Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अन्तर्राष्ट्रिय पुरस्कार ह्विट्ली अवार्डबाट नेपाली संरक्षणविद् सम्मानित

2022 Whitley Award winner Sonam Lama recieving his prize from WFN Patron HRH The Princess Royal

2022 Whitley Award winner Sonam Lama recieving his prize. Source: Supplied

नेपाली संरक्षणविद् सोनाम ताशी लामालाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ह्विट्ली अवार्ड प्रदान गरिएको छ। लामा आबद्ध रहेको नेपालस्थित संस्था रेड पाण्डा नेटवर्कले दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणमा काम गर्ने गरेको छ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपाली संरक्षणविद् सोनाम ताशी लामालाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ह्विट्ली अवार्ड प्रदान गरिएको छ। लामा आबद्ध रहेको नेपालस्थित संस्था रेड पाण्डा नेटवर्कले दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणमा काम गर्ने गरेको छ।


Sonam_Lama_2022_Nepal_Fieldwork-with-GPS-collared-red-panda-named-Ngima
Sonam Lama with-GPS collared red panda. Source: Supplied

वन्यजन्तु संरक्षणका लागी योगदान पुर्‍याएको भन्दै नेटवर्कलाई युकेको संस्था ह्विट्ली फन्ड फर नेचरले ४० हजार पाउन्ड सहितको यो पुरस्कार प्रदान गरेको हो।

 

यसै सन्दर्भमा गरिएको कुराकानीमा सोनाम ताशी लामाले आगामी दिनमा रेड पाण्डा संरक्षणका दुई मुख्य चुनौती, रेड पाण्डाको वासस्थानको विनाश र चोरी सिकारीलाई रोक्नका लागि काम गर्ने बताएका छन्। 

 

सोनाम ताशी लामाले आगामी दिनमा रेड पाण्डा संरक्षणका दुई मुख्य चुनौती, रेड पाण्डाको वासस्थानको विनाश र चोरी सिकारीलाई रोक्नका लागि काम गर्ने बताएका छन्।

लामासँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:अन्तर्राष्ट्रिय पुरस्कार ह्विट्ली अवार्डबाट नेपाली संरक्षणविद् सम्मानित हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

 हप्ताका प्रमुख समाचारमा:

  • सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरेसँगै यो कदम विवादित बनेको छ। वरीयता क्रम मिचेर उनलाई प्रमुख बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले यसका विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। विधिका विरुद्धमा नियुक्ति गर्दा प्रहरीमा चेन अफ कमान्ड भत्किने विज्ञहरूको आलोचना रहेको छ।
  • बुधवार बिहान त्रिभुवन विमानस्थलमा सात ठाउँमा बम राखिएको भन्दै फोन गरिएपछि डेढ घण्टासम्म हवाई उडानहरू रोकिएका थिए। विमानस्थलमा बम नभेटिएपछि फेरी उडानहरू सुचारु भएका छन्, र कल कसले गरेको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको विमानस्थलले बताएको छ। 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now