Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"बाहिर हाँस्दैमा भित्र पनि ठिक छ भन्ने हुँदैन"

mental health

युवा जनसङ्ख्यामाथि केन्द्रित अस्ट्रेलियाली संस्था युथ इन्सर्चले यही फेब्रुअरी १४ देखि १८ तारिखसम्म 'एन्ड युथ सुसाइड' (End Youth Suicide) अभियान गरेको थियो र हामीले अस्ट्रेलियाको नेपाली भाषी समुदायमा पनि समय-समयमा आत्महत्याका दुखद खबर सुन्ने गरेका छौँ। यसै सन्दर्भमा हामीले मानसिक स्वास्थ्य विशेषज्ञ डा अनुपम पोखरेलसँग गरेको कुराकानी।


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


युवा जनसङ्ख्यामाथि केन्द्रित अस्ट्रेलियाली संस्था युथ इन्सर्चले यही फेब्रुअरी १४ देखि १८ तारिखसम्म 'एन्ड युथ सुसाइड' (End Youth Suicide) अभियान गरेको थियो र हामीले अस्ट्रेलियाको नेपाली भाषी समुदायमा पनि समय-समयमा आत्महत्याका दुखद खबर सुन्ने गरेका छौँ। यसै सन्दर्भमा हामीले मानसिक स्वास्थ्य विशेषज्ञ डा अनुपम पोखरेलसँग गरेको कुराकानी।


यस कुराकानीमा समावेश विषयहरू: 

  • आत्महत्या रोकथाम कसरी गर्न सकिन्छ? 
  • आफ्नो वरिपरि कसैलाई या आफैँलाई आत्म हानिको विचार आएमा कसरी मद्दत लिने?
  • मानसिक स्वास्थ्य सेवा लिन हिचकिचाउने मानिसहरूलाई कसरी सही तरिकाले मद्दत गर्न सकिन्छ?
  • आफ्नो नजिकको व्यक्ति आत्महत्याका कारण गुमाएको मानिसलाई तपाईँले कसरी साथ दिन सक्नु हुन्छ? 
  • अभिभावकहरूले आफ्ना बालबालिकालाई आत्महत्याको विषयमा कसरी सचेत बनाउन सक्छन्?
कुराकानी सुन्नुहोस्: "बाहिर हाँस्दैमा भित्र पनि ठिक छ भन्ने हुँदैन" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के तपाईँसँग मानसिक स्वास्थ्य सम्बन्धी कुनै प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो जीपी या मानसिक स्वास्थ्य सेवालाई सम्पर्क गर्नुहोस्।


यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ -  Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800  

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्। 

Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now