काठमाडौँ झडपमा २३ घाइते र १७४ महिला र बालिकाहरुको उद्धार- गत ७ दिन नेपालमा

Nepali politicians, rights activists, writers and actors came together in Kathmandu to show support for Dr Govinda KC on Saturday 21 July 18.

Nepali politicians, rights activists, writers and actors came together in Kathmandu to show support for Dr Govinda KC on Saturday 21 July 18. Source: Supplied

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले नयाँ बानेश्वरमा निकालेको प्रदर्शनमा झडप हुँदा २३ जना घाइते र माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट १७४ जना नेपाली महिला, युवती र बालिकाहरुको उद्धार


बानेश्वर झडपमा २३ जना घाइते

विगत २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले नयाँ बानेश्वरमा निकालेको प्रदर्शनमा झडप हुँदा २३ जना घाइते भएका छन् ।

झडपमा २१ जना प्रर्दशनकारी र दुई जना प्रहरीसमेत घाइते भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिएका थिए। झडपमा परेर गम्भिर घाइते बिनोद महर्जनको ट्रमा सेन्टर र अरुहरुको सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् ।

नयाँ बानेश्वरबाट सुरु भएको प्रर्दशनमा सहभागि तरुण दलका कार्यकर्ताहरु माईतीघर मण्डलातर्फ जाँदै गर्दा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो ।

झडपलगत्तै प्रहरीले प्रर्दशनकारीलाई लक्षित गरेर लाठी चार्ज र करिव दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो भने प्रर्दशनकारीले प्रहरीहरुलाई ढुंङगा प्रहार गरेका थिए।

घटनालगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तत्काल डा. केसीको माग सम्बोधन नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।

त्यस्तै तरुण दलको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षपको कांग्रेसले भत्र्सना गरेको छ । 

..

डा.केसीको माग पूरा नभए देशमा आगो बल्छ ः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले आयोजना गरेको प्रदर्शन कार्यक्रमको कोण सभामा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । 

आम नागरिकको माग पूरा गरेर जीवन बचाउनु सरकारको कर्तव्य भएको समेत उनले उल्लेख गरेकी थिइन् ।

माइतीघर मण्डलाबाट निस्केको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अभिनेत्री मनिषा कोइराला लगायत सहभागि भएका थियो ।

Dr Govinda KC being brought to Kathmandu.
Dr Govinda KC being brought to Kathmandu. Source: Supplied

डा. केसीलाई तानाशाही शैलीमा काठमाडौं ल्याइयो 

चिकित्सा शिक्षा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा अनशनरत डा. गोविन्द केसीलाई सरकारले जवरजस्ती काठमाडौं ल्याएको छ।

अनशनले गलेका केसीलाई जवरजस्ती बिहीबार अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर नेपाली सेनाको हेलिकप्टरबाट राजधानी ल्याइएको थियो । 

एक्कासी डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउन कर्णाली अस्पताल पुगेका प्रहरीले प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स, प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र सर्वसाधारणमाथि अन्धाधुन्ध लाठी चार्ज गरेका थिए ।

प्रहरीसँगको झडपमा परेर ४० भन्दा बढी डा. केसीका समर्थकहरु घाइते भएका थिए। आक्रामक शैलीमा अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोड समेत गरेका थिए ।

..

धरानका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ। दुवै मृगौला फेलियर भएपछि प्रत्यारोपण गरिएको ५२ वर्षीय मेयर सुब्बालाई निमोनियाको इन्फेक्सन भएको थियो।

विगत दुई सातादेखि उनलाई आइसियूमा राखिएको थियो। उनी तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए।

..

पूर्वी नाकाबाट एक सय ७४ नेपाली चेलीको उद्धार

मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक सय ७४ जना नेपाली महिला, युवती र बालिकाहरुको उद्धार गरेको छ।

विगत ६ महिनामा मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा नाकाबाट उनीहरुको उद्धार गरिएको माइती नेपालले जानकारी गराएको थियो ।

मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गरिरहेको छ ।

सन् २०१७ को जनवरीदेखि जुनसम्ममा मात्र माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टामा महिला हराएको ८६ वटा घटना दर्ता भएका थिए।

यसलगत्तै खोजी कार्य बाट ३० जना फेला परेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए।

त्यस्तै पशुपतिनगर नाकाबाट एक सय ९५ जनालाई भारत जानबाट रोकेका थिए भने १८ जनाको उद्धार गरेको थियो। जोगवनी नाकामा एक सय २० जनालाई रोकिए भने चार जनाको उद्धार गरिएको थियो। 

..

बढ्यो इन्टरनेट शुल्क

आर्थिक वर्ष २०७५र०७६ को सुरुवातसँगै सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ।

सूचना प्रविधिलाई सस्तो बनाउने आफ्नै प्रतिवद्दताको प्रतिकूल हुनेगरी सरकारले यस्तो कर कार्यान्वयनमा ल्याएको हो।

आर्थिक वर्षको २०७५र७६ को पहिलो दिन मंगलबार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले १३ प्रतिशत सेवा शुल्क थप भएको सूचना आफ्ना ग्राहकलाई पठाएका थिए ।

नेपाल टेलिकम र एनसेललगायतका सेवा प्रदायकले सरकारले निर्धारण गरेको शुल्क वृद्धि कार्यान्वयनमा आएको एसएमएसमार्फत जानकारी गराएका थिए । यसअघि इन्टरनेटमा सेवा शुल्क लाग्दैनथ्यो भने भ्वाइस सेवामा ११ प्रतिशतमात्र सेवा शुल्क लाग्ने गरेको थियो।

अब ग्राहकहरुले १३ प्रतिशत सेवा शुल्क जोडेर पुनः १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिर करिव १४ प्रतिशत बढी रकम तिनुपर्नेछ। 

..

Nepali Cricketer Shakti Gauchan speaking to SBS Nepali.
Nepali Cricketer Shakti Gauchan speaking to SBS Nepali. Source: S. Dhungana

शक्तिले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । पहिलो वान डे खेलमा सहभागि हुन युरोप जानुअघि बुधबार आयोजित बिदाइ कार्यक्रममा क्रिकेटर शक्ति गौचनले यस लगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने जानकारी गराएका थिए ।

नेदरल्यान्ड्सविरुद्ध हुने नेपालको पहिलो वाने डेमा उनी सहभागि हुनेछन् ।

उनले पहिलो ओडीआई खेलेर संन्यास लिन पाउँदा निकै भाग्यमानी महशुस गरेको प्रतिक्रिया दिएका छन् । सन् २००२ मा ओमानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले, नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक एक हजार रन पूरा गरेका थिए ।

आफ्नै पहलमा रूपन्देहीमा क्रिकेट एकेडेमी संञ्चालनमा ल्याएका उनले घरेलु क्रिकेटलाई भने निरन्तरता दिनेछन् । 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now