SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स निर्वाचन: औपचारिक प्रचार अभियान सुरु

Labor Michael Daley and Premier Gladys Berejiklian
Labor Michael Daley and Premier Gladys Berejiklian Source: AAP

न्यु साउथ वेल्समा आगामी मार्च २३ मा हुने चुनावका लागि सत्ताधारी लिबरल गठबन्धन र विपक्षी लेबर पार्टी दुवैले आ-आफ्ना औपचारिक प्रचार अभियान सुरु गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

न्यु साउथ वेल्समा आगामी मार्च २३ मा हुने चुनावका लागि सत्ताधारी लिबरल गठबन्धन र विपक्षी लेबर पार्टी दुवैले आ-आफ्ना औपचारिक प्रचार अभियान सुरु गरेका छन्।


आइतबार, १० मार्चमा पश्चिम सिड्नीको पेनरिथमा वर्तमान र पूर्व लिबरल प्रधानमन्त्री सहित पूर्व प्रिमियरहरुको पनि उपस्थितिका माझ प्रिमियर ग्ल्याडिस बेरेजिक्लियनले आफ्नो सरकारको सफलता र नीति बारे चर्चा गरेकी थिइन।

सोही दिन सिड्नीको दक्षिण-पश्चिममा रहेको रिभ्सबी नामक सबर्बमा विपक्षी लेबर पार्टीका नेता माइकल डेलीले आगामी चुनावमा मतदाताहरूले आफ्नो पार्टीलाई किन चुन्ने बारे आफ्ना समर्थकहरूलाई बताएका थिए।

प्रिमियर ग्ल्याडिस बेरेजिक्लियनले आफ्नो सरकारको संरचना निर्माण सम्बन्धी कामहरूको बचाव गर्दै, सार्वजनिक यातायात को क्षेत्रमा पनि आफ्नो पार्टीले लेबर भन्दा धेरै राम्रो काम गरेको जोड दिएकी थिइन।

गए केही समय यता सिड्नीमा दुई प्रमुख रङ्गशालाहरूलाई भत्काएर नयाँ बनाउने राज्य सरकारको निर्णय प्रति व्यापक विरोध हुँदा बेरेजिक्लियनले चाहिँ आफ्नो सरकारको कामको बचाव गरेकी छन्।

विशेष गरी भत्काउन पर्ने अवस्थामा नरहेका रङ्गशालाहरूलाई भत्काउनुको सट्टा राज्यका स्कुल र अस्पतालहरूका लागि उक्त पैसा खर्च गर्न उपयुक्त हुने लेबर पार्टीको भनाइ रहेको छ।

Allianz stadium
Lendlease has agreed not to undertake hard demolition work until after a February 20 court hearing. (AAP) Source: AAP

तर हिजोको कार्यक्रममा प्रिमियरले आगामी चुनाव पछि आफ्नो सरकार पुनः सत्तामा फर्किए स्कुल सुरु हुनु अगाडी र सकिए पछि हाल प्रदान गरिने विद्यार्थी स्याहार सेवाहरूका लागि थप लगानी गर्ने बाचा गरिन।

“बिहान ७ बजे देखि बेलुकाको ६ बजेसम्म स्कुले स्याहार सेवा उपलब्ध गराइने छ”, उनले बताइन।

त्यस्तै सिड्नीको नयाँ विमानस्थल सम्म पुराउने एक नयाँ रेल सेवाको लागि आफ्नो सरकारले २ अर्ब डलर सम्मको पनि लगानी गर्ने उनको भनाइ थियो।

अर्को तर्फ न्यु साउथ वेल्सका विपक्षी लेबर पार्टी नेता माइकल डेलीले चाहिँ आम मतदाताहरूलाई आफ्नो सरकारले प्राथमिकतामा राख्ने बाचा गरे।

Federal Labor leader Bill Shorten speaks during the NSW Labor Party election campaign launch in Revesby in southwest Sydney.
Federal Labor leader Bill Shorten speaks during the NSW Labor Party election campaign launch in Revesby in southwest Sydney. Source: AAP

आफ्ना सङ्घीय लेबर समकक्षी बिल शर्टनको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा उनले झन्डै तीन अर्ब डलर लगानीका साथ राज्यमा रहेका सम्पूर्ण सरकारी स्कुलहरूको सुधार गर्ने लगायत सरकारी अस्पतालहरूमा रहेका मानसिक स्वास्थ्य नर्सहरूको सङ्ख्या पनि बढाउने उनले बताए।

प्रिमियर बेरेजिक्लियनले खालि धनी मानिसहरूका लागि मात्र काम गरी रहेको आरोप लगाउँदै उनले सरकारले सिड्नीका दुई ठुला रङ्गशालाहरूलाई भत्काएर फेरी बनाउने निर्णय गर्नु पनि त्यसको उदाहरण भएको डेलीले बताए।

“साथीहरू हामीले यो चुनाव जित्न सक्छौँ। लिबरल र न्याशनल पार्टीहरूले नगरेको काम हामीले गर्दैछौं, हामीले न्यु साउथ वेल्सका बासिन्दाहरूको आवाज सुनिरहेका छौँ। हामीले रङ्गशालालाई भन्दा स्कुल र अस्पतालहरूलाई अगाडी राखेका छौँ”, उनले भने।

सोही कार्यक्रममा उपस्थित सङ्घीय लेबर नेता बिल शर्टनले पनि माइकल डेलीको समर्थनमा बोल्दै उनी एक असल र मानिसहरूको सहयोग गर्न प्रतिबद्ध रहेको व्यक्ति भनी बताए।

साथै लिबरल र न्याशनल पार्टीद्वारा न्यु साउथ वेल्समा गरिएका कामले पनि आगामी चुनावमा मतदाताहरूले लेबर पार्टीलाई किन चुन्ने बारे प्रस्ट पारेको उनले बताए।

अर्को तर्फ ग्लड़िस बेरेजिक्लियनल को औपचारिक प्रचार अभियान सुरु गर्न आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री स्कट मरिसनलाई बोल्न नदिनु - लिबरल पार्टीका केही सदस्यहरूले उनलाई नपत्याएको कारण भएको भन्ने भनाइहरू गलत भएको - मरिसन आफैले प्रस्ट पार्ने प्रयास गरेका छन्।

तर उनले चाहे राज्यमा होस् वा सङ्घीय स्तरमा होस् - लेबर सरकारले काम गर्न नसक्ने कुरा प्रस्ट रहेको जोड दिए।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now