हेलिकप्टर दुर्घटनामा ७ को मृत्यु
हेलिकप्टर दुर्घटनाम परि मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको उनकै गृह जिल्ला कास्किमा शुक्रबार अन्तिम संसकार गरिएको छ।
मन्त्री अधिकारी सहित अन्य ६ जना चढेको हेलकप्टर बुधबार ताप्लेजुङ्कको फुङ्लिङ्कमा दुर्घटना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थलो तेह्रथुममा निर्माण गर्ने भनी प्रस्ताव गरिएको चुहानडाँडा विमानस्थलको निरीक्षण गर्न उनी त्यहाँ पुगेका थिए। त्यहाँबाट उक्त टोली त्यही क्षेत्रको प्रसिद्ध मन्दिर पाथिभराको दर्शन गर्न गएको थियो। मन्दिरबाट काठमाण्डू फर्कन विमान चढेको एक मिनेटमै विमान दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन्।
मन्त्री अधिकारीलाई प्रभावशाली युवा नेताको रुपमा लिइन्थ्यो। विद्यार्थी छँदा देखिनै उनी राजनीतिमा सक्रिय थिए। प्रविण गुरुङ्क हत्या काण्डको विरुद्धमा बोल्ने मध्ये उनी पनि थिए।
पछिल्लो समय भने नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानमा भएको अनियमितताको प्रकरणमा उनी पनि संलग्न भएको भनि संसदको लेखा समितिले गठन गरेको एउटा उपसमितिले ठहर गरेको थियो। उक्त विषय माथि अख्तियार अनुसन्धान आयोगले छनाविन गरिरहेको छ।
मन्त्री अधिकारी सहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सिभिल इन्जिनियर ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र हेलिकप्टरका चालक प्रभाकर केसीको निधन भएको हो। शुक्रबार राजधानीमा उनीहरुको सम्मानमा श्रद्धानजली कार्क्रम आयोजना गरिएको थियो।

Nepal's tourism minister Minister Rabindra Adhikari died in a helicopter crash. Source: Twitter
विमान दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन तर उक्त दुर्घटना भएकै दिन गृममन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदिले भनेका थिए, "दुर्घटना के कारणले भएको थियो त्यो एकिन भइसकेको छैन। तर हामीलाई प्राप्त प्रारम्भिक विवरण अनुसार उडान भर्दा मौसम खराब थियो र त्यो पनि एउटा कारण हुनसक्छ।"
उक्त दुर्घटनापछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको थियो र बिहिबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएको थियो। हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाउने अधिकारी पहिलो मन्त्री भने होइनन्। करिब १३ वर्षअघि ताप्लेजुङमा नै भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन राज्यमन्त्री सहित २४ जनाको ज्यान गएको थियो।
यसैबीच नागरिक उड्डयन मन्त्री चढेकै हेलिकप्टर दुर्घटना हुनुले नेपाली आकाश कत्तिको सुरक्षित रहेको विषयले फेरी चर्चा पाएको छ। उडान सुरक्षा सम्बन्धि सबै खाले मापदण्डहरु पालना नहुँदा यस्ता खाले घटना दोहोरिने गरेको नागरिक उड्डयन प्राधिकरणकाका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर भन्छन्,"हामीले सिकेका सुरक्षा उपायहरु व्यवहारमा लागू गर्न सकेका छैनौं। यस्ता दुर्घटना हुन नदिनकै लागि हो त्यी सुरक्षा उपायहरु अपनाउनु पर्ने।
दार्जुलामा जीप दुर्घटना
ठूलो हवाई दुर्घटना भएकै साता सुदुर पश्चिममा एउटा जीप दुर्घटना भएको छ। शुक्रबार भएको उक्त जीप दुर्घटनामा पनि ११ जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ भने चालकको अवस्था गम्भिर भएको र उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ।
खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको जीप करिब ५०० मिटर तल महाकाली नदिमा खसेको थियो।
त्रिभुवन विमानस्थलमा पार्किङ स्थाल निर्माण थपिदैँ
यसैबिच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा देखिएको समस्या हल गर्नका लागि विमानस्थलको धावनमार्गबाट पूर्वतर्फ तीनवटा नयाँ पार्किङ थप्न लागिएको अधिकारीहरुले बताएका छन्।
हाल पार्किङक अभावका कारण उडान तथा अवतरणका बेला जहाज होल्ड गर्नुपर्ने समस्या बढ्दै गएको छ। विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार आगामी दुई महिना भित्र पार्किङक थप्ने काम सकिने छ। उनका अनुसार न्यारोबडी जहाजका दुईवटा र एटीआर ७२ क्षमताका जहाजका लागि पार्किङ्क स्थाल निर्माण गरिन लागेको हो।
प्रधानमन्त्रीको चासो

Source: SBS/Smriti Dhungana
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र भूमिसुधार मन्त्रालयका कामबारे चासो दिएका छन् ।
गत साता उनले कृषि मन्त्रालय र भूमिसुधार मन्त्रालयका मन्त्रीहरु सचिवहरु सहसचिवहरु र आयोजना प्रमुखहरुसंगको छलफल कार्यक्रममा यस्तो स्वदेशी उत्पादा वस्तु नरुचाइएका कारण कृषि बालिमा डोजर लगाउनुपर्ने अवस्था आएको बताए, "हाम्रो उत्पादनले हामीलाई खान पुग्ने अवस्था अझै छ तर हाम्रो बानी राम्रो नभएकोले हामीलाई समस्या परेको हो। यसका लागि हामीले कृषिलाई आधुनिकिकरण गर्नुको अर्को विकल्प छैन।"
उनले कृषिजन्य समाग्रीमा भएको बढ्दो व्यापार घाटाको विषय पनि उठाएका थिए। यस आर्थिक करिब २३ अर्ब रुपैयाँ बरारबारको चामल आयात भएको छ।
नेपाली महिला टोली फर्क्यो
थाइल्याण्डमा सम्पन्न आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसिया छनोटको उपविजेता बनेर नेपाली टोली बिहिबार स्वदेश फर्किएको छ। प्रतियोगिताको नियम अनुसार शतप्रतिशत जीत निकाल्ने टोलीमात्र छानिने भएकाले उक्त निमय अनुसार आयोजक थाइल्याण्ड छनोट भयो। प्रतियोगितामा नेपाल सहित सात राष्ट्र सहभागि भएका थिए।
नेपालले थाइल्याण्ड बाहेक अन्य सबै राष्ट्र विरुद्धका खेलमा विजयी भएको थियो। यस्तै कप्तान रुबिना क्षेत्रीले एउटा खेलमा ह्याट्रिक पनि लिएकी थिइन्।
थाइल्याण्डबाट फर्केपछि पत्रकारहरुसंग कुरा गर्दै कप्तान क्षेत्रीले प्रतियोगिताको समिक्षा गर्दै भनिन्, "छनोट हुन नसकेकोमा दुख लागेको छ। तर जुन टिम छनोट भयो त्यो हामीभन्दा अझै पनि १० प्रतिशत जति बलियो छ। त्यसैले अबका दिनमा हामीले अझ मिहिनेत गर्नुपर्ने छ। अन्य खेलामा हामीले राम्रो प्रदर्शन गरेका थियौं जनु हाम्रा सकारात्मक पक्ष हुन्।"
दाइजोका कारण आत्महत्या

Source: Twitter
दाइजोका कारण पर्साकी एक जना किशोरीले हात्महत्या गरेकी छन्। केहि समय यता उनको घरमा विवाहको कुरा चल्न थालेको तर सबै तीरबाट दाइजोको माग आउने गरेको लालसाकुमारी बिनाका अभिवावकले बताए।
दाइजोकै कारण टिकाटालो भएर पनि एकपटक उनको विवाह रद्ध भएको त्यस र पछि चलेको कुरामा पनि केटापक्षबाट दाइजो माग भएपछि उनले आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गएको एक महिनामा यसरी दाइजोकोका कारण महिलाले आत्म हत्या गरेको यो दोस्रो घटना हो।
अख्तयारले झासँग लियो बयान
अख्तियार दुरुपयोग आयोका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ खला रुपैयाँ घुस लिएको प्रकरणको अनुसन्धान आफैँले थालेको अख्तियारले उक्त प्रकरणमा भरिया बनेका भनिएका राष्ट्रिय जनता पार्टिका नेता ज्ञानेन्द्र झासँग बयान लिएको छ।
आयोगले शुक्रबार उसकै कार्यालयमा झासँग लिखित बनाय लिएको जनाएको छ। बयान लिनेकाम अझै नसकिएको आयोगका अधिकारिहरुले बताएका छन्।
भक्तपुर इञ्जिनियरिङ कलेजकव विवाद सल्टाइदिने भन्दै पाठकले ७८ लाख घुस लिएको कथित भिडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए।