SKIP TO MAIN CONTENT

‘१६ घण्टाले मात्र बाँचियो!’: कैलाश मानसरोवर जाँदै गरेकी सिड्नीकी एक नेपाली महिलाको अनुभव

TOP PICS - Aerial View Shows Flood Devastation Along Bhotekoshi River in Nuwakot Nepal
August 28, 2026: An aerial view shows the aftermath of massive flooding along the Bhotekoshi River, which affected low-lying areas and settlements near the riverbanks in Nuwakot, Nepal. Source: AAP / AP Tolang/Nexpher Images/Sipa USA

नेपालमा बुधवार, २६ अगस्टमा गएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७०० नाघेको र हजारौँ मानिस अझै बेपत्ता रहेको समाचार तयार पारिएको समयसम्म बताइएको छ। बेपत्ता हुनेमा अस्ट्रेलियन नागरिकको सङ्ख्या ४३ पुगेको अस्ट्रेलियाका विदेश मामिला सम्बन्धी सङ्घीय सहायक मन्त्री म्याट थिस्टलवेटले सोमवार, ३१ अगस्टमा जानकारी दिएका छन्। नेपालमा रहेका परिवारजनको अवस्था र पछिल्लो स्थितिबारे अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा बुधवार, २६ अगस्टमा गएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७०० नाघेको र हजारौँ मानिस अझै बेपत्ता रहेको समाचार तयार पारिएको समयसम्म बताइएको छ। बेपत्ता हुनेमा अस्ट्रेलियन नागरिकको सङ्ख्या ४३ पुगेको अस्ट्रेलियाका विदेश मामिला सम्बन्धी सङ्घीय सहायक मन्त्री म्याट थिस्टलवेटले सोमवार, ३१ अगस्टमा जानकारी दिएका छन्। नेपालमा रहेका परिवारजनको अवस्था र पछिल्लो स्थितिबारे अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now