३५ हजार व्यक्ति बेचिए: मानव अधिकार आयोग
नेपालमा करिब ३५ हजार मानिस बेचबिखनमा परेको राष्ट्रिय मानव अधिकार आयोगले यो साता सार्वजनिक गरेको एउटा प्रतिवेदनले देखाएको छ।यस्तै करिब १५ लाख मानिस बेचबिखनको जोखिममा रहेको बेचबिखन सम्बन्धि राष्ट्र प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनका अनुसार बयस्क मनोरन्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारिमा १२ हजार, निकृष्ट बालश्रममा१२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी करिब ३५ हजार व्यक्ति बेचबिअनमा परेका हुन्।
"मानव बेचबिख यस्तो अपराध हो जसले मानिसको स्वतन्त्रता पूर्वक हिँड्डूल गर्ने अधिकरको अहनन गर्छ। यो विश्वव्यापी साझा समस्या हो र यसलाई निर्मूल पार्न सबैको प्रयास जरुरी छ," प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले भने।
आयोगले मनव बेचबिखन विरुदधका संयन्त्र अन्योलग्रस्त एवं सहायता विहिन अवस्थामा रहेको पनि जनाएको छ। पीडितहरूको न्याय पहुँचमा चाहिँ अघिल्ला वर्षका तुलनामा केहि सधार आएको देखिएको प्रतिवेदनले जनाएको छ।

Anuradha Koirala (left) helps trafficked Nepali women. (Photo by Jonas Gratzer/Getty Images) Source: Getty Images AsiaPac
हट्यो प्रतिनिधिसभाको अवरोध
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनाता पार्ट्रि (राजपा) नेपालले सर्लाही घटनाको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान छाडेपछि प्रतिनिधसभाको करिब एक महिना देखिको अवरोध हटेको छ।
विशेष समिति गठन गर्ने मध्यमार्गी विकल्पमा दलहरूबीच सहमति भएका हुन्।
नेत्र विक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरी इन्काउन्टरमा मृत्यु भएको विषयको अनुसन्धान गर्न संसदीय छानबिन समिति बाउनुपर्ने अडान कांग्रेसले राख्दै आएको थियो।
यस्तै सडक प्रदर्शनका क्रममा सरोजनारायण सिंह मारिएको घटना बारे पनि छानबिन गर्न समिति गठन गर्न पर्ने माग राखिएको थियो भने राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको थियो।
सभामुख कृष्ण बहादुर महराको मध्यस्ततामा दुवै पक्ष विशेष समिति गठन गर्ने मध्यमार्गी विकल्पमा सहमत भएपछि अवरोध खुलेको हो।
सुन सहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्ताष्ट्रिय विमानस्थल भन्सारले एक जना चिनियाँ नागरिकलाई अवैध सुन सहित पक्राउ गरेको छ।
हङ्कङ्कबाट आइतबार राती काठमाण्डू आउँदै गरेका चिनियाँ नागरिक ली निक जलाई भन्सार जाँचका क्रममा चार किलो सुन सहित पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए।
ठाकुरका अनार २३ वर्षीय लीले एक केजी तौलका चार टुक्रा सुन लगेजभित्र कपडाको पेटीमा लुकाएर सुन छिराउन खोजेको अवस्थामा भेटिएको हो।
नागरिकता खारेजमा नाम जोडिएकोमा महतोको आपत्ति
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आठ जना भारतीयकले लिएको नागरिकता सरकारले खारेज गरेको जनाकारी दिँदा सरकारका प्रवक्ताले त्यस मध्ये एक जना राजेन्द्र महतो भएको बताएको विषयमा आपत्ति जनाएका छन्।
संसदमा विशेष समय लिँदै उनले नाम, ठेगाना आदी विवरण नखुलाइ राजेन्द्र महतोको नाम मात्र उल्लेख गरेर सरकारले आफ्नो बारे भ्रम पारेको आरोप लगाए।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आठ जनाको नगरिकता खारेज गरेको विषयमा जानकारी दिँदा ती व्यक्तीहरूको नाममात्र उल्लेख गरेका थिए।तर उनले राजपा नेता महतो भने बताएका थिएनन्।
संसदमा महतोले आफ्नो नागरिकता वदर गरिएको समाचार आएको भन्दै त्यस प्रति आपत्ति जनाए र भने, "नाम ठेगाना केहि नहुने अनि व्यापक प्रचार हुने राजपा अध्यक्षको नागरितका बदर भनेर समाचार आउने। यो भ्रमको खेती गर्न खोजेर के गरेको हो सरकारले?"

Rajendra Mahato Source: Kris Dulal (Creative Commons)
सत्यनिरुपण आयोग बारे सत्तारूण दलका सासंद शर्माको चासो
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का सासंद जनार्दन शर्माले दवान्दवकालीन घटनाको समाधान गर्न बनेका दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छनाविन गर्न बनेको आयोगका पदाधिकारी नियुक्तिमा ढिला भएको र त्यसले दवन्दव पीडितलाई न्याय दिन कठिन भएको विषय संसम उठाएका छन्।
यी दुई आयोगले आफ्ना काम नसक्दासम्म शान्ति प्रकृयाले पूर्णता नपाउने पनि उनले बताए।
"आयोग गठन नहुँदा पीडितहरूले न्याय पाइरहेका छैनन् र उनीहरद्ये उठाउने जिज्ञासाको जवाफ दिने अवस्था समेत छैन," उनले भने।
सरकारले पूर्व प्रधानन्यायधीस ओमप्रकास मिश्रको अध्यक्षतामा चार महिना अघि आयोग पदाधिकारी नियक्ति सिफारिस समिति गठन गरेको थियो।
नेपाली स्याटलाईटको विवरण संकलन संयन्त्र बनेन
नेपालले आफ्नो पहिलो स्याटलाईट अन्तरिक्षमा पठाएको डेढ महिना बितिसक्यो। निकै तामझामका साथ प्रचार प्रसार गरेर लन्ज गरिएको उक्त स्याटलाइटले अन्तरिक्षमा गरेर आफ्नो काम गरिरहेको छ।
तर स्याटलाइटबाट प्राप्त विवरण संकल गर्ने र त्यसलाई विश्लेषण गर्ने ग्राउन्ड स्टेसन भने निर्माण हुन सकेको छैन।
ग्राउन्ड स्टेसनको बिना स्याटलाइटले पठाएको विवरण प्रयोग गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

NepaliSat-1 in the center is Nepal's first satellite to be sent to space. (Photo:Birds 3 Satellite Project) Source: Birds 3 Satellite Project
ललिपतुर महानगरपालिकाले किन्यो ब्रुमर
ललितपुर महानगरपालिकाले दुईवटा ब्रुमर खरिद गरेको छ। यसअघि एउटा ब्रुमर खरिद गरिसकेको महानगरपालिकाले ललितपुरलाई स्मार्ट सिटी बनाउनका लागि थप ब्रुमर खरिद गरेको जनाएको छ।
"हामी ललितपुरलाई स्मार्ट सिटी बनाउँछौं र त्यसका लागि यो पनि एउटा महत्वपूर्ण पक्ष हो," मेयर चिरिबाबु महर्जनले भने।
यसअघिको ब्रुमरले समस्य दिएका कारण नयाँ खरिद गरिएक महानगरपालिकाका अधिकरीहरूले बताए।
नेपाली पनि कम्जोर
चारवटा प्रदेशका विद्यार्थीहरु नेपाली भाषामा समेत कम्जोर रहेको पाइएको छ। शिक्षा मन्त्रालय अन्तर्गत रहेको शैक्षिक गुणस्तर परीक्षा केन्द्रले गरेको एउटा अध्ययनले यस्तो देखाएको हो।
केन्द्रले देभरका विभिन्न १५सय विद्यालयका कक्षा पाँचमा अध्ययनरत करिब २८ हजार विद्यार्थिमा गरेको अध्ययनले विद्यार्थीहरूले राष्ट्रिय औसत अंक समेत ल्याउन नसकेका हुन।
प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विद्यार्थीले औसत अंक समेत ल्याउन नसकेका हुन्।
'प्रमको आफ्नै खर्चमा उपचार'
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै खर्चमा स्वास्थ्य परिक्षण गर्न सिंगापुर गए गएका सरकारका प्रवक्त एवं संचारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन्।
"प्रधानमन्त्री आफ्नै खर्चमा स्वास्थ्य परिक्षण गर्न जानुभएको हो। उहाँको आउने जाने प्लेन खर्च सरकराले व्यहोर्छ। उपचारमा लाग्ने सबै खर्च उहाँ आफैँले व्यहोर्नुहुन्छ।" मन्त्री बाँसकोटाले भने।
सरकारले यसो भनिरहँदा प्रधानमन्त्री स्वास्थ्य परिक्षणका लागि विदेश गएको तर जनताको स्वास्थ्यमा असर पारिरहेको तरकारी तथा फलफूलमा प्रयोग भएको विषादी बारे सरकार गम्भिर "विषादीयुक्त खानेकुरा खाएपछि विरामी भइन्छ भन्ने थाहा छ। प्रधानमन्त्री ज्यू तपाई विरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ तर हामी जनता विरामी भए सिटामोल खान पाउँदैनौं।" सासंद शीले भनिन्,"हामी बाँचेनौ भने तपाइको रेल र पानी जहाज कसले चढि दिन्छ।"
प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, निजि चिकित्सक दिव्या सिंह शाह लगायत नौ सदस्य रहेका छन्।