SKIP TO MAIN CONTENT

एल्बनिजीको दक्षिण पूर्वी एसिया भ्रमण सकारात्मक रूपमा टुङ्गियो

ANTHONY ALBANESE APEC THAILAND
Australia’s Prime Minister Anthony Albanese at a press conference during the 2022 APEC meeting in Bangkok, Thailand, Saturday, November 19, 2022. Source: AAP / MICK TSIKAS/AAPIMAGE

प्रधानमन्त्री एन्थनी एल्बनिजीले थाइल्यान्डमा भएको एपेक सम्मेलन अस्ट्रेलियाको अन्य राष्ट्रहरूसँगको सम्बन्ध पुनर्स्थापित गर्न सफल भएको बताएका छन्।


Published

By Marcus Megalokonomos

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

प्रधानमन्त्री एन्थनी एल्बनिजीले थाइल्यान्डमा भएको एपेक सम्मेलन अस्ट्रेलियाको अन्य राष्ट्रहरूसँगको सम्बन्ध पुनर्स्थापित गर्न सफल भएको बताएका छन्।


प्रधान मन्त्री एन्थनी एल्बनिजीले चीनसँग अस्ट्रेलियाको सम्बन्धलाई अगाडी बढाउने वाचा सहित दक्षिण पूर्वी एसियाको भ्रमण टुङ्ग्याएका छन्।

उनी ६ वर्ष यता चिनियाँ प्रधानमन्त्री सी जिन्पिङ्गसँग भेट गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री पनि बनेका छन् , तर उनले सम्बन्धमा देखिएका समस्याहरूलाई समाधान गर्न आफ्नो धरातल भने नछोडेको बताए।

तर सम्मेलनहरूको सिजनमा प्रधानमन्त्रीका रूपमा उनको सफलता युरोप र भारतसँगको व्यापार सम्झौता वा विश्व नेतृत्व समक्ष युक्रेनमा रुसी आक्रमणको निन्दा गर्नमा भने देखिएन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

६ सय ५० दिनदेखि म्यानमारमा हिरासतमा राखिएका अस्ट्रेलियाली अर्थविद् सन टर्नेललाई रिहा गर्नमा भने उनी सफल भए।

"(मैले भर्खरै उपस्थिति जनाएका) यी तिन बैठकहरू एजीआन सम्मेलन, जी-२० र एपेक सबै धेरै महत्त्वपूर्ण फोरम हुन् अस्ट्रेलियाको राष्ट्रिय प्राथमिकताका विषयहरूलाई अगाडी बढाउन।"

प्रधानमन्त्रीले अस्ट्रेलियाले पनि भोगिरहेको विश्वव्यापी चिन्ताका विषयहरू, वैदेशिक सम्बन्ध सुधार र अन्तर्राष्ट्रिय समुदायमा अस्ट्रेलियाको स्थानलाई सम्बोधन गर्न सफल भएको बताए।

"हामीले जलवायु परिवर्तन पनि देखेका छौँ र विश्वव्यापी समस्याहरूलाई एक राष्ट्रले मात्र सुल्झाउन नसक्ने कुरा सम्झायो। हामी सबैको साझा स्वार्थका लागि अन्तर्राष्ट्रिय सहकार्य र सद्भावना आवश्यक हुन्छ।"

प्रधानमन्त्री एल्बनिजीले गत हप्ता कम्बोडियामा आयोजित एजीआन सम्मेलन, बालीमा भएको जी-२० र पछिल्लो समय एपेकमा सहभागिता जनाएका हुन्।

उनी शनिवार दिउँसो नै स्वदेश फर्किएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now