Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अध्ययन भन्छ "पाका उमेरका मानिसका लागि रोजगारीमा कम अवसर"

Unemployment

जागिरका नयाँ अवसरहरूमा सरकारी बेरोजगार भत्ता लिई रहेका मानिसहरूको पहुँचमा बाधा पुगी रहेको सार्वजनिक भएको एक अध्ययनले देखाएको छ ।


Published

Updated

Presented by SBS Nepali, Krishna Pokharel

Source: SBS




Share this with family and friends


जागिरका नयाँ अवसरहरूमा सरकारी बेरोजगार भत्ता लिई रहेका मानिसहरूको पहुँचमा बाधा पुगी रहेको सार्वजनिक भएको एक अध्ययनले देखाएको छ ।



प्रमुख बिषय

  • जागीरको नयाँ अवसर पाका उमेर समूहको पहुँच कम
  • आर्थिक सहायता पाउनकै लागि भए पनि अन्तर्वार्ता सरिक हुनु पर्ने
  • पाका उमेरका मानिसलाई प्राथमिकतामा राख्न माग

एन्जलीकेयरले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार खागसरि पाका उमेरका र लामो समय सम्म बेरोजगार रहेकाहरूका लागि नयाँ अवसर पाउनु योग्यता र उमेरका हिसाबले निकै गार्‍हो परिरहेको देखाउँछ । 

 

एडिलेडकी ६० बर्सिया विन्डे मोर्गन पाक्षिक रूपमा २ घण्टा सर सफाइको क्षेत्रमा काम गर्छिन् ।

 

दीर्घ रोगकी बिरामी विन्डीमा अन्य स्वास्थ्य समस्याहरू पनि छन् जसका कारण उनी शारीरिक रूपमा खटिने काम गर्न सक्दिनन् ।

 

उनी हाल सरकारी बेरोजगार भत्ता जवसिकर भुक्तानीमा आश्रित छन् । विन्डी मोगर्नले कामका खोजीमा बर्षो बिताइसकिन तर पाएकी भने  छैनन् ।

Millions of Australians on JobSeeker have had their payments cut.
Millions of Australians on JobSeeker have had their payments cut. Source: AAP

आर्थिक सहायताको निरन्तरताका लागि भए पनि आफू उपयुक्त नहुने स्थानमा पनि अन्तर्वार्ता लागि धाई राख्न बाध्य छिन् । यदि यसरी उनी अन्तर्वार्तामा गइनन् भने उनले पाउँदै आएको साहयता बन्द हुन्छ ।

 

उनी भन्छिन्“म यस्ता ठाउँहरूमा अन्तर्वार्ताका लागि जान्छु जहाँ मैले कहिल्यै नगरेको कामका लागि जागिर खुलेको हुन्छ र त्यहाँ कम्तीमा ५ वर्षको अनुभव खोजिएको हुन्छ ।”

 

कोभिड–१९ का अधिकास क्षेत्र धराशायी भएका छन् । अर्थतन्त्र बषौ सम्मका लागि ऋणात्मक भएको छ । एन्ज्ली केयर अस्ट्रेलियाका प्रमुख केसी च्यामबर २०२० मा रोजगारी गुमाउनेका कुरामा अझै स्पष्ट तस्बिर नआई सकेको बताउँछन् ।

A third of Australian businesses experiencing challenges with finding staff
A new way for unemployed people in Australia to earn extra income, including JobSeeker recipients Source: AAP

एन्ज्लीयेयरले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनलाई जवसट नामक संस्थाले विश्लेषण गरेको छ । रोगगारीका अवसरमा पहुँच कम हुने मानिसहरू जस्तै पाका उमेर समूहका मानिस वा लामो समय देखि बेरोजगार भएकाहरू हकमा कति रोजगारका अवसर छन् भन्ने बारेमा विश्लेषण गरेको छ ।

 

जवसटका अनुसार प्रत्येक नयाँ अवसरमा कम्तीमा पनि ८ यस्ता व्यक्तिहरुहरु पुग्छन् जो उक्त  जागिरका लागि योग्य ठहरिँदैनन् ।

साउथ अस्ट्रेलिया र तास्मेनिया रोजगारीका अवसरमा निकै पछाडि छ । आवश्यक शिक्षा र अन्य कारण रोजगारीका अवसर नपाउनेहरू यहाँ धेरै छन् । साउथ अस्ट्रेलियामा रोजगारीको एक अवसरमा १० भन्दा बढी बेरोजगार भत्ता खाइरहेका मानिस भिडी रहेका हुन्छन् भने तास्मेनियामा यो सङ्ख्या २० रहेको छ ।

Unemployment rate in Australia falls further: SBS Sinhala News 12 March 2021
March unemployment rate will be announced this Thursday. Source: AAP

मोर्गन भन्छिन् यस्तो प्रणालीले सहयोग चाहीरहेको मानिसलाई असफल बनाई रहेको हुन्छ । पाका उमेरका मानिसहरू सरकारका यस्ता योजनाबाट अलग गराईएको छ।

 

एन्ज्ली केयरले सङ्घीय सरकारलाई जवयाक्टीभ जस्ता योजनाहरूको अन्त्य गर्न माग गरेका छन् । यस्ता योजनाहरुले ३५ वर्ष भन्दा कम उमेरका मानिसहरूलाई मात्र केन्द्रमा राखेको उनीहरूको भनाई छ ।

 

अस्ट्रेलियाको बेरोजगार कामदार सङ्गठनकी प्रवक्ता क्रिस्टीन व क्याने पनि यस्ता नियमका कारण मानिसहरूलाई समस्या परिरहेको बताईन् ।

 

उनी भन्छिन् "यसले मानिसहरूलाई अपमान गरिरहेको छ ,आफु योग्य नभएको जागिरका लागि आवेदन दिन बाध्य पारिन्छ जसले मानिसहरूलाई रोजगार योग्य बनाउदैन् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now