमा जाने,” सल्लाह दिनुहुन्छ, सिड्नीमा रहनुभएका चूडामणि बेलवासे।

यसकारणले, आफ्ना गोपनीय जानकारीहरू जथाभाबी बाँड्दै नहिँड्न र यस विषयमा चनाखो हुन उहाँ सल्लाह दिनुहुन्छ। 

उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न तलको लिङ्कमा जानुहोस्:

तिरेको करबाट कति रकम फिर्ता आउँछ भन्ने कुरा डिड्क्सनमा भर पर्छ।

गरिरहेको काम र पढिरहेको विषय एकै किसिमको छ भने, त्यसमा डिड्क्सन गर्न मिल्छ।

त्यस्तै, कामको प्रकृतिले गर्दा भनिएको र तोकिएको जस्तो जुत्ता र लुगा किनिएको छ भने त्यो पनि डिड्क्सन गर्न मिल्छ।

सामान्यतः काम र घरको बिचमा गरिने यात्रा खर्च करको पैसाका लागि दाबी गर्न मिल्दैन।

तर यदि दुइटा काम छ भने, एक कामबाट अर्को काममा जाँदा लाग्ने खर्च भने डिड्क्सनमा उल्लेख गर्न मिल्छ, भनी बेलावासे बताउनु हुन्छ।

तपाईँले आफैले ट्याक्स रिटर्न गर्ने हो भने- यही ३१ अक्टोबर महिनासम्ममा आफ्नो आवेदन बुझाई सक्नु पर्छ।

करका लागि यदि तपाईँ दर्ता हुनुभएको छ र गत आर्थिक वर्षमा केही पनि कमाउनु भएको छैन, वा थोरै कमाउनु भएको छ भने पनि तपाईँले ट्याक्स रिटर्न भर्नु पर्ने हुन्छ।

त्यस्तै, आजभोलि धेरैले ए बि एन मार्फत काम गरिरहेका छन्- जस्तै सफाइ कर्मचारीको रूपमा वा उबर चालकको रूपमा।

तर यसरी एबीएनबाट कमाएको पैसा पनि ट्याक्स रिटर्न गर्ने बेलामा जोड्नु पर्ने हुन्छ।

“धेरैजनालाई एबीएन मार्फत कमाएको पैसा अहिले नै बुझाउनु पर्दैन भन्ने भान भएको मैले पाएको छु। तर त्यो गलत हो,” उहाँले भन्नुभयो।

तर अहिले निकै महत्त्वपूर्ण विषय - आफ्नो सूचना गोप्य राख्ने र आधिकारिक व्यक्तिलाई मात्र दिने रहेको छ।

“ट्याक्स अफिसबाटै फोन आएको जस्तो भान हुने गरी, अपराधीहरूले तपाईँबाट सूचना लिन सक्छन्, र त्यसैको आधारमा क्रेडिट कार्ड निकाल्न वा अन्य आर्थिक कारोबार गर्न सक्छन्,” बेलवासेले थप्नुभयो।

अस्ट्रेलियामा हरेक वर्ष गरिनु पर्ने ट्याक्स रिटर्नले- तपाईँको अवस्था अनुसार तिर्नु पर्ने करको रकम छुट्ट्याउन सहयोग गर्छ। तपाईँले यदि बढी कर तिरेको भए फिर्ता आउँछ, कम तिरेको भए उल्टै तिर्नु पर्ने हुन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now