स्थानीय कच्चापदार्थबाट बनेका सामाग्री प्रयोगका लागि कानून निर्माण लगायत माग राख्दै अनसनमा बसेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र नेपाल सरकारबिच केही दिन अगि सैद्धान्तिक सहमति भएको छ। ओली सरकारले ४५ दिनभित्र उक्त सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता गत आइतवार, अगस्ट ३ मा गरेको हो। त्यसभन्दा अगि आइतबार, जुलाई २७ देखि भने मेयर भट्टराई सत्याग्रहमा बसेका थिए। आफ्ना माग सम्बोधन नभएको भन्दै उनले आन्दोलनको स्वरूप बदलेका थिए तर पछि स्वास्थ्य समस्या देखिएको भन्दै उनलाई बुधवार, जुलाई ३० मा अस्पताल लगिएको थियो। उनी अस्पताल भर्ना हुनु अगि, मङ्गलवार २९ जुलाईमा मेयर तीर्थराज भट्टराईसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





