SKIP TO MAIN CONTENT

रसुवाको बाढीमा २४ घण्टा सङ्घर्ष गरेर बचेका आशिष नेपालको कथा अस्ट्रेलियामा रहेका भाइबाट

Sarthak Nepal says his experience Nepal says the experience has highlighted the pain faced by families who remain separated from loved ones during disasters.
Sarthak Nepal says his experience has given him a deeper understanding of the pain families endure when they are separated from their loved ones during disasters. Source: SBS

हाल अस्ट्रेलियामा रहेका अर्थोपेडिक सर्जन सार्थक नेपालले रसुवाको बाढीबाट २४ घण्टा पछि उद्धार गरिएका आफ्ना दाइले यस बिचमा भोगेका चुनौतीबारे एसबीएस नेपालीलाई बताएका छन्।


Published

Source: SBS



Skip to podcast episode content

हाल अस्ट्रेलियामा रहेका अर्थोपेडिक सर्जन सार्थक नेपालले रसुवाको बाढीबाट २४ घण्टा पछि उद्धार गरिएका आफ्ना दाइले यस बिचमा भोगेका चुनौतीबारे एसबीएस नेपालीलाई बताएका छन्।


रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत दाइ केही समय सम्पर्कविहीन भएपछि परिवारमा बढेको चिन्ता, एसएमएसमार्फत सुरक्षित रहेको खबर र त्यसपछि मात्र थाहा भएको २४ घण्टाको सङ्घर्षबारे सार्थक नेपालले एसबीएस नेपालीसँग अनुभव सुनाएका छन्। दाइ काठमाडौँसम्म सुरक्षित आइपुगे पनि विपद्मा ज्यान गुमाउने र अझै सम्पर्कविहीन रहेकाहरूको पीडा आफूले बुझेको नेपाल बताउँछन्। साथै विदेशमा रहेका नेपालीले परिवारका सदस्य विपद्मा पर्दा भोग्ने मानसिक तनाव र फ्रन्टलाइनमा खटिनेहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now