Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एकै दिनमा २४ नेपाली फुटबल टोलीहरूको घम्साघम्सी

Expert Education Cup

5th edition of the Expert Education Cup is starting from January 20 in Sydney. Source: Facebook/TRC

२४ फुटबल टिमहरूको सहभागिताका साथ तामाङ रिक्रियशनल क्लबद्वारा यही जनवरी २० मा पाँचौँ 'एक्सपर्ट एजुकेसन कप २०१९' आयोजना हुने भएको छ। नेपाली समुदायमा रहेका फुटबल खेलाडी र खेल प्रेमीहरूलाई एकै स्थानमा उपस्थित गराउने उद्देश्यका साथ यो टुर्नामेन्टको आयोजना गरिएको क्लबले जनाएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


२४ फुटबल टिमहरूको सहभागिताका साथ तामाङ रिक्रियशनल क्लबद्वारा यही जनवरी २० मा पाँचौँ 'एक्सपर्ट एजुकेसन कप २०१९' आयोजना हुने भएको छ। नेपाली समुदायमा रहेका फुटबल खेलाडी र खेल प्रेमीहरूलाई एकै स्थानमा उपस्थित गराउने उद्देश्यका साथ यो टुर्नामेन्टको आयोजना गरिएको क्लबले जनाएको छ।


खेलका बारेमा थप जानकारीका लागी आयोजक टोलीका ज्ञानक वाइबासँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्।

एक दिनमा २४ वटा टिमहरू को खेल हेर्न सकिने टुर्नामेन्टमा सहभागिता जनाउन २२ वटा टिमहरू निश्चित भइसकेको र बाँकी २ टिम छनौट गर्न जसले पहिले आवेदन हाल्छन् उनीहरूलाई प्राथमिकता दिने आयोजकको भनाइ रहेको छ। 

 

आयोजक टोलीका ज्ञानक बाइबाले २२ वटा टोलीले दर्ता रकम तिरिसकेको बताएका छन् भने अर्को एक टोलीको आवेदन आए पनि दर्ता भइसकेको छैन।

बाइबाले आयोजक तामाङ रिक्रियशनल क्लबको १० औँ वर्षगाँठ भएकाले यो पटक केही विशेष प्रस्तुतिका साथै पुरस्कार राशि पनि बढाइएको बताएका छन्।

विशेष प्रस्तुति के रहन्छ भन्ने बारेमा अहिले नै केही खुलासा नगरे पनि छिट्टै यसबारेमा जानकारी दिइने बताएका छन्। 

 

उनका अनुसार ६५० दर्ता रकम तिरेर खेलमा सहभागिता जनाउन सक्ने फुटबल टोलीहरूले टुर्नामेन्ट जितेको खण्डमा ३ हजार डलर पुरस्कार राशि पाउने छन्।  

 

त्यस्तै उपविजेतालाई १हजार ५ सय डलर पुरस्कार दिइने प्रारम्भिक निर्णय भए पनि यो रकममा थपघट हुने उनले बताए। 

 

समुदायबाट आयोजना हुने कुनै पनि खेलकुद मध्ये सबैभन्दा बढी मानिसहरूको उपस्थिति यस टुर्नामेन्टमा हुने बाइवाको दाबी छ। 

"दर्शक, स्वयंसेवक, आयोजक, खेलाडी र समर्थक गरी एक हजार भन्दा बढी मानिसहरूको आवतजावत हुने यो टुर्नामेन्ट कुनै पनि आयोजकहरूका लागि सबैभन्दा ठुलो हुनेछ।"

यसभन्दा अगाडी दुईवटा मैदानमा खेल गराउने गरिएको भए पनि यो पटक भने तिन वटा मैदानको प्रयोग गरिने पनि उनले जानकारी दिए। 

 

एक म्याचदेखि अर्को म्याच सम्म खालि समय धेरै भएका टिमहरूलाई तेस्रो मैदानमा उतारिने छ। यस्तो गर्दा प्रत्येक समूह चरणको खेल १५ मिनेटको हुनेछ। 

 

अबर्नको वेभ्स एभिन्युमा हुने टुर्नामेन्टमा पहिलो खेल बिहान ८ बजे हुनेछ भने कार्यक्रमको अन्त्य साँझ ६ बजे सम्ममा गरेर विजेता, उपविजेता, उत्कृष्ट खेलाडी र किपरलाई पुरस्कृत गरिनेछ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now