Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा आएर बसोबास गर्ने पहिलो चिनियाँ नागरिकको कथा

Mak Sai Yingg's grandson, Private John Joseph Shying (State Library of NSW).jpg

Mak Sai Yingg's grandson, Private John Joseph Shying (State Library of NSW)

अस्ट्रेलियामा आएर बसोबास गर्ने पहिलो चिनियाँ नागरिक दुई सय वर्ष अगाडी आएका थिए। माक साइ यिङ्ग पश्चिम सिड्नीमा यात्रुहरूका लागी आवास उपलब्ध गराउने गेस्ट हाउस वा इन् सञ्चालक रहेका थिए र उनको इतिहासलाई पहिल्याउन मदत गर्ने स्थानीय इतिहासकारहरू धन्यवादका पात्र बनेका छन्।


Published

Updated

By Julien Oeuillet, Peggy Giakoumelos

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा आएर बसोबास गर्ने पहिलो चिनियाँ नागरिक दुई सय वर्ष अगाडी आएका थिए। माक साइ यिङ्ग पश्चिम सिड्नीमा यात्रुहरूका लागी आवास उपलब्ध गराउने गेस्ट हाउस वा इन् सञ्चालक रहेका थिए र उनको इतिहासलाई पहिल्याउन मदत गर्ने स्थानीय इतिहासकारहरू धन्यवादका पात्र बनेका छन्।


न्यु साउथ वेल्सको स्टेट लाइब्रेरीमा धेरै खजानाहरू रहेका छन्।

ती मध्ये अस्ट्रेलिया आएर बसोबास गर्ने पहिलो चिनियाँ नागरिकको अभिलेख पनि एक हो।

गोन्जाउका माक साइ यिङ्ग सन् १८१८ मा अस्ट्रेलिया आएका थिए।

उनले सुरुवातमा कार्पेन्टरका रूपमा काम गरे र पछि धेरै इन् हरूका मालिक भए।

उनको अङ्ग्रेजी नाम जोन शायिङ्ग राखियो- जुन जनगणना र सम्पत्तिका कागजातहरूमा स्पष्टसँग उल्लेख गरिएको छ।

न्यु साउथ वेल्सको स्टेट लाइब्रेरीकी एनी टोङ्गले यस्ता केही कागजातहरू सार्वजनिक गरेकी छिन्।

"यी सक्कली पत्रहरू होइनन् यिनीहरू सक्कलीको स्क्यान र फोटोकपीहरू हुन्।"

त्यहाँ उनको नाति सँगको तस्बिर पनि रहेको छ, प्राइभेट जोन जोसेफ शयिङ्ग, र एउटा नक्सा रहेको छ जसले उनको इन् रहेको स्थान देखाउँछ।

माक साइ यिङ्गले बस्नका लागि पारामाटालाई रोजे जुन त्यति बेला अस्ट्रेलियाको दोस्रो सहर थियो।

अहिले उनको इन् रहेको स्थानमा ठुलो भवन रहेको छ र लाइट रेल बनाउने कार्य त्यही भवनको नजिक भइरहेको छ।

त्यसको बाटो पारि पट्टि नै सेन्ट प्याट्रिक चिहान रहेको छ, जहाँबाट उनको परिवारलाई पनि पहिल्याउन सकिन्छ।

जुडिथ डन स्थानीय इतिहासकार हुन्।

उनी पहिलो जानकारीमा आएका चिनियाँ व्यक्ति हुन् र उनी यही स्थान रहेका थिए, त्यसैले उनी हाम्रो लागि धेरै महत्त्वपूर्ण छन्।
जुडिथ डन

त्यति बेला छालाको रङ्गका आधारमा नीतिहरू बन्ने गरेको भए पनि माक साइ यिङ्गको अस्ट्रेलिया आप्रवासन निकै सफल रहेको पाइन्छ।

यस्तै नीतिहरूका कारण जग्गा किन्न उनी असमर्थ भए पनि- अरूको उदारतामा भर पर्दै अगाडी बढेका थिए- र अन्ततः सो क्षेत्रमा तिन वटा गेस्ट हाउसहरू चलाउन थाले।

"उनले कुनै जग्गा प्राप्त गर्ने अवस्था थिएन किनभने चिनियाँ साम्राज्यले उनलाई एलियनका रूपमा हेरेको थियो। त्यसैले अरू मानिसहरूले उनका लागि जग्गा किनिदिए।"

व्यावसायिक रूपमा सफलता सँगै यिङ्गको जीवनमा प्रेमिकाको भने कमी भएन।

यिङ्गकी पहिली श्रीमतीको नाम सारा थम्प्सन थियो र उनीबाट चार सन्तानहरू थिए।

उनको मृत्यु पश्चात् उनले आइरिस क्याथोलिक महिलालाई विवाह गरे र उनको पनि तिन वर्ष पछि नै मृत्यु भयो।

उनकी तेस्री श्रीमती आइरिस महिला मार्गरेट म्याकगेभिन थिइन् र उनिबाट एक छोरी भइन्।

उनलाई पनि सेन्ट प्याट्रिकको चिहानमा नै गाडिएको थियो।

डन उक्त चिहानले पारामाटा सधैँ सांस्कृतिक विविधताले भरिएको स्थान भएको देखाउने बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now