Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अफगानी परिवारहरूले भोकमरी र आफ्ना बच्चा मध्येमा एक छान्नु परे पछि

Afghan school children

(AP Photo/Greg Baker) Source: AAP

सहयोगी संस्थाहरूले विगत २० वर्षको युद्धमा भन्दा धेरै अफगानीहरूले भोकमरीका कारण आगामी केही महिनामा ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन्। यो अवस्थाले केही अभिभावकहरूलाई सोच्न नै नसकिने निर्णय लिन बाध्य पारेको छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


सहयोगी संस्थाहरूले विगत २० वर्षको युद्धमा भन्दा धेरै अफगानीहरूले भोकमरीका कारण आगामी केही महिनामा ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन्। यो अवस्थाले केही अभिभावकहरूलाई सोच्न नै नसकिने निर्णय लिन बाध्य पारेको छ।


फतिमा सँग निकै कम मात्र विकल्प छ।

उनीसँग पैसा छैन र उनका बच्चाका बुबाले पनि परिवारलाई छोडी दिएका छन्।

उनी भन्छिन् अब आफ्ना बालबच्चाको स्याहार गर्न सक्ने अवस्था छैन। यसले गर्दा उनले निकै हृदय विदारक निर्णय लिँदै छिन।

आफ्ना बिरामी छोराछोरी मध्ये एक जनालाई बेचेर भोकमरी बाट जोगिने।

सबैले उनलाई म किन्छु भनिरहेका थिए तर मैले उनलाई कसैलाई पनि दिइन। तर अहिले उसलाई बेच्न चाहन्छु किनकि अब म उसलाई पाल्न सक्दिन।

अरू बच्चाहरू पनि भोकमरीले नमरुन् भनेर उनले एक बच्चा बेच्ने निर्णयमा पुगेकी हुन्। 

फतिमा अहिले सम्म त आफ्ना बालबच्चा सँगै छिन। तर उनी जस्तै अरूको त अन्य कुनै विकल्प नै छैन। बीबीले आफ्नो भर्खर जन्मिएको बच्चालाई बेचिन उसकै जीवनको खातिर।

Afghan mother forced to sell newborn to save her children
Source: Save Our Children

"मैले मेरो बच्चालाई आफू बाट टाढा पारे यो परिस्थितिले गर्दा नकि करकापमा परेर। "

यस्ता दृश्यहरू र हृदय विदारक अनुभवहरू अफगानिस्तान भरि गुन्जिरहेका छन्। शताब्दिऔँ देखिको युद्धले जर्जर बनेको अफगानिस्तानमा पछिल्लो समयमा देखिएको मानवीय सङ्कटको सबैभन्दा ठुलो असर पर्नेमा बालबालिका रहेका छन् ।

सेभ द चिल्ड्रेनका म्याट टिंक्लर भन्छन् उनी कार्यरत एजेन्सीले अभिभावकहरूले यस्तो खराब विकल्पका बारेमा सोच्ने क्रम बढेको देखेको छ।

टिंक्लर भन्छन् मृत्यु र कुपोषणको सिकार हुने बालबालिकाहरूको सङ्ख्या उच्च रहेको छ।

पुरा रिपोर्ट यहाँ सुन्नुहोस्।nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"संसार कै सबैभन्दा खराब मानवीय सङ्कट अहिले अफगानिस्तानमा रहेको छ।५० लाख बालबालिकाहरू भोकमरीको चपेटामा पर्ने जोखिममा छन्। यो सम्पूर्ण मेलबर्नको जनसङ्ख्या हो जुन जनसङ्ख्या भोकमरीको अत्यन्त नजिक रहेको छ। "

सेभ द चिल्ड्रेन धेरै सहयोगी संस्था मध्ये एक हो जसले तालिबान विरुद्धका आफ्ना निर्णय तथा कदमहरूलाई खुकुलो पार्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरिरहेको छ।

तालिबानको हातमा नपरोस् भनेर अन्तर्राष्ट्रिय समुदायमा रहेको यसको सम्पत्तिलाई चलाउन नमिल्ने बनाउने निर्णय गरेकोमा रुसले सो निर्णय फिर्ता लिन आग्रह गरेको छ।

Women and children at a camp for internally displaced people in Kabul, Afghanistan, Saturday, Oct. 9, 2021.
Women and children at a camp for internally displaced people in Kabul, Afghanistan, Saturday, Oct. 9, 2021. Source: AP

तर अमेरिका भने आफ्नो निर्णयमा अडिग छ।

थोमस वेस्ट अमेरिकाका तर्फबाट अफगानिस्तानका लागी विशेष प्रतिनिधि हुन्। र उनी भन्छन्, यो अवस्था हुन्छ भनेर थाहा पाउँदा पाउँदै नै तालिबानले सत्ता हत्याएको हो।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now