SKIP TO MAIN CONTENT

बेरोजगार अस्ट्रेलियालीहरूलाई क्षेत्रीय फार्महरूमा काम गर्न प्रोत्साहन गर्ने प्याकेज छिट्टै आउने

अस्ट्रेलियाको कृषि क्षेत्रमा देखा परेको श्रम अभाव हटाउने लक्षका साथ मोरिसन सरकारले नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ।

Regional Australia Scott
Prime Minister Scott Morrison at the Chambers Flat Strawberry Farm Source: AAP

2 min read

Published

Updated



Skip to article content

आगामी मङ्गलवार सार्वजनिक हुने आर्थिक वर्ष २०/२१ को सङ्घीय बजेटमा फलफूल तथा तरकारी टिप्न कृषि क्षेत्रलाई सहयोग हुने गरी कार्यक्रम आउने भएको हो।

कोरोनाभाइरस महामारी सुरु भए यता अन्तर राज्य तथा अन्तर्राष्ट्रिय दुवै किसिमका सीमाहरू बन्द रहेका छन् जस कारण अस्ट्रेलियाको कृषि क्षेत्र कामदारका अभावमा प्रभावित बन्दै आएको छ।

रिजनल भनेर बुझिने देशका ग्रामीण तथा क्षेत्रीय भूभागमा गएर कृषिजन्य काम गरे, बेरोजगार अस्ट्रेलियालीहरूलाई आर्थिक प्रोत्साहन प्रदान गरिने योजना सरकारले बनाई रहेको बताइएको छ।

David Littleproud
Agriculture Minister David Littleproud has warned backpackers they will be deported if they break social distancing protocols while working on farms Source: Getty Images

कृषि मन्त्री डेभिड लिटलप्राउडले बेरोजगार अस्ट्रेलियालीलाई फलफूल र तरकारीहरू टिप्ने कामलाई "एक मौका" दिन आह्वान गरेका छन्।

"त्यसैले हामी केही उपायहरूबारे काम गरिरहेका छौँ जुन जबसीकरमा र युवा भत्ता पनि पाउने अस्ट्रेलियालीहरूलाई प्रोत्साहन गर्ने गरी चाँडै नै घोषणा गर्न सकिन्छ" उनले सिड्नी मर्निंग हेराल्डलाई बुधवार भने।

सरकारले घोषणा गर्न तयारी गरिरहेको उपायहरूमा, कल्याणकारी भत्ता प्रापकहरूलाई उनी हरले खाई पाई आएको सरकारी अनुदान प्रभावित हुनु अघि, पाक्षिक रूपमा ३०० डलरसम्मको थप अतिरिक्त कमाई गर्न मिल्न सक्ने व्यवस्था रहेको बताइएको छ।

साथै, राष्ट्रिय दैनिक दि अस्ट्रेलियनका अनुसार भने ब्याकप्याकरहरू, प्रशान्त महासागरमा रहेका टापुबाट आउने र अन्य मौसमी कामदारहरूले फसल काट्ने अवधिका लागि अस्ट्रेलियामा बस्न भिसा थप्न सक्नेछन्।

काम र घुमघाम दुवै गर्न अनुमति रहेको वर्किङ होलिडे भिसाका हकमा पनि केही छुट दिन सकिने अनुमान छ।

हाल ३० वर्ष उमेर पुगेका र केही सीमित राष्ट्रका नागरिकहरूका लागि मात्र खुल्ला सो भिसामा पनि सानोतिनो परिवर्तन हुन सक्ने बताएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या र तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now