Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई

Six people were charged in relation to the alleged robbery at a jewelry store in Chermisde, Queensland.

A screenshot from body cam footage provided by Queensland Police. Six people were charged in relation to the alleged robbery at a jewelry store in Chermisde, Queensland. Credit: Supplied/Queensland Police

गए दुई महिनाको अवधिमा क्वीन्सल्यान्ड तथा न्यु साउथ वेल्समा गरेर कूल चारवटा नेपाली पसलहरूमा कथित चोरी र लुटपाटका घटनाहरू भएका छन्। यसै क्रममा गत जुन १० मा ब्रिस्बेनको चर्म्साइड स्थित एक गहना पसलमा भएको कथित लुटपाटको घटनामा सामेल भएको आशङ्कामा क्वीन्सल्यान्डको राज्य प्रहरीले एक १६ वर्षीय किशोरसहित ६ जनालाई आफूहरूले पक्राउ गरेको बताएको छ। नेपाली गर-गहना बेचबिखन हुने उक्त पसलको लुटपाटमा संलग्न अर्का एक २१ वर्षीय पुरुषको भने खोजी अझ जारी नै रहेको प्रहरीको भनाई छ। यदि कसैसँग घटना अगि वा पछिका कुनै ड्याशक्याम वा सिसिटिभी फुटेज भएमा क्वीन्सल्यान्ड प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ। यसै गरी सिड्नीमा एक नेपालीको मोबाइल पसलमा गत जुलाई ८ मा भएको कथित चोरीको घटनामा संलग्न भएको हुनसक्ने भनिएका एक ५२ वर्षीय पुरुषलाई न्यु साउथ वेल्सको राज्य प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now