Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यातायात सिन्डिकेट विरुद्ध कारवाही र सुन प्रकरणमा ६३ जनाविरूद्ध मुद्दा - गत ७ दिन नेपालमा

Nepalis take a ride in a pickup after public transport was shut down due to strike by service providers

Nepalis take a ride in a pickup after public transport was shut down due to strike by service providers Source: RSS

७ प्रहरी अधिकारी सहित ६३ जना विरूद्ध ३३ किलो सुन तस्करी गरेको आरोपमा एक जिल्ला अदालतमा मुद्दा दर्ता र सार्वजनिक यातायात अवरुद्ध गरेर सर्वसाधारणलाई अनावश्यक दुःख दिएको अभियोगमा प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष लगायतकालाई पक्राउ - यी हुन् गत ७ दिन नेपालमा घटेका केहि मुख्य घटनाहरु


Published

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


७ प्रहरी अधिकारी सहित ६३ जना विरूद्ध ३३ किलो सुन तस्करी गरेको आरोपमा एक जिल्ला अदालतमा मुद्दा दर्ता र सार्वजनिक यातायात अवरुद्ध गरेर सर्वसाधारणलाई अनावश्यक दुःख दिएको अभियोगमा प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष लगायतकालाई पक्राउ - यी हुन् गत ७ दिन नेपालमा घटेका केहि मुख्य घटनाहरु


नरेन्द्र मोदी वैशाख २८ मा नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख २८ मा नेपाल भ्रमणमा आउँदैछन् । भारतको बिहारस्थित पटनाबाट जनकपुर भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीबारे बुझ्न गृहमन्त्री रामबहादुर थापा मंगलबार जनकपुर पुगेका थिए ।

मन्त्री थापाले मोदीको यो राजनीतिक नभएर धार्मिक भ्रमण भएको बताएका थिए ।

उनका अनुसार प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जनकपुरको बाह्रबिघा मैदानमा ओर्लिएलगत्तै जानकी मन्दिरमा पूजाआजा गर्नेछन् । त्यस्तै प्रधानमन्त्री मोदी बाह्रबिघाको मैदानमा गर्न लागिएको नागरिक अभिनन्दनमा सहभागी हुनेछन्।

प्रधानमन्त्री मोदी जनकपुरबाट हेलिकोप्टरमा मुस्ताङस्थित मुक्तिनाथ दर्शन गरेर काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उनको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विशेष तालिम प्राप्त सात हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।

..

यातायात अवरुद्ध गर्ने व्यवसायी महासंघका अध्यक्ष कर्मचाय पक्राउ

सार्वजनिक यातायात अवरुद्ध गरेर सर्वसाधारणलाई अनावश्यक दुःख दिएको अभियोग प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यसहित ५ सदस्यलाई पक्राउ गरेको छ ।

यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध कडा रुपमा उत्रिएको सरकारको निर्देशनमा महानगरीय अपराध महशाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा अध्यक्ष कर्मचार्यसहित वरिष्ठ उपाध्यक्ष विजय स्वार, बसन्त भण्डारी र किरण खड्का लगायत छन् ।

..

साढे ३३ केजी सुन प्रकरणमा ६३ जनाविरूद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मंगलबार मुद्दा दर्ता भएको थियोे ।

उनीहरुविरूद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको जानकारी अदालतका नवराज दुलालले गराए । एसएसपी दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

महानगरीय अपराध महाशाखा प्रमुख रहेको बेला एसएसपी लोहनीले सनम शाक्यको हत्यापछि अनुसन्धानलाई नेतृत्व दिएर अगाडि बढाएका थिए।

त्यस्तै विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान, राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको थियो । त्यस्तै सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।

यता जिल्ला अदालत मोरङले साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बिहीबार अभियुक्तहरुसँग बयान लिन सुरु गरेको थियो।

..

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी

अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले ६३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी मणि कुँवरले १२ मत पाएका थिए। कुँवर एन्फाबाट प्रतिबन्ध लागेका गणेश थापाको सालो हुन् ।

अध्यक्षसहित ४ उपाध्यक्ष र ११ केन्द्रीय कार्यसमितिमा यसपटक शेर्पाको प्यानल विजयी भएको थियो। त्यस्तै चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका थिए ।

११ सदस्यमा भने दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ विजयी भएका छन् ।

..

कांग्रेसमा पदाधिकारी मनोनयन

नेता रामचन्द्र पौडेल समूहको बहिस्कारकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेका छन् । महाधिवेशनको २६ महिनापछि कांग्रेसले पदाधिकारी नियुक्ति गरेको थियो ।

सभापति देउवाले उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए । पदाधिकारी मनोनयन अवैधानिक भएको भन्दै पूर्व महामन्त्री प्रकाशमान सिंहसहित पौडल समूहले बैठक बहिस्कार गरेको थियो ।

..

Nepali journalists in attend a candle light vigil in Kathmandu in memory of the 10 journalists killed in Afghanistan.
Nepali journalists in attend a candle light vigil in Kathmandu in memory of the 10 journalists killed in Afghanistan. Source: RSS

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा दीप प्रज्वलन

अफगानिस्तानमा आतंककारी हमलामा मारिएका पत्रकारको सम्झनामा बुधबार राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरियो। नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लब नेपालको संयुक्त आयोजनामा घटनाको विरोध तथा मृतक फोटो पत्रकार तथा पत्रकारको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियोे।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार र सञ्चारकर्मीको उपस्थिती रहेको थियो। सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा १० जना पत्रकारले ज्यान गुमाएका थिए।

आत्मघाती लडाकुले पत्रकारको प्रेस कार्ड देखाएर घटनास्थलमा विस्फोट गराएका थिए। विगत १५ वर्षमा विभिन्न घटनामा संसारभर १ हजार पत्रकारले ज्यान गुमाइसकेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now