Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्रोनिक फटिग सिन्ड्रोम: अत्याधिक थकान हुने रोगबाट बाट २ लाख ५० हजार बढी अस्ट्रेलियाली प्रभावित

Chronic fatigue syndrome

थकान लाग्ने दीर्घकालीन स्वास्थ्य समस्या क्रोनिक फटिग सिन्ड्रोमका कारण २ लाख ५० हजार भन्दा धेरै अस्ट्रेलियाली प्रभावित भएको बताइदा त्यसमध्ये ७५ प्रतिशत महिलाहरू रहेको पछिल्लो अध्ययनले देखाएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


थकान लाग्ने दीर्घकालीन स्वास्थ्य समस्या क्रोनिक फटिग सिन्ड्रोमका कारण २ लाख ५० हजार भन्दा धेरै अस्ट्रेलियाली प्रभावित भएको बताइदा त्यसमध्ये ७५ प्रतिशत महिलाहरू रहेको पछिल्लो अध्ययनले देखाएको छ।


ओछ्यानबाट बाहिर निस्कन, बाहिर हिँड्न जान, फोनमा कुरा गर्न। अरुका लागी सामान्य लाग्ने सबै कामहरू म्याडी शिल्ड्सका लागी भने सामान्य हैन।

उनलाई माइअलजिक एनसेफलोमाइअलाइटस भन्ने स्वास्थ्य अवस्था रहेको निदान गरिएको छ र त्यस्ता कामहरूले उनलाई निकै थकित पार्ने गर्दछ।

"यसले गर्दा साँच्चै भन्ने हो भने मलाई धेरै रमाइलो लाग्ने केही कामहरू पनि मैले गर्न छोडे किनभने दिनभरिमा म एकदमै थकित हुन्छु, भनौँ न कुनै दिन.… मलाई क्याम्पिङ र हाइकिङ जान मन पर्छ। तर दिनभरिमा मा म यस्तो थकित हुन्छु कि मलाई टाउको दुख्छ।"

एम-इ लाई सामान्यतया क्रोनिक फटिग सिन्ड्रोम (सी-एफ-एस) भनेर बुझिन्छ।

यो जटिल किसिमको असाधारण अवस्था हो जसलाई अत्यधिक थकान हुने भनेर चित्रित गरिएको छ।

Young Woman Suffering Headache In Bed
Chronic Fatigue Syndrome affects over 250,000 Australians Source: Getty Images

यो अवस्था कम्तीमा पनि छ महिनासम्म रहन्छ र यो दीर्घकालीन स्वास्थ्य समस्याको रूपमा पूर्णतया बुझाउन सकिँदैन।

थकान शारीरिक मानसिक क्रियाकलापहरूका कारण झन् खराब हुन्छ तर आराम गरेर पनि सुधार हुँदैन।

पुरा रिपोर्ट सुन्नुहोस्:क्रोनिक फटिग सिन्ड्रोम: अत्याधिक थकान हुने रोगबाट बाट २ लाख ५० हजार बढी अस्ट्रेलियाली प्रभावित हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

शिल्ड्सलाई सन् २००७ मा यो अवस्था रहेको निदान गरिएको थियो। त्यति बेला उनलाई ग्लान्डुलर फिभर वा भाइरसका कारण हुने सरुवा ज्वरो आएको थियो।

उनले एसबीएस न्युजसँग कुरा गर्दै उनको अवस्थाका बारेमा आफू वरपरका मानिसहरूलाई बुझाउन गाह्रो हुने बताएकी छिन्।

" 'ओहो आज त म गर्न सक्दिन मेरो थकानको कारणले' भनेर मानिसहरूलाई बुझाउन कहिलेकाहीँ त दिक्कै लाग्छ। अनि कहिले त मानिसहरूले के सोच्न सक्छन् भने, सबै जना थाक्छन् खुरुक्क गरे भइहाल्यो नि।"

इमर्ज अस्ट्रेलिया एक गैर नाफामूलक संस्था हो जसले एम-इ-सी-एफ-एस भएका २ लाख ५० हजार अस्ट्रेलियालीहरूको आवाज राष्ट्रिय स्तरमा उठाउँछ।

डा रिचर्ड श्लरफुल सो संस्थाका चिकित्सा निर्देशक हुन्। उनलाई दीर्घकालीन र सङ्क्रामक रोगहरूको क्षेत्रमा काम गरेको सम्मान स्वरूप अर्डर अफ अस्ट्रेलिया मेडल समेत प्रदान गरिएको छ।

उनले एसबीएस न्युजसँग भने कि एम-इ-सी-एफ-एस धेरैजसो समय कुनै भाइरल रोग लागेपछि देखिन्छ।

“यस्तो देखिन्छ कि मानिसको एक समूहमा सङ्क्रामक रोग वा स्वास्थ्यमा कुनै खराबी आएपछि सुरु हुन्छ र रोगको रूपमा विकास हुन्छ।"

इमर्ज अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत एन विल्सन भन्छिन् यो रोग भएका मानिसहरूमा यो रोग छिटो निदान हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ तर त्यो हुन अत्यन्त गाह्रो छ।

इमर्ज अस्ट्रेलियाले गरेको पछिल्लो अनुसन्धानका अनुसार एम-इ-सी-एफ-एस भएकाहरू मध्ये झन्डै ७५ प्रतिशत महिला रहेका छन्।

यसै हप्ता सार्वजनिक गरिएको सो अध्ययनका अनुसार बिरामीहरूमध्ये २५ प्रतिशत मानिसहरूमा यसको प्रभाव यति धेरै देखिन्छ कि उनीहरू घरमै वा ओछ्यानमा नै सीमित हुन्छन्।

A Stanford researcher has identified four main causes of "Zoom fatigue."
A Stanford researcher has identified four main causes of "Zoom fatigue." Source: Getty Images

तर दुर्भाग्यवश, यो रोगलाई स्वास्थ्य प्रणालीमा प्राय गरी बेवास्ता गरेको देखिने विल्सन बताउँछिन्।

प्राथमिक विद्यालयकी शिक्षिका शिल्ड्स भन्छिन् कार्यभार अनुसार काम गर्न उनले आफ्ना समकक्षीहरू भन्दा दोब्बर मेहनत गर्नु पर्छ।

धेरैजसो समयमा उनका सिनियरहरूले उनी कस्तो अवस्थाबाट गुज्रिरहेकी छिन् भनेर नबुझेको पाउने भन्दै यो रोगबारे थप सचेतनाको चाहना राख्छिन्।

"आफ्नो भूमिका अनुसार काम नगर्दा तपाइलाई आफू दोषी लाग्छ।"

डाक्टर श्लरफुल  एम-इ-सी-एफ-एसको उपचारमा एक कदम अगाडी बढाउनु भनेको यो रोगलाई बुझ्नु नै भएको विचार राख्छन्।

"अस्ट्रेलियाका सम्पूर्ण चिकित्सकहरूले एमइसीएफएसलाई बुझ्नु पर्छ। यो कुनै मानसिक अवस्था होइन। यो चाहेर भएको अवस्था होइन।" 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now