प्रधान मन्त्री एन्थनी एल्बनिजीले चीनसँग अस्ट्रेलियाको सम्बन्धलाई अगाडी बढाउने वाचा सहित दक्षिण पूर्वी एसियाको भ्रमण टुङ्ग्याएका छन्।
उनी ६ वर्ष यता चिनियाँ प्रधानमन्त्री सी जिन्पिङ्गसँग भेट गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री पनि बनेका छन् , तर उनले सम्बन्धमा देखिएका समस्याहरूलाई समाधान गर्न आफ्नो धरातल भने नछोडेको बताए।
तर सम्मेलनहरूको सिजनमा प्रधानमन्त्रीका रूपमा उनको सफलता युरोप र भारतसँगको व्यापार सम्झौता वा विश्व नेतृत्व समक्ष युक्रेनमा रुसी आक्रमणको निन्दा गर्नमा भने देखिएन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
६ सय ५० दिनदेखि म्यानमारमा हिरासतमा राखिएका अस्ट्रेलियाली अर्थविद् सन टर्नेललाई रिहा गर्नमा भने उनी सफल भए।
"(मैले भर्खरै उपस्थिति जनाएका) यी तिन बैठकहरू एजीआन सम्मेलन, जी-२० र एपेक सबै धेरै महत्त्वपूर्ण फोरम हुन् अस्ट्रेलियाको राष्ट्रिय प्राथमिकताका विषयहरूलाई अगाडी बढाउन।"
प्रधानमन्त्रीले अस्ट्रेलियाले पनि भोगिरहेको विश्वव्यापी चिन्ताका विषयहरू, वैदेशिक सम्बन्ध सुधार र अन्तर्राष्ट्रिय समुदायमा अस्ट्रेलियाको स्थानलाई सम्बोधन गर्न सफल भएको बताए।
"हामीले जलवायु परिवर्तन पनि देखेका छौँ र विश्वव्यापी समस्याहरूलाई एक राष्ट्रले मात्र सुल्झाउन नसक्ने कुरा सम्झायो। हामी सबैको साझा स्वार्थका लागि अन्तर्राष्ट्रिय सहकार्य र सद्भावना आवश्यक हुन्छ।"
प्रधानमन्त्री एल्बनिजीले गत हप्ता कम्बोडियामा आयोजित एजीआन सम्मेलन, बालीमा भएको जी-२० र पछिल्लो समय एपेकमा सहभागिता जनाएका हुन्।
उनी शनिवार दिउँसो नै स्वदेश फर्किएका छन्।