२३ नेपालीले पाए अस्ट्रेलियाली छात्रवृत्ति र ५२ पदका लागि उपनिर्वाचन सम्पन्न: गए ७ दिन नेपालमा

Australia Award scholarship winners from Nepal.

Australia Award scholarship winners from Nepal. Source: Australian Embassy, Kathmandu

२३ जना नेपालीले पाए अस्ट्रेलियामा अध्ययन गर्न छात्रवृत्ति र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिवार उप-निर्वाचन सम्पन्न। यी लगायतका नेपालका गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


अर्घाखाचीमा बस दुर्घटना

अर्घाखाचीको नरपानीस्थित सातामाटाको साँघुरो घुम्तीमा बस दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु २ ख २१४८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा १७ को घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बसधनी र चालकसँगै सात महिला र १२ पुरुष छन ।

बस सडकबाट करिब अढाई सय मिटर तल खसेर दुई टुक्रा भएको छ । भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका थिए ।
Argakhanchi Nepal bus crash
At least 17 people were killed after a bus crashed in Agrakhanchi, Nepal. Source: RSS

२३ जनालाई अस्ट्रेलिया स्कलरसिप अवार्ड

यस बर्ष २३ जना नेपालीले अस्ट्रेलियामा अध्ययन गर्न छात्रवृत्ति पाएका छन । अस्ट्रेलिया सरकारको छात्रवृत्तिमा आगामी बर्ष देखि उनीहरुले अध्ययन गर्न पाउनेछन । अस्ट्रेलिया अवार्ड स्कलरसिप नामक यस छात्रवृत्तिमा १४ जना सार्वजनिक सेवामा काम गर्ने कर्मचारी१३ महिला र एकजना अपागता भएका व्यक्ति छानिएको नेपालस्थित अस्ट्रेलियाली दुतावासद्धारा जारि विज्ञप्तिमा उल्लेख छ ।

छात्रवृत्ति पाएनेहरु सबै प्रतिष्पर्धि छनौट प्रक्रियाबाट छानिएका हुन र उनीहरुले नेपालको बिकासमा सकारात्मक योगदान पर्याउनेछन,’ नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडको भनाइ विज्ञप्तिमा उल्लेख छ ।

५२ पदका लागि निर्वाचन

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार उप निर्वाचन भएको छ । प्रतिनिधिसभाको रिक्त रहेको कास्की, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा उपनिर्वाचन भयो ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन सम्पन्न भयो ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिका एवं गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत मतदान भयो ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ बाट निर्वा्चित तत्कालीन एमाले नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

निर्वाचनका क्रममा पोखरामा दुइ ठाउमा बम बिस्फोट भए पनि निर्वाचनमा यसले कुनै प्रभाव पारेन ।

प्रदेशसभातर्फ भक्तपुर १(क) बाट निर्वा्चित हरिशरण लामिछाने र बागलुङ २(ख) बाट निर्वा्चित टेकबहादुर घर्तीमगर तथा दाङ ३(ख) बाट निर्वा्चित सदस्य उत्तरकुमार वलीको निधनका कारण ती स्थानमा उपनिर्वाचन हुँदैछ । लामिछाने र वली एमालेबाट र घर्ती जनमोर्चाबाट विजयी भएका थिए ।
Nepal Election Commission Media center
Nepal Election Commission Media center Source: NEC Facebook

प्रधानमन्त्री खतरामुक्त

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । उहाले खाना खान थाल्नु भएको छ,’ उनले भनिन ।

चिकित्सकहरुका अनुसार उनलाई उपचारका लागि अस्पताल लानु अघि नै संक्रमण पेटभरी फैलिएको थियो । समयमा उपचार भएकाले सब ठिक भएको उनीहरुको भनाइ छ । प्रधानमन्त्री मिर्गौलामा समस्या देखिएपछि डायलसिस गराइ रहेका थिए । त्यहि बीचमा उनलाई एपेन्सिाइटिसको अप्रेसन गर्नु परेको थियो ।

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा. सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ । उनीहरुका अनुसार एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जाने सम्भावना छ ।
PM KP Sharma Oli was admitted to hospital.
PM KP Sharma Oli was admitted to hospital. Source: Facebook

नेपाल कम्युनिष्ट पार्टि भित्रको राजनीति

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघि भने नेपाल कम्युनिष्ट पार्टि भित्रको राजनीति भने गर्माएको थियो । पार्टिको सचिवालय वैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिएको थियो ।

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको कार्य्विभाजनमा प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिनेविषय रहेकाको थियो ।

त्यसपछि उत्साहित भएका प्रचण्डले पार्टिलाई बलियो बनाउदै अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

तर, प्रधानमन्त्रीको गत सोमबार कान्तिपुर टेलिभिजनमा आएको पछिल्लो अन्तर्वार्ताले दाहाल झस्किएको उनी निकटहरु वताउछन ।

प्रधानमन्त्री ओलीले कान्तिपुर टीभीलाई दिएको अन्तर्वार्तामा भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुवै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय उहाँ (दाहाल) हुनुहुन्छ । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थें, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु ।

प्रधानमन्त्री ओली केहि समय उपचारका लागि अस्पतालमै रहने हुदा यो बिषयमा थप छलफल तत्काल हुने भने देखिदैन । तर प्रधानमन्त्री ओली राजनीतिमा सक्रिय हुन थालसंगै दुइ अध्यक्षबीचको सम्बन्ध भने कसरी अगाडि बढने छ त्यो चाहि हेर्न बाकि नै छ । 

Nepal Communist party leader Pushpa Kamal Dahal.
Nepal Communist party leader Pushpa Kamal Dahal. Source: Getty

फर्जि हस्ताक्षरबाट ३० लाख लुट

एक गिरोहले फर्जि हस्ताक्षर गरेर अर्काको बैंक खातामा रहेको रकम लुटेका छन । उनीहरुले दुइ बैंकबाट करिब ३० लाख रुपैया लुटेका छन ।

प्रहरीका अनुसार उनीहरुले जनता बैंकबाट १९ लाख ९९ हजार रुपैया लुटेका छन भने मुक्तिनाथ बिकास बैकबाट १० लाख निकालेका छन । यसमा संलग्न ६ जनालाई प्रहरीले हिरासतमा लिइसकेको छ । यसमा अन्यको पनि संलग्नता रहेको आकलन गरिएको छ ।

प्रहरीले बैकका केहि अधिकारीहरुमाथि पनि निगरानी बढाएको छ । पक्राउ परेका लुटेराहरुसंग अन्य बैंकको चेक र करिब २ सय ५० थान नागरिकताको फोटोकपी समेत भेटिएको प्रहरीले जनाएको छ ।

साग आइतबार देखि

आइतबार काठमाडौंमा दक्षिण एसियाली खेलकुद सागको उदघाटन भएको छ । नेपालमा २० बर्षपछि साग आयोजना भएको हो ।

काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

राष्टिय खेलकुद परिषदका अनुसार सागमा सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी भएका छन । नेपालबाट सर्वा्धिक ५ सय ९४ खेलाडीले सहभागिता जनाएका छन । त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरि एक सय ८६ पनि सहभागित छन ।

यसअघि १९९९ मा भएको आठौं सागमा नेपालले ३१ पदक हात पारेको थियो ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand