अस्ट्रेलियामा रही चिनिया कम्युनिस्ट पार्टीको विरुद्ध आवाज उठाउने केही चिनिया विद्यार्थी र शिक्षाविद्हरू अप्ठेरो परिस्थितिमा रहेको मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले बताएको हो।
लोकतन्त्रवादी कार्यकर्ता बोनी वङ (नाम परिवर्तन गरिएको) हङकङ अस्ट्रेलिया आएकी हुन्।
उनी युनिभर्सिटी अफ क्विन्सल्यान्डमा पढ्दै छिन्, र बेजिङले हङकङमा गर्दै आएका कार्यहरूको बारेमा सक्रिय रूपमा आवाज उठाउने गर्छिन्।
तर यसले आफूलाई जोखिममा परेको उनले मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचलाई बताइन्।
आफू हङकङ फर्किएमा गम्भीर परिणाम भोग्नु पर्ने उनी बताउँछिन्।
यसले गर्दा उनको परिवार पनि खतरामा परेका छन्।

तर हङकङका बासिन्दाहरूले आवाज उठाउन बन्द नगर्ने, उनी बताउँछिन्।
उनी भन्छिन्, माथि हरेक समय कसैले निगरानी गरिरहेका हुन्छन्।
एक पटक एक लोकतन्त्रवादी विरोध कार्यक्रममा भाग लिँदा, बेजिङ को समर्थन गर्ने केही विद्यार्थीहरूले उनको फोटो खिचेर, अधिकारीहरूलाई देखाउनका लागि सामाजिक सञ्जालमा राखेको उनले बताइन्।

अस्ट्रेलियाली विश्वविद्यालयहरू कसरी विद्यार्थी र शिक्षाविद्हरूको स्वतन्त्रतालाई जोगाउन असफल रहेको भनी रिपोर्टले दर्साएको छ।
बेजिङ र चिनिया सरकारका समर्थकहरूले प्रजातन्त्रवादी समर्थकहरूलाई तर्साउने र धम्काउने कार्यहरू गरेको यस अध्ययनले पत्ता लगाएको छ।
सोफी मक्निल यस रिपोटकी लेखक हुन्।
विश्वविद्यालयहरूले यी समस्याहरू प्रति ध्यान नदिएको, र यसको बारेमा खुलेर कुरा नगरिने उनी बताउँछिन्।

कतिपय अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियामा असुरक्षित महसुस गर्ने बताएको, थुप्रैले यस्ता दुर्व्यवहारको बारेमा आफ्नो विश्वविद्यालयमा गुनासो नगरेको सोफी बताउँछिन्।
आधा भन्दा बढीले आफ्नो पहिचान लुकाउन थालेको, र डरका कारण चीनका बारेमा सत्य तथ्य कुराहरू पनि नभन्ने गरेको वङले बताइन्।
ह्युमन राइट्स वाचको यस रिपोर्टको लागि चीन र हंगकंगबाट अस्ट्रेलिया आएका २४ जना प्रजातन्त्रवादी विद्यार्थी, र अस्ट्रेलियाली विश्वविद्यालयहरूका २२ जना शिक्षाविद्हरूको अन्तर्वार्ता लिएको थियो।
एक जना विद्यार्थीलाई ट्विटरमा खाता बनाएर त्यसमा प्रजातन्त्रवादी सन्देशहरू पोस्ट गरेकोमा चिनिया अधिकारीहरूले जेलको धम्की दिएका थिए।

अर्का एक विद्यार्थीले बताए कि, उनले अस्ट्रेलियामा छँदा एक पटक आफ्ना कक्षाका अन्य विद्यार्थीहरूको अगाडी प्रजातन्त्रको पक्षमा बोलेका थिए, र चीन फर्किए पछि चिनिया अधिकारीहरूले उनको पासपोर्ट जफत गरेर राहेका छन्।
हरेक प्रजातन्त्र वादी विद्यार्थीलाई यो डर छ कि, यहाँ अस्ट्रेलियामा छँदा बोलेका कुराहरूले उता चिनिया अधिकारीहरूले उता चीनमा उनीहरूको परिवारलाई सोधपुछ गरिरहेको या सजाय दिइरहेको हुन सक्छन्।
अस्ट्रेलियामा हंगकंगको एक प्रजातन्त्रवादी प्रदर्शनमा भाग लिएकी चीनकी एक महिला विद्यार्थीले आफ्नो बयानमा यसो भनेकी छिन् कि, आफूलाई चीनको समर्थन गर्ने विद्यार्थीले निगरानी गरेको धम्की दिएका थिए।
यस्तो धम्की र त्रास देखाउने व्यवहार देखाउने समूहको सङ्ख्या कम रहेको, तर सक्रिय रहेको, र सबै चिनिया विद्यार्थीहरू यस्तो नहुने पनि रिपोर्टले बताएको छ।

तर अस्ट्रेलियाली विद्यार्थीहरूले यस विषयमा आवाज उठाउनु पर्ने मक्निल बताउँछिन्।
वङले आफ्नो विश्वविद्यालय युनिभर्सिटी अफ क्विन्सल्यान्ड इमेल मार्फत आधिकारिक गुनासो गरेकी थिइन्, र विश्वविद्यालयले जवाफ स्वरूप - "आफूहरूले स्वतन्त्र बोलीको संरक्षण गर्ने प्रतिबद्धता गरेको, र त्यो विश्वविद्यालयको विविध शैक्षिक प्रक्रियामा झल्किने" बताएको छ।
चीनसँग आफ्नो राम्रो सम्बन्ध छ, तर यसले आफ्ना निर्णयहरूमा कुनै किसिमको प्रभाव नपार्ने विश्वविद्यालयको भनाइ छ।
तर वङ भन्छिन् कि, उनी आफ्नो आवाज उठाउन जारी राख्ने छिन्।




