प्रमुख बिषय
- जागीरको नयाँ अवसर पाका उमेर समूहको पहुँच कम
- आर्थिक सहायता पाउनकै लागि भए पनि अन्तर्वार्ता सरिक हुनु पर्ने
- पाका उमेरका मानिसलाई प्राथमिकतामा राख्न माग
एन्जलीकेयरले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार खागसरि पाका उमेरका र लामो समय सम्म बेरोजगार रहेकाहरूका लागि नयाँ अवसर पाउनु योग्यता र उमेरका हिसाबले निकै गार्हो परिरहेको देखाउँछ ।
एडिलेडकी ६० बर्सिया विन्डे मोर्गन पाक्षिक रूपमा २ घण्टा सर सफाइको क्षेत्रमा काम गर्छिन् ।
दीर्घ रोगकी बिरामी विन्डीमा अन्य स्वास्थ्य समस्याहरू पनि छन् जसका कारण उनी शारीरिक रूपमा खटिने काम गर्न सक्दिनन् ।
उनी हाल सरकारी बेरोजगार भत्ता जवसिकर भुक्तानीमा आश्रित छन् । विन्डी मोगर्नले कामका खोजीमा बर्षो बिताइसकिन तर पाएकी भने छैनन् ।
आर्थिक सहायताको निरन्तरताका लागि भए पनि आफू उपयुक्त नहुने स्थानमा पनि अन्तर्वार्ता लागि धाई राख्न बाध्य छिन् । यदि यसरी उनी अन्तर्वार्तामा गइनन् भने उनले पाउँदै आएको साहयता बन्द हुन्छ ।

Millions of Australians on JobSeeker have had their payments cut. Source: AAP
उनी भन्छिन्“म यस्ता ठाउँहरूमा अन्तर्वार्ताका लागि जान्छु जहाँ मैले कहिल्यै नगरेको कामका लागि जागिर खुलेको हुन्छ र त्यहाँ कम्तीमा ५ वर्षको अनुभव खोजिएको हुन्छ ।”
कोभिड–१९ का अधिकास क्षेत्र धराशायी भएका छन् । अर्थतन्त्र बषौ सम्मका लागि ऋणात्मक भएको छ । एन्ज्ली केयर अस्ट्रेलियाका प्रमुख केसी च्यामबर २०२० मा रोजगारी गुमाउनेका कुरामा अझै स्पष्ट तस्बिर नआई सकेको बताउँछन् ।
एन्ज्लीयेयरले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनलाई जवसट नामक संस्थाले विश्लेषण गरेको छ । रोगगारीका अवसरमा पहुँच कम हुने मानिसहरू जस्तै पाका उमेर समूहका मानिस वा लामो समय देखि बेरोजगार भएकाहरू हकमा कति रोजगारका अवसर छन् भन्ने बारेमा विश्लेषण गरेको छ ।
A new way for unemployed people in Australia to earn extra income, including JobSeeker recipients Source: AAP
जवसटका अनुसार प्रत्येक नयाँ अवसरमा कम्तीमा पनि ८ यस्ता व्यक्तिहरुहरु पुग्छन् जो उक्त जागिरका लागि योग्य ठहरिँदैनन् ।
साउथ अस्ट्रेलिया र तास्मेनिया रोजगारीका अवसरमा निकै पछाडि छ । आवश्यक शिक्षा र अन्य कारण रोजगारीका अवसर नपाउनेहरू यहाँ धेरै छन् । साउथ अस्ट्रेलियामा रोजगारीको एक अवसरमा १० भन्दा बढी बेरोजगार भत्ता खाइरहेका मानिस भिडी रहेका हुन्छन् भने तास्मेनियामा यो सङ्ख्या २० रहेको छ ।

March unemployment rate will be announced this Thursday. Source: AAP
मोर्गन भन्छिन् यस्तो प्रणालीले सहयोग चाहीरहेको मानिसलाई असफल बनाई रहेको हुन्छ । पाका उमेरका मानिसहरू सरकारका यस्ता योजनाबाट अलग गराईएको छ।
एन्ज्ली केयरले सङ्घीय सरकारलाई जवयाक्टीभ जस्ता योजनाहरूको अन्त्य गर्न माग गरेका छन् । यस्ता योजनाहरुले ३५ वर्ष भन्दा कम उमेरका मानिसहरूलाई मात्र केन्द्रमा राखेको उनीहरूको भनाई छ ।
अस्ट्रेलियाको बेरोजगार कामदार सङ्गठनकी प्रवक्ता क्रिस्टीन व क्याने पनि यस्ता नियमका कारण मानिसहरूलाई समस्या परिरहेको बताईन् ।
उनी भन्छिन् "यसले मानिसहरूलाई अपमान गरिरहेको छ ,आफु योग्य नभएको जागिरका लागि आवेदन दिन बाध्य पारिन्छ जसले मानिसहरूलाई रोजगार योग्य बनाउदैन् ।