Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

फागु दक्षिण अस्ट्रेलियामा फैलिदै

Nepali Holi celebrations in Adelaide.

Nepali Holi celebrations in Adelaide. Source: Supplied

‘फेस्टिभल स्टेट’ भनेर चिनिए पनि दक्षिण अस्ट्रेलिया हिमालय क्षेत्रको सांस्कृतिक उत्सबहरुले दरिलो स्थान ओगट्न सकेको छैन । तर दक्षिण एशियामा मनाईने होली पर्व अर्थात रंग महोत्सवले भने विस्तारै धेरैको मन तान्न थालेको छ ।


Published

Updated

By Indra Adhikari

Source: SBS




Share this with family and friends


‘फेस्टिभल स्टेट’ भनेर चिनिए पनि दक्षिण अस्ट्रेलिया हिमालय क्षेत्रको सांस्कृतिक उत्सबहरुले दरिलो स्थान ओगट्न सकेको छैन । तर दक्षिण एशियामा मनाईने होली पर्व अर्थात रंग महोत्सवले भने विस्तारै धेरैको मन तान्न थालेको छ ।


होली पर्वलाई थप उचाई दिन नेपालीहरुको सामाजिक संस्था एडिलेड नेपाल केही सालदेखि लागि परेको छ । हुन त भारतीय समुदायले केही समय यता होली मनाउने प्रथा चलाएका छन् । तथापि त्यसता आयोजनाहरुले फागु पर्वको विस्तार कमी र रमाइलो गर्ने अवसर बढी मात्रमा प्रदान गरेक छन् । इन्द्र अधिकारीसंग कुरा गर्दै।

पर्वको प्रकृतिलाई ध्यानमा राखेर बहु सांस्कृतिक अस्ट्रेलियाली समुदायलाई समेट्ने प्रयास भैरहेको आयोजक एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले एसबिएस नेपालीलाई बताए । ‘धेरै समुदायले रंगसंग सम्बन्धित धेरै पर्वहरु मनाउँछन् । तिनको नाम मात्र फरक-फरक हो । रंग पर्व सबैलाई मन पर्ने भएकाले जतिसक्दो धेरै समुदायलाई समेट्ने प्रयासमा हामी लागेका छौं,’ उनले भने ।

नेपाली रीतिरिवाज र परम्पराबारे नयाँ पुस्तालाई अवगत गराउने यो अर्को एउटा अवसर त हो नै । त्यो भन्दा अहम विषय भनेको यस पर्वलाई बहुसांस्कृतिक समुदायको लागि रंग दलेर एकआपसमा खुशी र सद्भाव साटासाट गर्ने थलो बनाउने उत्कृष्ट मौका हो ।

Puskar Koirala from Adelaide,
Puskar Koirala. Source: Supplied

गत साल मरियन सिटी काउन्सिले यस उत्सवलाई काउन्सिलको ‘ईभेन्ट अफ द ईयर’ घोषणा गरेको थियो । नेपाली पर्वलाई स्थानीय सरकारले यसरी प्राथमिकता दिए पछि स्थानीय अन्य समुदाय पनि यो सालदेखि उत्सवमा जोडिन आईपुगेको कोइरालाले बताए । नेपाली सांगितिक प्रस्तुतीका अलावा कार्यक्रममा अफ्रिकन रुम्बा लाईभ र साल्सा डान्स समेटिनुले पनि यो नेपाली पर्व क्रमश: फराकिलो बन्दै गरेको प्रमाण दिन्छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु भएर पूर्णिमाको दिन होली सम्पन्न हुन्छ ।

पौराणिक कथन अनुसार प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजित रूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेकि थिईन ।

यस पर्वमा एक अर्कालाई दल्न प्रयोग हुने रातो, हरियो, पंहेलो, नीलो, कालो र सेतो रंगको भिन्न भिन्नै पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्व छ।

विषेशत भारत वर्षमा मनाइने यो पर्व बसाईसराइ संगै बेलायत, अमेरिका, मौरिसस, ईन्डोनेसिया, फिजी, दक्षिण अफ्रिका, सुरिनाम, अष्ट्रेलिया र धेरै युरिपियन मुलुकहरुमा मनाउन थालिएको छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now