SKIP TO MAIN CONTENT

नेपालमा मिडविफरी: सम्मानित तर चुनौतीपूर्ण पेसा

Midwifery
Why is midwifery a challenging profession in Nepal? Source: AAP, Press Association

नेपालमा मिडवाइभ्सका बारेमा बुझाई र प्रचलन निकै कम भएको र उनीहरूले काम गर्ने वातावरण पनि चुनौतीपूर्ण रहेको मिडवाइभ्स सङ्घ नेपालकी अध्यक्ष डाक्टर लक्ष्मी तामाङले बताएकी छिन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

नेपालमा मिडवाइभ्सका बारेमा बुझाई र प्रचलन निकै कम भएको र उनीहरूले काम गर्ने वातावरण पनि चुनौतीपूर्ण रहेको मिडवाइभ्स सङ्घ नेपालकी अध्यक्ष डाक्टर लक्ष्मी तामाङले बताएकी छिन्।


नेपालमा सन् २०१६ देखि मात्र मिडविफरी विषयमा पढाइ हुन थालेको हो र हाल २८ जना मिडवाइभ्स दर्ता गरिएका छन् भने १४२ जना नेपालका चार वटा विश्वविद्यालयमा यो विषय पढिरहेका छन्।

मिडवाइभ्स अर्थात् सम्मानजनक प्रसूति गराउने स्वास्थ्यकर्मीको प्रयोगले मातृ मृत्युदर घटाउने, महिलालाई अनावश्यक औषधौपचार र स्वास्थ्यकर्मीबाट हुने दुर्व्यवहार एवं हिंसाबाट जोगाउने विश्वभरका अभ्यास र तथ्याङ्कले देखाएका छन्।

President of midwives association of Nepal Dr.Laxmi Tamang.
President of the Midwives association of Nepal, Dr. Laxmi Tamang. Source: Supplied Laxmi Tamang
अन्तर्राष्ट्रिय मिडवाइभ्स दिवसको उपलक्ष्यमा मिडवाइभ्स संघ नेपालकी अध्यक्ष डाक्टर लक्ष्मी तामाङसँग गरिएको कुराकानी सुन्नुहोस्। नेपालमा मिडविफरी: सम्मानित तर चुनौतीपूर्ण पेसा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now