Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“मद्दत माग्दैमा मानसिक रोगीको लेबल लाग्ने होइन”

Doctor holding a stethoscope

लकडाउनको समयमा आर्थिक समस्याले, समुदायमा घुलमिल हुन नपाउँदा र अन्य विभिन्न कारणले मानिसहरूमा मानसिक तनाव बढ्दो हुन्छ। यस्तो समयमा कसरी मानसिक रूपमा स्वस्थ रहन सकिन्छ?


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


लकडाउनको समयमा आर्थिक समस्याले, समुदायमा घुलमिल हुन नपाउँदा र अन्य विभिन्न कारणले मानिसहरूमा मानसिक तनाव बढ्दो हुन्छ। यस्तो समयमा कसरी मानसिक रूपमा स्वस्थ रहन सकिन्छ?


कोरोना सङ्क्रमणका कारण मानिसहरु लकडाउनमा बस्न बाध्य छन्।

यस्तो प्रतिबन्धात्मक आदेशहरूका कारण कतिपय मानिसले आफ्नो रोजगारी गुमाउनु परेको छ भने अत्यावश्यक बाहेकमा मानिस घर भित्रै बस्न बाध्य छन् ।

पटक-पटकको लकडाउनले अनिश्चितता बढाउँदा मनोवैज्ञानिक असरहरू देखा पर्ने मेलबर्नका एक मनोचिकित्सक अनुपम पोखरेलको भनाई छ ।

“रिस उठ्ने, झर्कने, छटपटीका कारण माथि तल गरिरहने,रक्सी चुरोट सेवन गर्ने जस्ता समस्याहरू देखिएका छन्,” उनले भने।

मेलबर्नस्थित नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेल बताउँछन् कि, समस्या परेमा मद्दत माग्न जरुरी हुन्छ। 

डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्:

डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्:null

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800 थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्। Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now