बस दुर्घटनामा १४ को मृत्यु र क्रिकेटमा नेपाललाई एक दिवसीय मान्यता - गत ७ दिन नेपालमा

Bus crash in Palpa left 14 dead.

Bus crash in Palpa left 14 dead. Source: RSS

पाल्पामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु; दुई उपप्रधानमन्त्री थप र नेपाल आईसीसीको वान डे वरीयतामा - यी हुन् गत ७ दिनका नेपालका केहि प्रमुख समाचार |


पाल्पामा सडकबाट बस खस्दा १४ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । शुक्रबार सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको लु२ख ९७५ नम्बर बस रम्भा४ धारादीमा सडकबाट १ सय ५० मिटर तल खस्दा नौ जना घाइते भएका थिए ।

दुर्घटनालगत्तै ११ जनाको घटनास्थल र तीन जनाको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो।

घाइतेहरुको मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका काठमाडौं प्रजिअ विष्णुप्रसाद ढकालले बताएका थिए।

... 

Nepal's finance minister Yuvaraj Khatiwada before presenting the government's annual budget
Nepal's finance minister Yuvaraj Khatiwada before presenting the government's annual budget Source: RSS

१३ खर्ब १५ अर्बको बजेट

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्। मंगलबार संसद्को बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५०७६ को बजेट सार्वजनिक गरेका थिए ।

चालू आर्थिक वर्षमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ ।

आगामी वर्षदेखि घरबहाल र घरजग्गा कर र सवारीसाधन नवीकरणलगायतबाट संकलन भएको ३१ अर्ब रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक उत्पादनबाट संकलन हुने अन्तःशुल्कको राजस्व प्रदेश र स्थानीय तहले उठाएर बाँडफाँट हुनेछन् ।

बजेटमा आर्थिक वृद्धि दर भने ८ प्रतिशत पुग्ने लक्ष्य लिइएको छ। त्यस्तै रोजगारी सिर्जना, मानव विकास, प्राविधिक शिक्षा र पूर्वाधार क्षेत्रको विकासमा जोड दिइएको छ । रोजगारी सिर्जना गर्न र स्वरोजगारीको विकास गर्न विभिन्न कार्यक्रमहरु ल्याएका छन् ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसाय सञ्चालन गर्न च्यालेन्ज फन्डव्यवस्था गरिएको छ। यसमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितोमा ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरिएको छ ।

त्यस्तै बजेटमार्फत सबै बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔंअभियान सञ्चालनको घोषणा गरेको छ । सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा पुर्याउने घोषणा गरेको छ।

...

President Bidhya Devi Bhandari swearing in two new deputy prime ministers in Ishwar Pokharel and Uprendra Yadav.
President Bidhya Devi Bhandari swearing in two new deputy prime ministers in Ishwar Pokharel and Uprendra Yadav Source: President's office

दुई उपप्रधानमन्त्री थपिए

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उपप्रधानमन्त्रीको सपथ लिएका थिए।

फोरम अध्यक्ष यादव स्वास्थ्यमन्त्री समेत भएका छन्।

त्यस्तै मोहम्मद इश्तियाक राई र गोकुल बाँस्कोटाले मन्त्रीको सपथ लिएका छन् । संघीय फोरमका राई सहरी विकास र बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा सपथ लिएका थिए । यो सँगै मन्त्री परिषद २४ सदस्यीय भएको छ।

...

नेपाल आईसीसीको वान डे वरीयतामा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको छ । शुक्रबार आईसीसीले प्रेस विज्ञप्तीमार्फत नेपालसहित युएई, नेदरल्यान्ड्स र स्कटल्यान्डलाई जुन १ देखि लागू हुने गरेर वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको थियो ।

औपचारिक रूपमा वान डे नखेलेको नेपालले, अब भने अंकसहित वरीयतामा देखिनेछ।

आईसीसी वलर््ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर नेपालले वान डे मान्यता पाउन सफल भएको थियो। यो सँगै वान डे वरीयतामा १५ टिम समावेश भएका छन् । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ।

Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018.
Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018. Source: Paras Khadka

...

कैद मिनाहपछि बालकृष्ण ढुंगेल रिहा

सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सँजाय सुनाएका नेता बालकृष्ण ढुंगेल सरकारको सिफारिसमा रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि मंगलबार ढुंगेल डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा गत कात्तिक १४ मा पक्राउ परेका उनले यसअघि जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सँजाय भोगेका थिए ।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now