अस्ट्रेलिया-चीन 'सम्बन्ध सुधार'को सम्भावना रहेको राजदूतको सङ्केत; चिन्ता भने यथावत्

XIAO QUAN PRESS CLUB

China’s ambassador to Australia Xiao Qian at the National Press Club in Canberra, Wednesday, August 10, 2022. (AAP Image/Mick Tsikas) Source: AAP / MICK TSIKAS/AAPIMAGE

अस्ट्रेलियाका लागि चिनियाँ राजदूत पहिलो पटक नेशनल प्रेस क्लबमा उपस्थित भई पत्रकारहरू समक्ष खुलेर बोलेका छन्। सो क्रममा राजदुत शीयाओ चिएनले मूल भूमि चीन र ताइवानको एकीकरण सम्भव गराउन "सम्पूर्ण आवश्यक मापदण्ड" प्रयोग गरिने भनाइ राखे।


चीनले ताइवानसँग "पुनर्मिलन" गराउने योजनालाई अगाडी ल्याएको छ र यस समयमा आफ्नो हवाई क्षेत्रमा उत्तेजक सैन्य क्रियाकलापहरूलाई पनि निरन्तरता दिइरहेको छ।

बुधवार १० अगस्टमा आफ्ना अभिलाषाहरूलाई सार्वजनिक गर्दै चीन सरकारले "सम्पूर्ण मापदण्डहरूको प्रयोग गर्ने" विकल्प सुरक्षित राखेको बताएको छ।

उक्त चेतावनी अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण पछि आएको हो जुन कदमको चीनले निन्दा गरेको थियो।

अस्ट्रेलियाका लागि चिनियाँ राजदूत शीयाओ चिएन सार्वजनिक रुपमा सञ्चार माध्यम समक्ष उपस्थित भए।

र सुरुवातमा नै अस्ट्रेलियासँगको सम्बन्ध सुधारका विषयमा बोलेका थिए।

"सम्बन्ध पुनर्स्थापित गर्ने सम्भावनाका लागि एक अवसर रहेको छ। लेबर सरकार सत्तामा आएपछि यहाँ हाम्रो राम्रो सुरुवात भएको छ। तर यो राम्रो सुरुवात मात्र हो र यो सम्बन्ध सुधारका लागि अझै धेरै कुरा गर्न बाँकी छ।"

तर ताइवानको वरपर चीनको गतिविधिका बारेमा प्रश्न सोध्न थालिएपछि राजदूतले आफ्नो उद्देश्य पुरा गर्न चीनले बल पनि प्रयोग गर्न सक्ने सङ्केत गरे।।

र भने, "हामीले अरू मापदण्ड प्रयोग गर्नु पर्ने विकल्पलाई पनि छोडेका छैनौँ। जतिखेर आवश्यक पर्छ, जब हामीलाई बाध्य पारिन्छ, हामी सम्पूर्ण मापदण्डहरू प्रयोग गर्न तयार छौँ। "सम्पूर्ण आवश्यक मापदण्ड" भनेको के हो त? यसमा आफैँ कल्पना गर्न सक्नु हुन्छ।"

चीनको सत्तामा रहेको कम्युनिस्ट पार्टीले स्वशासित टापुलाई कहिल्यै नियन्त्रणमा नलिएको भए पनि, उसले ताइवानलाई आफ्नो क्षेत्राधिकार भित्रको भागका रूपमा हेर्दै आएको छ।

राजदूतले पनि न्यान्सी पलोसीको भ्रमणसँगै अमेरिकाले दुई क्षेत्रबिचको तनावलाई बढावा दिएको आरोप लगाएका छन्।

US House Speaker Nancy Pelosi, (centre), walks with Taiwan's Foreign Minister Joseph Wu, (left), as she arrives in Taipei, Taiwan on Tuesday, 2 August, 2022. Credit: AP
US House Speaker Nancy Pelosi, (centre), walks with Taiwan's Foreign Minister Joseph Wu, (left), as she arrives in Taipei, Taiwan on Tuesday, 2 August, 2022. Source: AP / Beyene Weldegiorgis

अस्ट्रेलियाली सरकारले रणनीतिक तनावलाई बढ्न नदिने किसिमको सन्देश दिने योजनालाई निरन्तरता दिएको छ।

कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्ल्सले सो क्षेत्रमा रहेको सैन्य गतिविधि चिन्तित पार्ने किसिमको भएको बताएका छन्।

"हामीले तनावलाई वृद्धि हुन नदिने तर्फ हेर्नु पर्छ।"

विपक्षी नेता पिटर डटनले पनि चीनको कदमको आलोचना गर्दै अमेरिकी सभामुख पलोसीको भ्रमणको बचाउ गरेका छन्।

चीन र अस्ट्रेलियाबिचको सम्बन्ध स्थापनाको पचास वर्ष पुगेको कुरालाई सम्बोधन गर्दै राजदूतलाई अस्ट्रेलियाली पत्रकार चेङ्ग लीका बारेमा प्रश्न सोधिएको थियो।

उनलाई देशको गोप्य सूचना चुहावट गरेको आरोप लगाउँदै हिरासतमा राखिएको छ भने, गोप्य रूपमा उनको मुद्दाको सुनुवाइ भइरहेको छ।

उनको परिवारले लीलाई झन्डै दुई वर्ष देखि आफ्ना बच्चाहरूसँग बोल्न नदिएको बताएको छ, तर राजदूत भन्छन् उनको ख्याल राखिएको छ।

यद्यपि उनले लीलाई छोडिन्छ भन्ने बारे भने धेरै कुरा राखेनन्।

Cheng Lei was working as a business anchor for Chinese state broadcaster CGTV before her arrest.
Cheng Lei was working as a business anchor for Chinese state broadcaster CGTV before her arrest. Credit: CGTN

ह्युमन राइट्स वाचकी इलेन पिएर्सन पत्रकार लीलाई गरिएको व्यवहारमा समस्या देख्छिन्।

"उनीमाथि कुनै पनि प्रक्रियागत व्यवहार भएको छैन, उनलाई निश्पक्ष सुनुवाइमा पहुँच दिइएको छैन, उनीमाथि कस्तो किसिमको राष्ट्रिय सुरक्षा सम्बन्धी मुद्दा लगाइएको हो भन्ने बारे विस्तृत विवरण अझै अस्पष्ट छ।"

"अस्ट्रेलियाली राजदूतको अदालतमा उपस्थित हुन सक्ने क्षमता रहेन, यद्यपि उनले प्रयास भने गरेका थिए, त्यसैले मा चेङ्ग लीको अवस्थालाई लिएर धेरै चिन्तित छु।"

राजदूतले यदि ताइवान र चीनको पुनर्मिलन भयो भने ताइवानी मानिसहरूलाई पुनः शिक्षा प्रदान गर्ने कार्यक्रमहरू रहेको सङ्केत गरेका छन्।

सिञ्जिआङ्ग प्रान्तमा विगर जनसङ्ख्या रहेका कारण शैक्षिक क्याम्पहरू निकै विवादित बनेका छन्, र इलेन पिएर्सन भन्छिन् यस्ता कार्यक्रमहरूमा अरू मानिसहरूलाई पनि सामेल गराइन सकिन्छ भन्ने कुरा निकै चिन्ताजनक रहेको छ।

मेरो त आङ नै जिरिङ्ग हुन्छ किनभने मलाई लाग्छ मानिसहरूलाई जबर्जस्ति राजनीतिक शैक्षिक केन्द्रहरूमा थुनेर राख्ने प्रयास, तपाइलाई थाहा छ यो मानवीयता विरुद्धको अपराध हो। यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो र चीन सरकारले सिञ्जिआङ्गमा त्यस्तो गर्नु हुँदैन र यो कहीँ पनि हुनु हुँदैन।
इलेन पिएर्सन

राजदूतको भाषण दुई देशीय सम्बन्ध कसरी सुधार हुन्छ भन्ने बारे भने निकै कम स्पष्ट रहेको थियो।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now