६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर
Source: Stock photo
Published 8 March 2022 at 11:09am
By Sunita Pokharel
Source: SBS
Mum माने आमाको छैठौँ भागमा मेलबर्न निवासी पारु सापकोटाले आफ्नो बच्चामा अटिज्म डाइग्नोसिस भएपछिका आफ्ना अनुभवहरू बाँडेकी छन् भने आफ्नो बच्चामा अटिज्मको आशंका लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छन्। अटिज्म स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रुपमा काम गरि सकेकी र अस्ट्रेलियामा पनि सोहि विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Published 8 March 2022 at 11:09am
By Sunita Pokharel
Source: SBS
Share