११ वर्षिया बालिकाको बलात्कारपछि हत्या र पूर्व भ्रष्टाचार आयुक्त माथि भ्रष्टाचारको आरोप: गत ७ दिन नेपालमा

Allegation of corruption against anti corruption commissioner in Nepal.

Allegation of corruption against anti corruption commissioner in Nepal. Source: HT

धनुषामा एक ११ वर्षिया बालिकाको गतसाता बलात्कारपछि हत्या गरिएको प्रहरीको भनाइ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व आयुक्त बारे छानविन। गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।


बलात्कारपछि बालिकाको हत्या: प्रहरी

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ११ वर्षिया एक बालिकाको गतसाता बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलवार आरोपी पक्राउ गरेको हो।

उक्त बालिकाको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा भेटिएको थियो।

आरोपीले ती बालिकालाई चकलेट र फ्रुटि खानदिने लोभ देखाएर लगेर बलात्कार गरेको प्रहरीले बताएको छ। ती बालिका गाउँमा भएको बिहे भोजमा गएकी थिइन्।

अख्तियारले थाल्यो पाठक घुस प्रकरणको अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनारायण पाठकसंग बयान लिन थालेको जनाएको छ। आफ्नै पूर्व आयुक्त बारे छानविन गर्न मिल्ने नमिल्ने बारे अख्तियारले महान्यायधिवक्ताको कार्यालयसंग परामर्श गरेपछि यस्तो निष्कर्समा पुगेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए।

महान्यायधिवक्ताकोकार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोही अनुसार अगाडि बढाउन सक्ने राय दिएको हो।
"आयोगका तीन सदस्यीय अनुसन्धान टोली गठन गरेर अनुसन्धान सुरु गरिएको छ। अनुसन्धान गर्नेबारे हामीले विभिन्न सरोकारवाला निकायसंग परामर्श गरेका थियौं," प्रवक्ता दङ्गालले बताए।
अख्तियारका तत्कालिन आयुक्त पाठकले भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसंग पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको थियो। त्यसलग्तै उनले अख्तियारका आयुक्तको पदबाट राजिनामा दिएका थिए।

वरिष्ठ न्यायाधीश जोशीले दिए राजिनामा

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मंगलवार राजिनामा दिएका छन्। संसदीय सुनुवाइ समितिले उनलाई प्रधानन्यायाधीशमा 'अयोग्य' ठहर गरेको थियो।उनी त्यसपछि सर्वोच्च अदालतको वरिष्ड न्यायाधीशको रुपमा काम गरिरहेका थिए।

चोलेन्द्र समशेर राणा प्रधानन्यायधीश भएपछि उनले जोशीलाई कुनै पनि जिम्मेवारी दिएका थिएनन्।

पछिल्लो केहि समय भने उनी बिदामा बसेका थिए। जोशीले प्रधानन्यायाधीश चोलेनद्रसमशेर राणामार्फत मंगलवार देखिनै लागू हुने गरी राष्ट्रपती समक्ष राजीनामा दिएका हुन्। 

लिफ्ट चुँडिदा दुईको मृत्यु

वीर अस्पतालको लिफ्ट बिहीवार राती चुँडिदा लिफ्ट भित्र रहेका मध्ये दुई जनाको मृत्यु भएको छ।

अस्पतालको सर्जिकल भवन निर्माणका क्रममा लिफ्ट ओभरलोड हुँदा चार तलाबाट खसेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै एकजनाको स्थिति गम्भिर रहो बताइएको छ।

भवनको सामान ओसार्ने लिफ्ट चुँडएको हो। तेस्रो तलाबाट पाँचौं तलामा सामान लाने क्रममा लिफ्ट सिधै बेसमेन्टमा पुगेर खजेको थियो।

प्रजातन्त्र दिवस मनाइयो

विभिन्न कार्यक्रम गरेर ६९औं प्रजातन्त्र दिवस मनाइयो। यसै क्रममा सँधाझै टुँडिखेलमा सरकारका प्रमुखहरु उपस्थित भएर एउटा कार्यक्रम आयोजना गरियो।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशले काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केहि नकारात्मक प्रवृत्ति प्रितिविम्बित भएको बताए।

"यस्ता कतिपय गतिविधि निन्दनीय छन्। यस्ता गतिविधिहरु आपराधिकसमेत छने जस सह्य हुँदैन," उनले भने।
Democracy day observed in Kathmandu.
Democracy day observed in Kathmandu. Source: RSS
सरुवापछि सचिवको आरोप

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई गतसाता जगेडामा सरुवा भयो। त्यस लगत्तै उनले  खानेपानी मन्त्री बिना मगरले इटालियन कम्पनी सीएमसीलाई फेरी ल्याउन खोजेको तर आफूले त्यसमा साथ नदिने बताएपछि सरुवा गराइएको आरोप लगाए।

"मन्त्रीज्यूले सीएमसीलाई नै मेलम्चीमा फर्काउन चाहनु भएको छ।तर मैले त्योकाम गर्न नसकेर र आफ्नै कामदारलाई तलब नदिएको कम्पनीलाई फिर्ता बोलाउनु हुन्न भने त्यसैले मेरो सरुवा भएको हो," सचिव ठाकुरले बताए।

तर सचिवको आरोपको मन्त्री मगरले खण्डन गरेकी छन्। सचिव ठाकुरले लागएको आरोपबारे प्रतिकृया माग्दा मन्त्री मगरको जवाफ थियो, "कुरा त्यस्तो होइन, अहिले कुनै व्यक्ति वा कम्पनी महत्पूर्ण होइन प्रमुख कुरा भनेको मेलम्चीको पानी समयमै वितरण गर्न।"

मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिसकेको सरकारले बताउँदै आएको छ। तर पछिल्ला दिन आयोजनाको ठेक्का लिएको कम्पनी सीएमसीले बीचमै काम छाडेपछि काम अघि बढ्न सकेको छैन।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand