भक्तपुर डुबानमा तीनको मृत्यु र गंगामायाले तोडिन ४५ दिने अनशन - गत ७ दिन नेपालमा

Flash floods in Bhaktapur, Nepal after heavy rainfall. 11 June 2018.

Flash floods in Bhaktapur, Nepal after heavy rainfall. 11 June 2018. Source: RSS

अविरल वर्षाका कारण डुबानमा परेको भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु र छोराको हत्यारालाई कारबाहीको माग राख्दै विगत ४५ दिनदेखि अनशनरत गंगामाया अधिकारीले शुक्रबार अनशन अन्त्य | यी हुन् गत ७ दिन का नेपालका केहि मुख्य समाचार |


भक्तपुर डुबानमा

बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका थिए ।

उनका अनुसार चाँंगुनारायण नगरपालिकाको अस्थायी टहरामा बस्दै आएका हीरा लामादान माया र सम्पदा लामाको मृत्यु भएको थियो ।
वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएपछि भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्र डुबानमा परेको थियो । अस्थायी टहरा बसोबास गरिरहेका भूकम्प पीडितहरु बाढीको जोखिममा परेका थिए ।
स्थानीय अस्पतालहरु डुबानमा परेपछि आकस्मिक र नियमित सेवा अवरुद्ध भएका थिए। त्यस्तै गृह मन्त्रालयले दिएको जानकारी अनुसार शनिबारसम्ममा देशभर आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने १२ जना बेपत्ता भएका छन् ।

..

Gangamaya Adhikari ending her 45 day hunger strike, demanding justice for her son's killers.
Gangamaya Adhikari ending her 45 day hunger strike, demanding justice for her son's killers. Source: RSS


 

गंगामायाले अनशन तोडिन

छोराको हत्यारालाई कारबाहीको माग राख्दै विगत ४५ दिनदेखि अनशनरत गंगामाया अधिकारी शुक्रबार अनशन तोडेकी छन् ।

सरकारले लिखित रुपमा यसअघि गरेको सम्झौताहरु लागू गर्ने उल्लेख गरेपछि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस पिएर अनशन तोडेकी थिइन् ।

सरकारको लिखित पत्र बोकेर वीर अस्पताल पुगेका कानून मन्त्री शेरबहादुर तामाङले गंगामायासँग गरेको वाचाहरु पुरा हुने बताएका थिए ।

उनले हत्यामा संलग्न हाल आयरल्याण्डमा रहेका अभियुक्त रुद्र आचार्यजानुका पौडेलभिमसेन पौडेल र परशुराम पौडेललाई झिकाइ अदालतको आदेश बमोजिम थुनामा राखी कानुनी कारबाही अघि बढाउनेशिक्षण अस्पतालमा रहेको उनका पति नन्दप्रसाद अधिकारीको शवलाई सम्मानसहित दाहसंस्कारको व्यवस्था गर्नेगंगामायाको बसोबास र जिवन यापनको व्यवस्था गर्ने जानकारी गराएका थिए ।

सम्झौता पालनाका लागि गंगामायाका तर्फबाट केही अधिवक्ता र मानव अधिकारवादी तथा सरकारका तर्फबाट कानून र गृह मन्त्रालयका अधिकारीहरुसहितको समिति बनाउने सम्झौतामा उल्लेख गरिएको थियो ।

सरकारले आफ्ना माग दश दिनमा पुरा नगरेफेरि अनशनमा बस्ने गंगामायाले जनाएकी थिइन् ।

..

Supporters of Dr Gobinda KC demanding government meet his demands.
Supporters of Dr Gobinda KC demanding government meet his demands Source: Supplied


चिकित्सा शिक्षा पानी जहाज जस्तो होइन ः गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएका थापाले डा.गोविन्द केसीले जनताका लागि लडिरहेको उल्लेख गरेका थिए ।

सरकारले ल्याएको विधेयक पास हुने हो भने २० वटा मेडिकल कलेज काठमाडौंमा खुल्ने र विशेषज्ञ डाक्टरहरु काठमाडौं छाडेर जिल्ला नजाने उनको तर्क थियो।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनले गुणस्तर कायम गर्न नसके नेपालीहरु घरबार बेचेर उपचारकै लागि विदेश जानुपर्ने अवस्था आउन सक्ने बताएका थिए।
..

श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार

श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ कायम गरिएको छ। आगामी साउन १ देखि लागू हुने गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबीचको वार्तापछि श्रमिकहरुको न्यूनतम पारिश्रमिक १३ हजार चार सय पुर्याइएको थियो ।
नयाँ श्रम ऐनले कामदारको सामाजिक सुरक्षालाई अनिवार्य गरेकाले अबदेखि हरेक रोजगारदाताले सञ्चय कोष, उपदान र सामाजिक सुरक्षा भत्ता बेहोर्नु पर्नेछ।
त्यस्तै चाडपर्वका बेला एक महिना बराबरको तलब, वर्षमा १८ दिन नियमित र १२ दिन बिरामी बिदा तथा दुर्घटना बिमा अनिवार्य गरिएको छ। हाल श्रमिकको न्यूनतम पारिश्रमिक ६ हजार दुई सय पाँच रुपैयाँ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले हाल निर्धारण गरिएको तलब अहिलेसम्मको उच्च भएको बताए। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा एक करोड २५ लाख श्रम गर्ने जनशक्ति छ।

..

विदेशी पाइलट लिँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । स्वदेशी पाइलट लिने नीति भए पनि क्षमतायुक्त पाइलटहरुको अभावमा विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने जानकारी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले गराएका थिए ।

उनका अनुसार हाल १२ थान जहाजलाई अधिकतम उडानमा प्रयोग गर्न स्वदेशी पाइलटबाट मात्र सम्भव भएकाले विदेशी पाइलट करारमा भर्ना गर्न लागिएको हो ।
विदेशी पाइलटहरुले मासिक १२ लाखदेखि १८ लाखसम्म पारिश्रमिक पाउने उनले उल्लेख गरेका थिए ।
निगमसँग हाल १२ जहाज र ८८ पाइलट छन् । निगमले तीन सातापछि ल्याउन लागेको वाइड बडी जहाज थपिएपछि १३ जहाज उडाउन १ सय १६ जना पाइलट चाहिने जानकारी उनले गराएका थिए । यसका लागि २८ जना पाइलट अपुग भएकाले सकेसम्म स्वदेशी र नभए विदेशीलाई करारमा लिने उनले बताए।

..

प्लेअफमा सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपाली क्रिकेटर सन्दीप लामिछानेले ग्लोबल टी२० क्यानडा प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ खेलमा ३ विकेट लिएका छन् । मंगलबार उनको उत्कृष्ट प्रदर्शनसँगै मोन्ट्रियल टाइगर्सले शीर्ष स्थानको वेस्ट इन्डिज बीलाई ६ विकेटले पराजित गर्न सफल भएको थियो।

विभिन्न ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा वेस्ट इन्डिज बीशीर्षस्थान र मोन्ट्रियल पुछारमा रहेको थिए ।
प्लेअफमा उत्कृष्ट प्रर्दशन गरेपनि सन्दीपको मोन्ट्रियल प्रतियोगिताको शीर्ष चारमा भने पर्न सकेन् ।
सन्दीपले खेलमा ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए । वेस्ट इन्डिज बीले निधारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रनमात्र बनाएको थियो । म्यान अफ द म्याच सुनील नारिन घोषित भएका थिए ।

मोन्ट्रियलसँग ४० हजार डलरमा अनुबन्धित भएका सन्दीपले प्रतियोगिताको ५ खेल खेल्दै ८ विकेट लिएका थिए।

..


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
भक्तपुर डुबानमा तीनको मृत्यु र गंगामायाले तोडिन ४५ दिने अनशन - गत ७ दिन नेपालमा | SBS Nepali