मेडिबैंक ह्याकमा रुसी साइबर अपराधीहरू जिम्मेवार भएको खुलासा

AFP MEDIBANK DATA BREACH

Australian Federal Police Commissioner Reece Kershaw provides a statement to media at the Australian Federal Police (AFP) Headquarters in Canberra, Friday, November 11, 2022. Medibank has confirmed details of almost 500,000 health claims have been stolen, along with personal information, after the group hacked into its system last month. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP / LUKAS COCH/AAPIMAGE

बिमा कम्पनी मेडिबैंकमा भएको साइबर आक्रमण रुसी साइबर अपराधीहरूले गरेको खुलासा गरिएको छ। पटक पटक गरी उपभोक्ताहरूको गोप्य जानकारी सार्वजनिक गर्ने क्रममा तेस्रो चरण अन्तर्गत ह्याकरहरूले मादक पदार्थको लतबारेको उच्च संवेदनशील व्यक्तिगत जानकारीहरू सार्वजनिक गरेका थिए।


साइबर आक्रमणबाट प्रभावित भएका दशौँ लाख मेडिबैंकका ग्राहकहरू मध्ये इलैन जाङ पनि एक हुन्।

र उनी भन्छिन्, "अवश्य पनि म यसबाट चिन्तित छु, कसैले पनि आफ्ना व्यक्तिगत जानकारीहरू सार्वजनिक होस् भन्ने चाहँदैन। विशेष गरी तपाइको स्वास्थ्य सम्बन्धी रेकर्ड।"

१ करोड ५० लाख फिरौती रकम माग गरिएकोमा मेडिबैंकले सो माग अस्वीकार गरे पछि धम्की अनुरूप नै ह्याकरहरूले चरणबद्ध रूपमा संवेदनशील जानकारीहरू सार्वजनिक गरिरहेका छन्।

अहिले उनीहरूले तेस्रो चरणमा कथित मादक पदार्थ लतको समस्या भएकाहरूसँग सम्बन्धित २४० वटा रेकर्डहरू प्रकाशित गरेका छन्।

अपराधीहरूले यससँगै एउटा सन्देश पनि पोस्ट गरेका छन्, जसमा साइबर सुरक्षा मन्त्री क्लेयर ओ'निलले उनीहरूको कार्यलाई "कुकुरको जस्तो व्यवहार" भएकोबारे प्रतिक्रिया दिइएको छ। सन्देशमा कुकुर भुकेको आवाजको पनि नक्कल गरेका छन्।

"तिमि भन्छौ यो घृणित कार्य हो (वूफ-वूफ), किनकि हामीले केही तथ्याङ्कहरू प्रकाशित गर्‍यौँ। हामी जहिले पनि आफ्नो बोलीमा अडिग हुन्छौँ, यदि हामीले फिरौती रकम पाएनौँ भने- हामीले यी तथ्याङ्कहरू पोस्ट गर्नु पर्छ, किनभने भविष्यमा कसैले पनि हामीलाई विश्वास नगर्न सक्छन्।"

प्रधानमन्त्री एन्थनि एल्बनिजीले पछिल्लो तथ्याङ्क सार्वजनिक हुने कार्यबाट आफूलाई घृणा लागेको बताएका छन्। साथै उनले जुन देशबाट यस्तो कार्य भएको छ त्यो देश पनि यसको लागि जबाफदेही हुनु पर्ने भनाइ राखे।

"हामीलाई थाहा छ को जिम्मेवार रहेको छ। र उनीहरूलाई यसको जिम्मेवारी लिन लगाइने छ। तर यथार्थ के हो भने यो आक्रमणहरू भएको राष्ट्रलाई पनि यो घृणित आक्रमणहरूका लागि जबाफदेही बनाइनु पर्छ।"

अस्ट्रेलियाली सङ्घीय प्रहरीका आयुक्त रीस कर्शले अपराधीहरूको बारेमा थप जानकारी प्रदान गरेका छन्।

"हामीले विश्वास गरेका छौँ कि यो आक्रमणका लागि जिम्मेवार रहेकाहरू रुसमा छन्। हाम्रो गुप्तचरहरूले एक हल्का रूपमा आधिकारिकता भएको समूहलाई औँल्याएको छ जुन विश्वका विभिन्न राष्ट्रहरूमा विगतमा भएका आक्रमणहरूका लागि पनि जिम्मेवार थिए।"

यो सङ्गठनसँग जोडिएका केही समूह अन्य राष्ट्रहरूबाट पनि सञ्चालित भएको हुन सक्ने एएफपीले विश्वास गरेको छ।

आयुक्त कर्शले यसमा संलग्नहरूको नाम नै नखुलाए पनि रुसी अधिकारीहरूसँग छलफल गरिने भने पुष्टि गरेका छन्।

अपराधीहरूका लागि (भन्छु), हामीलाई थाहा छ तिमीहरू को हौ र त्यो भन्दा पनि बढी विदेशमा रहेका अपराधहरूलाई अस्ट्रेलिया फर्काएर न्याय प्रणालीमा ल्याउने सम्बन्धमा एएफपीको राम्रो रेकर्ड रहेको छ।"

यति आत्मविश्वास देखाइए पनि विज्ञहरू भने सन्दिग्ध अपराधहरूलाई कानुनी प्रणालीमा ल्याउन अस्ट्रेलियाले विकराल राजनीतिक र कानुनी जटिलताहरूको सामना गर्नु पर्ने बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियन स्ट्राटजिक पलिसी इन्स्टिच्युटको साइबर नीति केन्द्रका निर्देशक फर्गस हेन्सन भन्छन् रुसले युक्रेनमाथि गरेको आक्रमण र अस्ट्रेलियाले युक्रेनको समर्थन गरेको कुराले रुसबाट यस सम्बन्धी सहयोग पाउने सम्भावना लगभग शून्य छ।

यसै समयमा, मेडिबैंकले चोरी भएका थप तथ्याङ्कहरू सार्वजनिक हुने अपेक्षा गर्न चेतावनी दिइरहँदा, सबैभन्दा खराब परिस्थिति अझै आई नसकेको देखिएको छ।

मेडिबैंकले प्रभावितहरूलाई सहयोग लिन अगाडी आउन आग्रह गरेको छ।

एक लिखित वक्तव्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभिड कोज्करले प्रभावित व्यक्तिहरू आफ्ना जानकारीको दुरुपयोग भएको कुराले स्वास्थ्य सम्बन्धी सुविधाहरू लिन निरुत्साहित हुन सक्ने बताएका छन्।

साइबर सुरक्षा मन्त्री क्लेयर ओ'निलले च्यानल नाइनसँगको कुराकानीमा आफूले यस घटनाबाट प्रभावितहरूको पिडा महसुस गरेको बताएकी छिन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now